‘सङ्गीत अन्तरङ्ग’ र ‘सम्झौतामा उभिएको मान्छे’ लोकार्पण
- जेष्ठ १७, २०८३
मार्टिन लुथर किङले आजीवन पुँजीवादबारे बोलिरहे । उनका शब्दहरू आज पनि उत्तिकै शक्तिशाली छन् । विश्वमा उथलपुथल भइरहेको बेला उनले पुँजीवादलाई जस्तो देखे, पुँजीवादको त्यो चरित्र फेरिएको छैन ।
“तपाइँलाई थाहा होला, मेरो आर्थिक सिद्धान्त पुँजीवादीभन्दा बढी समाजवादी छ । (पुँजीवाद) महान् र उच्च लक्ष्यका साथ सुरु भएको थियो । तर, अन्य मानवीय प्रणालीजस्तै यो पनि त्यसकै सिकार भयो, जसका विरुद्ध यसले विद्रोह गरेको थियो । त्यसैले आज पुँजीवादले आफ्नो उपयोगिता गुमाएको छ ।”
– कोरेट्टा स्कट, १९५२ जुलाई १८
“एक अर्थमा ‘हामी वर्गसङ्घर्षमा होमिएका छौँ’ भन्न सक्नुहुन्छ ।”
– न्युयोर्क टाइम्सका संवाददाता होजे इगेल्सियाससँग, १९६८
“अनि एक दिन हामीले सोध्नुपर्नेछ, ‘अमेरिकामा चार करोड जनता किन गरिब छन् ?’ यो प्रश्न गर्न थाल्नुभयो भने तपाइँले अर्थ व्यवस्थाबारे, सम्पत्तिको व्यापक वितरणबारे प्रश्न उठाएको ठहरिनेछ । यो प्रश्न गर्नुभयो भने तपाइँले पुँजीवादी अर्थनीतिबारे प्रश्न गर्न थाल्नुहुनेछ । मैले बारम्बार यो कुरा भन्दै छु – हामीले समग्र समाजमाथि प्रश्न उठाउनुपर्छ ।”
– जर्जियाको एट्लान्टा सहरमा आयोजित एक क्रिस्चियन नेतृत्व सभामा दिइएको मन्तव्यबाट, १९६७ अगस्ट १६
“प्रजातन्त्र वा प्रजातान्त्रिक समाजवाद जे भने पनि हुन्छ । तर, यो देशमा ईश्वरका सबै सन्तानका लागि धनको उचित वितरण हुनैपर्छ ।”

Compressed by jpeg-recompress
– अश्वेत अमेरिकी मजदुर परिषद्मा दिइएको मन्तव्यबाट, १९६१
“अब हामीले मान्नैपर्छ – आर्थिक र राजनीतिक सत्तामा आमूल पुनर्वितरण नगरेसम्म हाम्रो समस्या समाधान गर्न सकिन्न । यसको अर्थ क्रान्तिकारी मूल्यमान्यताजस्ता कुरा चाहिन्छ । अब हामीले मान्नैपर्छ – जातिवाद, आर्थिक शोषण र सैन्यवादका विकृतिहरूले आपसमा घाँटी जोडेका छन् । यी दुस्ट्याइँमध्ये एउटाबाट मात्र छुटकारा पाउन सकिन्न । एउटाबाट छुटकारा पाउन बाँकी दुईबाट पनि छुटकारा पाउनुपर्ने हुन्छ । अमेरिकी जीवनको समग्र संरचना नै बदल्नुपर्छ । अमेरिका एउटा पाखण्डी राष्ट्र हो र हामीले हाम्रै घरलाई ठाउँमा ल्याउनुपर्छ ।”
– दक्षिणी क्रिस्चियन नेतृत्व सभामा बुझाइएको प्रतिवेदन, १९६७ मे
“सैन्यवादका विकृतिहरू जस्तै, जातिवादका विकृतिहरू जस्तै, पुँजीवादका विकृतिहरू पनि वास्तविक हुन् ।”
– दक्षिणी क्रिस्चियन नेतृत्व सभामा दिइएको मन्तव्य, १९६७ मार्च ३०
“अब म विश्वस्त छु, सबैभन्दा सरल तरिका नै सबैभन्दा प्रभावकारी हुनेछ । हिजोआज एकदम बहस गरिएको ‘सुनिश्चित आय’ लाई पूर्ण उन्मूलन गर्नु नै गरिबीको समाधान हो । हाम्रो युगमा गरिबीको श्रापलाई कसैगरी ढाकछोप गर्न सकिन्न । सामाजिक रूपमा गरिबी त्यति नै क्रूर र अन्धो छ जति सभ्यताको थलनीमा रहेको मान्छेको मासु खाने चलन । त्यति बेला मान्छेले एकअर्काको मासु खान्थे किनभने उनीहरूले खेती गरेर खाना जुटाउन वा आसपास बग्रेल्ती पाइने जनावरको मासु खान सिकेका थिएनन् । समय आइसकेको छ, अब हामीले गरिबीलाई पूरै, सिधै र तुरुन्तै उन्मूलन गरेर आफूलाई सभ्य बनाउनुपर्छ ।”
– यहाँबाट हामी कहाँ जाने ?, १९६७
“अरबौँ डलरको धनसम्पत्तिबारे कुरै नगरी काला जातिको आर्थिक समस्या समाधान गर्ने विषय उठाउन सकिन्न । ‘झुपडपट्टीहरूबाट नाफा निचोर्ने परिपाटी बन्द गर्नुपर्छ’ नभनी झुपडपट्टीहरू हटाउने कुरा गर्न सकिन्न । त्यो स्थितिमा तपाइँ खतरनाक मैदानमा पस्नुहुनेछ किनभने तपाइँले तिनीहरूसँग जोरी खोजेको ठहरिनेछ । तपाइँले उद्योगपतिहरूसँग भिड्नुपर्नेछ । यसको अर्थ, हामी एउटा जटिल यात्रामा होमिनेछौँ किनभने हामीले ‘पुँजीवादमा खराबी छ’ भनेको मानिनेछ ।”
– आफ्ना सहकर्मीहरूसँग, १९६६
“हामी ‘पुँजीवादमा खराबी छ’ भन्दै छौँ । धनको उचित वितरण हुनुपर्छ । अमेरिका संभवतः प्रजातान्त्रिक समाजवादतर्फ जानुपर्छ ।”
– आफ्ना समकर्मीहरूसँग, १९६६
“अमेरिकाले गरिबी अन्त्य गर्न आफ्नो अपार स्रोत–सम्पत्ति प्रयोग गर्दैन भने, ईश्वरका सबै सन्तानका आधारभूत आवश्यकता परिपूर्ति गर्ने वातावरण तयार गर्दैन भने यो पनि नर्कमा जानेछ ।”
– हत्या हुनुभन्दा दुई साताअघि मेम्फिस सहरका सरसफाइ मजदुरहरूले गरेको हडतालको समर्थनमा बिशप चाल्र्स मेसन मन्दिरमा राखिएको मन्तव्य, १९६८ मार्च १८,
को थिए मार्टिन लुथर किङ ?
मार्टिन लुथर किङको जन्म १९२९ जनवरी १५ गते भएको थियो । उनी अमेरिकी पादरी र अभियन्ता थिए । सन् १९५४ पछि उनी एक नागरिक अधिकार आन्दोलनका नेताको रूपमा देखापरे । अन्तिम साससम्म उनी यो सङ्घर्षका प्रवक्ता रहे । सन् १९५५ मा उनले मोन्टगोमेरी बस बहिष्कार आन्दोलनको नेतृत्व गरे । सन् १९५७ मा उनले ‘दक्षिणी क्रिस्चियन नेतृत्व सभा’ नामक सङ्गठनको स्थापना गरे । उनी यसका संस्थापक अध्यक्ष बने । यही सङ्गठनको बलमा उनले सन् १९६३ मा अलाबामाको बर्मिङ्घम सहरमा अहिंसात्मक विरोध प्रदर्शन आयोजना गरे । सोही वर्ष मार्च महिनामा उनले वासिङ्टन सहरमा अर्को जनप्रदर्शन गर्न सहयोग गरे । त्यो जनप्रदर्शनमा उनले दिएको मन्तव्य ‘मेरो एउटा सपना छ’ प्रसिद्ध भयो । अहिंसात्मक प्रतिरोधमार्फत जातीय असमानताविरुद्ध सङ्घर्ष गरेको हुनाले १९६४ अक्टोबर १४ गते उनले नोबेल शान्ति पुरस्कार प्राप्त गरे । सन् १९६५ मा उनले सेल्मादेखि मोन्टगोमेरीसम्म भएको जुलुस प्रदर्शन गर्न मद्दत गरे । अर्को वर्ष उनको सङ्गठनले त्यो आन्दोलनलाई शिकागो सहरको उत्तरी भेगमा लग्यो । त्यहाँ काला जातिको बस्ती अलग्गै बनाउने चलन थियो । जीवनका अन्तिम वर्षहरूमा उनले गरिबी उन्मूलन र भियतनाम युद्धको विरोधलाई मुख्य मुद्दाको रूपमा उठाए । १९६८ मार्च २९ गते उनी टेनिसी राज्यको मेम्फिस सहरमा गए । काला जातिका सफाइकर्मीहरूले चलाएको हडताललाई समर्थन गर्न उनी त्यहाँ पुगेका थिए । त्यही सहरमा १९६८ को अप्रिल ४ गते उनको हत्या भयो ।
(स्रोत : एमआर अनलाइन । सम्यक)
Leave a Reply