भर्खरै :

कर्मचारीहरूले नगरवासीहरूको हितमा निरन्तर काम गर्नुपर्ने

कर्मचारीहरूले नगरवासीहरूको हितमा निरन्तर काम गर्नुपर्ने

भक्तपुर, ३० चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा नेपाल नगरपालिका कर्मचारी एशोसिएसन, भक्तपुर नगरपालिका समितिको आयोजनामा नव वर्ष २०८३ र बिस्का जात्राको अवसरमा शुभकामना आदानप्रदान तथा ३० वर्ष सेवा अवधि पूरा गरेका र सेवा निवृत्त कर्मचारीहरूलाई कदरपत्र वितरण कार्यक्रम सोमबार भनपा सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा अतिथि बिजुक्छेँले देश विकासको लागि हरेक क्षेत्रमा सन्तुलित विकास हुन जरुरी छ भन्दै उहाँले नपाले नगरवासीहरूको हितमा निरन्तर कार्य गरिरहनुपर्नेमा जोड दिनुभयो ।
पालिकामा स्थानीय कर्मचारीहरू भए समस्या बुझ्न सजिलो हुने उल्लेख गर्दै उहाँले जनतासँग प्रत्यक्ष सरोकार राख्ने नक्सा शाखा, वडा निरीक्षक र सफाइ कर्मचारीहरूले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक गर्नुपर्ने तथा नगरमा भइरहेको गतिविधिबारे जानकार हुनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।
अध्यक्ष बिजुक्छेँले विद्यालय तहबाटै सफाइबारे जनचेतना जगाई नागरिक भावनाको विकास गराउनुपर्ने विचार व्यक्त गर्दै विद्यालयले नियमित सफाइ अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
भनपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाबाट सेवा निवृत्त कर्मचारी र कार्यरत कर्मचारीले आ–आप्mनो अनुभव र सिकाइलाई लिपिबद्ध गर्दै जानुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले कर्मचारीहरूको व्यवहार परिवर्तन गर्न आपूmमा भएको राम्रो पक्षलाई बलियो बनाउनुपर्ने र नकारात्मक पक्षलाई सुधार गर्दै जानुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले कर्मचारीहरूले शिष्टता र नम्रतापूर्वक सेवा प्रवाह गर्नुपर्ने विचार व्यक्त गर्दै यसलाई निरन्तरता दिन जनप्रतिनिधि र कर्मचारीहरूले आ–आप्mनो जिम्मेवारी निभाउनुपर्नेमा जोड दिनुभयो । उहाँले ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकले भक्तपुर नगरपालिकाको भावी कार्ययोजनालाई मार्गनिर्देशको रूपमा लिई कार्य गर्दै आएको बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र सरसफाइलगायतका उदाहरणीय कार्यबाट देशभरिकै स्थानीय तहलाई सिकाइ प्रदान गरिरहेको चर्चा गर्दै कर्मचारीहरूले सेवाग्राहीको मनोभावना र आवश्यकता बुझेर कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले जनगुनासो बढ्न नदिन सतर्कता अपनाउनुपर्ने बताउँदै जात्रा पर्वहरूमा सफाइ कर्मचारीहरूले संयमित भएर कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले सेवा निवृत्त कर्मचारीहरूलाई अवकाशपछि सुखमय जीवनको कामना गर्दै कार्यरत कर्मचारीले सदाचार, अनुशासित र कर्तव्यनिष्ठ भई आ–आप्mनो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले सेवा प्रवाहलाई छिटो छरितो र चुस्त बनाउन कर्मचारीहरूले पालना गर्नुपर्ने आचरण र ध्यान दिनुपर्नेबारे चर्चा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *