भर्खरै :

नेमकिपा, तारकेश्वर नगर समितिले बुझायो ध्यानाकर्षण पत्र

नेमकिपा, तारकेश्वर नगर समितिले बुझायो ध्यानाकर्षण पत्र

काठमाडौँ, १० भदौ । नेपाल मजदुर किसान पार्टी, तारकेश्वर नगर समितिले तारकेश्वर नगरपालिका ९ नंं वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझायो । तारकेश्वर नगरपालिका ९ नं वडा कार्यालयले भदौ ३ गते वडाका सुकुमवासी र अव्यवस्थित बसोबासीको निवेदनअनुसार जग्गा दर्ता प्रयोजनको लागि प्रकाशित सूचनाको सन्दर्र्भमा विरोध गर्दै बुधबार वडा कार्यालयमा विरोध एवम् ध्यानाकर्षण पत्र बुझाएको थियो ।
नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले शासक दलहरूले सुकुमवासीको नाममा जग्गा वितरण कार्यले भूमिहीनहरूको समस्या समाधान हुन नसक्ने र यस्ता कार्यले सार्वजनिक जग्गा थप अतिक्रमणमा पर्ने बताउँदै भूमिहीनलाई राज्यले शिक्षा, स्वास्थ्य, रोजगारी र आवश्यक अन्य व्यवस्था गर्नुपर्ने बताउनुभयो । नेमकिपा तारकेश्वर नगर समिति अध्यक्ष श्यामकुमार महर्जनले ध्यानाकर्षण पत्र वाचन गरी वडा अध्यक्ष श्यामकृष्ण महर्जनलाई उक्त ध्यानाकर्षण पत्र बुझाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *