काभ्रेमा ‘भक्तपुर काण्ड’ को विरोध तथा भत्र्सना कार्यक्रम
- भाद्र ९, २०८३
हेटौँडा, ९ भदौ । वाग्मती प्रदेशमा एमाले, नेकपा र राप्रपाका प्रदेशसभा सदस्यहरूले बनाएको असैद्धान्तिक सरकारले विश्वासको मत लिने कार्यक्रममा नपाल मजदुर किसान पार्टीले भाग लिएन ।
सो सम्बन्धमा भदौ ८ गते नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले वाग्मती प्रदेश सभाका सभामुखलाई पत्र लेखी बैठकमा सहभागिता नजनाउने जानकारी गराउनुभएको थियो ।
पत्रमा भनिएको छ – नेमकिपाले अराजनीतिक, असंसदीय तथा असैद्धान्तिक गतिविधिको सदा विरोध गर्दै आएको र त्यस्ता खेलबाट नेमकिपा निकै टाढा बस्दै आएको जगजाहेर छ । वाग्मती प्रदेश सभामा सरकार गठन गर्न शासक दलहरूबाट भइरहेका पछिल्ला गतिविधि पनि जनभावना तथा प्रजातान्त्रिक मूल्य मान्यताविपरीत, विसङ्गतिपूर्ण एवम् विडम्वनापूर्ण रहेको नेमकिपाको ठहर हो ।
पत्रमा सरकार गठन र विघटनका फोहरी खेलबाट सदा टाढा रहँदै आएको नेमकिपाले आजको विश्वासको मत लिने कार्यक्रममा उपस्थिति नजनाउने र शासक दलहरूको फोहरी खेलबारे उदाङ्ग्याउँदै विरोध गर्ने निर्णय गरेको जनाइएको छ ।
संसदीय दलका नेता गोसाईद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ – देश, प्रदेश र जनताको हितको पक्षमा नेमकिपाले प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्दै सङ्घर्षलाई जारी राख्नेछ ।
Leave a Reply