समय, परिस्थिति र व्यक्ति
- असार २५, २०८३
संरा अमेरिकी राष्ट्रपति ट्रम्पको बारेमा अब संसारका सचेत नागरिक र बुद्धिजीवीहरूमाझ सा¥है विवादास्पद नेताको रूपमा लिइआएको पहिलो निर्वाचनपछि नै हो । अन्य मित्र देशहरूसमेतको आश्वासन, निर्णय र भनाइलाई विश्वास नगर्नुको कारण – उनको भनाइ र गराइमा समानता नहुनु, उनको स्वभावमा एक राष्ट्रको राष्ट्रपति (नेता) को भन्दा पनि एक कडा व्यापारीको व्यवहारसँग मिल्ने देख्छन्, मित्र देशहरूको सम्बन्धबारे पनि उनको कार्यशैली कूटनैतिक र राष्ट्रिय नेताको गरिमाबाट सा¥है तल झरेर धम्कीको भाषा र व्यवहार गर्छन् – एक गाउँले गुण्डा र टोलका मुल्याहाजस्तो ।
इरानसँग हालै गरेको वार्ता, समझदारी र सम्झौतालाई ट्रम्पले ‘अन्तरिम सम्झौता समाप्त भएको’ दाबी गरे, जसलाई इरानले निन्दा ग¥यो । (‘कान्तिपुर’ – २५ असार, २०८३)
समाचारमा बताइएअनुसार ट्रम्पले इरानसँग लडाइँ बन्द गर्ने उद्देश्यले ‘सम्झौता’ गर्नुभन्दा इरानलाई अप्ठेरो परेको विषय थाहा पाउने र त्यसमा हान्ने जालसाजी देखियो । समाचारले पोल खोल्यो – “इरानलाई अन्तर्राष्ट्रिय बजारमा तेल बिक्री गर्न दिने निर्णय फिर्ता ।” इरानको भित्री समस्या बुझेर सम्झौता फिर्ता लियो किनभने अमेरिकाको निर्णयपछि कच्चा तेलको मूल्यमा ३ प्रतिशतभन्दा बढीले वृद्धि हुँदा सबै एसियालीहरूबाट इरानमाथि दबाब बढाउने उद्देश्य देखियो ।
आफ्नो बढ्दै गएको आर्थिक सङ्कटबाट पार पाउन ट्रम्पले ‘उत्तर एटलान्टिक सन्धि सङ्गठन’ नाटोका सदस्यहरूलाई आ–आफ्नो रक्षा बजेटको ५ प्रतिशत रकम अमेरिकालाई तिर्न दबाब दिएको हुँदा ‘नाटो’ का महासचिव मार्क रुट्टीले ट्रम्पलाई आक्रमणको विरोध गर्नुभन्दा इरानलाई दोष दिएको देखियो । यसकारण, अमेरिकी प्रशासन संसारको निन्दाबाट छटपटिएको प्रस्ट छ ।
नेताहरूको नामबाट सार्वजनिक संस्थाहरू स्थापना गर्दा समस्या
राष्ट्रपति, प्रधानमन्त्री वा नेताहरूको नाउँमा अस्पताल, शिक्षालय, सामाजिक संस्था वा अन्य भवनहरूको नाम राख्दा अनेक विवाद हुने र अर्काे दलको सरकार आउँदा हिसाबकिताब तथा राखिएका कर्मचारीबारे अनेक झमेला आउनेबारे नेपालीहरू अनभिज्ञ छैनन् ।
यसकारण, विदेशी सहयोगले बन्ने अस्पतालजस्ता संस्थाहरूमा शासक दलहरूले अयोग्य कार्यकर्ता र नातागोता राखेर अस्पतालमा स्वास्थ्य उपचारका सामानलाई जानाजान बिगारेर पछि बजारबाट महँगो मूल्यका सामान राख्ने गरेका हुन्छन् । एक दुई ठाउँको मात्र यो समस्या होइन– पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिणसम्मै यो स्थिति देखिएको छ । यसको निम्ति राजनैतिक दलका केन्द्रीय नेताहरूको प्राथमिकतामा देश र जनता आउनुपर्छ र तिनीहरूबाटै जिल्ला र स्थानीय निकायका कार्यकर्ताहरू योग्य, शिष्ट र भ्रष्टाचारविरोधी भावनाबाट शिक्षित र दीक्षित गर्नुपर्ने देखिन्छ । अनेक आश्वासन र आर्थिक सहयोगमा लागेर नयाँ पार्टीमा प्रवेश गरिएका कार्यकर्तालाई तह लगाउन समय लाग्नु स्वाभाविक हो । अनेक आन्दोलन, सैद्धान्तिक सङ्घर्ष र प्रहरीको दमन नसहेका कार्यकर्ता अलि छाडा हुनु स्वाभाविक हो ।
यसकारण, स्वतन्त्रता र मुक्ति पाएका केही देशका नेताहरूको नामबाट सहर र भवनहरू, शिक्षालय, अस्पताल, संस्था आदिको नाम राख्दा र शालिकहरू स्थापना गर्दा अनेक समस्या आउने हुँदा निषेध गरिएको थियो ।
अहिले सुनसरीका बीपी प्रतिष्ठान पुनः विवादमा आएको छ । ‘सङ्कटमा बीपी प्रतिष्ठान, सास्ती भोग्दै बिरामी’ शीर्षकमा केही पीडितहरूको गुनासो छ । (‘नागरिक’ दैनिक – २५ असार, २०८३)
अर्काे शीर्षक छ – ‘ठगी आरोपमा १२ पक्राउ ।’
Leave a Reply