चाँगुमा पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र ‘भक्तपुर काण्ड’ को भत्र्सना कार्यक्रम
- भाद्र ७, २०८३
भक्तपुर, ७ भदौ । भक्तपुर नगरपालिका वडा नं. ७ गोल्मढीमा हुन गइरहेको ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या आयोजक समितिको आयोजनामा साहित्यकारहरूको भेला शनिबार भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे वर्षभरि भएको घटनाहरूलाई साहित्यमार्फत उजागर गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
संसारलाई दादागिरी देखाउने संरा अमेरिकी राष्ट्रपति ट्रम्प इरानसँग भागी हिंड्नुपरेको र भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादले गर्दै आएको कुकृत्यहरू पनि तःमुंज्यामा वाचन हुने साहित्यको विषयवस्तु हुनुपर्ने सुझाव उहाँले दिनुभयो ।
वाग्मती प्रदेशसभा सदस्य एवं नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले भाषा आन्दोलनकै रूपमा तःमुंज्यालाई लानुपर्ने उल्लेख गर्दै शासकवर्गले नेपालभाषालाई निमिट्यान्न पार्न खोजिरहेको अवस्थामा नयाँ पुस्तालाई मातृभाषाको प्रयोगमा प्राथमिकता दिँदै जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विदेशीको निर्देशनमा होइन आफ्नै जनताको बुलबुट्टामा क्रान्ति गर्न सकेमात्र क्रान्ति स्थिर हुने उहाँले बताउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबञ्जारले नेपालभाषाको शब्द भण्डारलाई बढाउनुपर्ने, भाषा अनुवाद गर्दा भावानुवाद हुनुपर्ने, प्रतीक र बिम्ब प्रयोग गर्दा स्थानीय भाषामा प्रयोग हुने विषयलाई मनन गर्नुपर्ने बताउनुभयो ।
ग्साखलका अध्यक्ष उकेश कवांको सभापतित्वमा भएको उक्त कार्यक्रममा साहित्य समितिका संयोजक पुण्यराम कवां र सचिव पुरुषोत्तम ग्वाछाले पनि बोल्नुभएको थियो ।
Leave a Reply