भर्खरै :

समाजवादी र कम्युनिष्ट साहित्य

-सुजन 
कम्युनिष्ट घोषणापत्रको तेस्रो खण्डक
कम्युनिष्ट घोषणापत्रको तेस्रो खण्डमा माक्र्स—एंगेल्सले यस अघिका समाजवादी र कम्युनिष्ट साहित्यका कमजोरीहरूमाथि तीक्ष्ण आलोचना गर्नुभएको छ । युरोपमा समाजवादको विकासक्रमको इतिहासलाई तीन समूहमा चर्चा गर्दै त्यसका सैद्धान्तिक एवं व्यवहारिक कमजोरीहरूमाथि तीखो प्रहार गरिएको हो ।
१. प्रतिक्रियावादी समाजवाद
माक्र्स—एंगेल्सले पहिलो समूहमा प्रतिक्रियावादी समाजवादलाई प्रस्तुत गर्नुभएको छ । प्रतिक्रियावादी समाजवादभित्र पनि सामन्ती समाजवाद, निम्न–पूँजीवादी समाजवाद र जर्मन वा “सच्चा” समाजवाद गरी तीन उपसमूह समावेश छन् । यी तीन वटै उपसमूहका मानिसले ऐतिहासिक प्रक्रिय अस्वीकार गर्दै पुँजीपति तथा आधुनिक उद्योगको उत्थानको विरुद्ध सङ्घर्ष गर्छन् ।

क. सामन्ती समाजवाद
सामन्ती समाजवादीहरू आधुनिक पुँजीवादी समाजविरुद्ध कलम चलाउने फ्रान्सेली र बेलायती सामन्तहरू हुन् । जनताको सहानुभूति लिनको निम्ति पूँजीपति—वर्गविरुद्ध लडाइँमा आफ्नो हित लुकाएर शोषित मजदुर—वर्गको आवाज लेख्नु उनीहरूको पेशाजस्तै भएको थियो । शक्तिमा रहँदा आफू पनि शोषक नै भएको तथ्य लुकाउँदै, मजदुरको मुकुण्डो लगाउनु उनीहरूको बाध्यता थियो । तथापि पुँजीपतिहरूसँग उनीहरूको प्रमुख गुनासो भनेको क्रान्तिकारी सर्वहारा वर्गको निर्माणसँग सम्बन्धित छ, जसले पुरानो समाज व्यवस्थाको जरा उखेल्ने काम गर्छ । जसरी सर्वहारा वर्ग पुँजीवादको गर्भबाट जन्मेको छ, त्यसै गरी बुर्जुवा वर्ग सामन्तहरूको सन्तती भएको तथ्य उनीहरूले बुझ्न सकेका छैनन् । मुख्यतः उनीहरू यस ऐतिहासिक विकासको नियम मान्दैनन् । उनीहरूको प्रमुख चासो नै सामन्ति व्यवस्थाको पुनरावृत्ति हो । प्रतिक्रियावादी समाजवादलाई इसाई समाजवादसँग तुलना गर्दै माक्र्स लेख्नुहुन्छ, “इसाई समाजवाद त्यस्तो पवित्र जल हो, जसको छिटा छर्केर पुरेतले सामन्तको मनको जलन शान्त पार्दछ ।”
ख. निम्न–पूँजीवादी समाजवाद
पूँजीवादी शोषणको वृद्धिसँगै समाज दुई परस्परविरोधी वर्गमा विभाजित हँुदैछ – पुँजीपति र सर्वहारा । यसबाहेक अर्को पनि एउटा वर्ग छ – निम्न—पुँजीवादी वर्ग (मध्यम वर्ग र किसानहरू) । यो वर्ग कहिले पूँजीपति वर्गमा पर्छ त कहिले सर्वहारा वर्गमा परिणत हुन्छ (पेन्डुलम जस्तै) । निम्न—पूँजीवादी समाजवादीहरू आफ्नो छुट्टै अस्तित्व गुमाएर अन्ततगत्वा सर्वहारा वर्गमा परिणत हुने डर भएको वर्ग हो । निम्न—पुँजीवादी साहित्यले आधुनिक उत्पादनको व्यवस्थाको अन्तरविरोधहरूबारे प्रस्ट्याउन सफल भएको कुरा माक्र्सले स्वीकार्नुभएको छ । उदाहरणको लागि, पछि गएर सारा पुँजी र जमीन मुठ्ठीभर मानिसको हातमा जम्मा हुन जान्छ, आवश्यकताभन्दा बढी उत्पादन हुने कारण बराबर आर्थिक सड्ढट फस्छ, मध्यम—वर्ग र किसानहरू समाप्त हुने गर्दछ, मजदुर वर्गको अवस्था झन्झन् खराब हुंँदै जानेछ, एकले अर्कालाई खत्तम गर्नुको निम्ति देशहरूको आपसमा औद्योगिक युद्ध हुनेछ पुरानो नैतिक सम्बन्ध र कौटुम्बिक सम्बन्धहरू सब सकिनेछ, आदि । यस विरोधाभासपूर्ण प्रणालीको विरुद्धमा उनीहरूले दुई विकल्प अगाडि सारेका छन् । पहिलोमा पुरानै उत्पादन तथा विनिमयको माध्यमको पुनरावृत्ति र दोस्रो विकल्पका रुपमा आधुनिक उत्पादन तथा विनिमयको साधनलाई पुरानो सम्पत्तिका सम्बन्धको रुप–रेखातिर धकेल्ने । तसर्थ यो समाजवाद “प्रतिक्रियावादी र काल्पनिक” छ साथै ऐतिहासक तथ्यविपरीत पनि छ ।
ग. जर्मन वा “सच्चा” समाजवाद
प्रतिक्रियावादी समाजवादको तेस्रो समूहमा जर्मन वा “सच्चा” समाजवाद छ । यी जर्मनी विचारकहरूले फ्रान्सेली समाजवादी र कम्युनिष्टहरूको विचार अपनाएका छन् । फ्रान्सेली समाजवादी तथा कम्युनिष्ट साहित्य पुँजीपति वर्गको सत्ताविरुद्ध सङ्घर्ष हुँदा विकास भएको हो । यस समूहका समाजवादीहरूले जर्मनीको सामाजिक अवस्था फ्रान्ससँग समान नरहेको तथ्यलाई बेवास्ता गरेका छन् । फ्रान्सेली समाजवादी तथा कम्युनिष्ट साहित्यलाई जर्मनी विचारकहरूले “नपुंसक” बनाएको माक्र्सको आरोप छ । यी समाजवादीहरूले बढ्दो पूँजीपतिविरुद्ध कुलीन र सामन्त वर्गलाई समर्थन गर्छन् । उनीहरू पुँजीपतिहरूको विकास अनिवार्य ऐतिहासिक कदम भएको यथार्थ बिर्सन्छन् । “सच्चा” समाजवादीहरू निम्न—पुँजीपतिहरूको स्वार्थको सकम्युनिष्ट घोषणापत्रको तेस्रो खण्डक
सुजन
कम्युनिष्ट घोषणापत्रको तेस्रो खण्डमा माक्र्स—एंगेल्सले यस अघिका समाजवादी र कम्युनिष्ट साहित्यका कमजोरीहरूमाथि तीक्ष्ण आलोचना गर्नुभएको छ । युरोपमा समाजवादको विकासक्रमको इतिहासलाई तीन समूहमा चर्चा गर्दै त्यसका सैद्धान्तिक एवं व्यवहारिक कमजोरीहरूमाथि तीखो प्रहार गरिएको हो ।
सनातनी÷अनुदारवादी वा पुँजीवादी समाजवाद दोस्रो समूहमा पर्दछ । बुर्जुवा समाजको अस्तित्व निरन्तरताको ग्यारेन्टीका निम्ति सामाजिक असन्तुष्टिहरूको समाधानको इच्छा राख्ने पुँजीपतिहरूको हिस्सा यस उपसमूहमा पर्दछ । “अर्थशास्त्री, समाजसेवी, मानवतावादी, मजदुरहरूको अवस्थामा सुधार चाहनेहरू, चन्दा ९अजबचष्तथ० आयोजकहरू, जनावरहरूमाथिको क्रुरताका विरोधीहरू, सबैखाले सुधारकहरू” यस विचारका समर्थकहरू हुन् । उनीहरू आधुनिक उद्योगबाट प्राप्त सामाजिक अवस्थाका फाइदाहरूको उपभोग गर्न चाहन्छन् । तर सङ्घर्ष र सँगै जोडिएर आउने खतरा सामना गर्न चाहँदैनन् । उनीहरू सर्वहाराविनाको पुँजीपतिको आकाङ्क्षा राख्दछन् । यी पुँजीपतिहरू सम्पूर्ण शक्ति आफ्नो मुठ्ठिभित्र भएको समाज नै उत्कृष्ट समाज भएको विश्वास गर्छन् । सर्वहारा वर्ग कमजोर भूमिकामा रहेको हेर्न चाहने यी पँुजीपतिहरू, शोषक बुर्जुवाप्रति घृणा गर्न बन्द गरोस् भन्ने चाहन्छन् । यस प्रकारका समाजवादीको दोस्रो हिस्सा आर्थिक सम्बन्धको परिवर्तनले मात्र सर्वहारा वर्गलाई मद्दत गर्न सक्छ भन्ने विश्वास गर्छन् । यस विचारका अनुयायीहरू यस परिवर्तनले अनिवार्य रुपमा उत्पादन सम्बन्धको ध्वंस गर्दछ भन्ने तथ्य अस्वीकार गर्छन् । बरु उनीहरू प्रशासनिक सुधार गर्ने कुरा गर्छन्, जसले बुर्जुवा सरकारको प्रशासनिक खर्च र काम घटाउँछ ।
३. आलोचनात्मक काल्पनिक समाजवाद
आलोचनात्मक काल्पनिक समाजवादीहरू तेस्रो समूहमा पर्छन् । त्यसबेला मजदुर वर्ग बाल्यावस्थामा थियो । सर्वहारा वर्ग परिपक्व भइसकेको थिएन र स्वतन्त्रताका निम्ति आर्थिक अवस्था उपयुक्त थिएन । सेन्ट साइमन, फुररे, ओवेन तथा अन्य दार्शनिकहरूको साम्यवाद र साम्यवादी पद्धति, प्रस्तावित समाज व्यवस्था, मजदुर र पुँजीपतिबीचको वर्गसङ्घर्ष यसै प्रारम्भिक र अविकसित अवस्थामा भएको थियो । यी समाजवादीहरूले सर्वहारा वर्गको स्वतन्त्रताका लागि आवश्यक भौतिक अवस्था निर्माणका निम्ति नयाँ सामाजिक कानुनको खोजी गर्न थाले । उनीहरूका रचना अत्यन्तै महŒवपूर्ण थिए किनकि त्यसले तात्कालीन समाजको प्रत्येक सिद्धान्तमाथि प्रहार गर्दथ्यो र कामदार वर्गको चेतना विकासका निम्ति सहयोगी थियो । तर यी प्रयास प्रतिक्रियावादी तथा काल्पनिक चरित्रका छन् । उनीहरूको दृष्टिकोणमा सर्वहारा वर्गको समाज पुनःनिर्माणको आकाङ्क्षा प्रतिबिम्बित छ तर व्यवहारमा उतार्न कुनै आधार नभएको “काल्पनिक” दृष्टिकोणमा सीमित छ । तसर्थ आधुनिक वर्गसङ्घर्षले आकार ग्रहण गर्दै गरेको अवस्थामा आलोचनात्मक काल्पनिक समाजवादको उपादेयता घट्दो छ । व्यवहारिक आधार नभएको कारण यसको “सुन्दर” आक्रमणले सैद्धान्तिक औचित्यसमेत गुमाएको छ । यस विचारका प्रतिपादकहरू जति क्रान्तिकारी थिए, अनुयायीहरू उति नै प्रतिक्रियावादी छन् । उनीहरू सर्वहारा वर्गका राजनैतिक कार्यको विरोध गर्छन् ।
अन्त्यमा, कम्युनिष्ट घोषणापत्रको तेस्रो खण्डमा माक्र्स—एंगेल्सले बाँकी समाजवादी र कम्युनिष्ट साहित्यका विकल्पमा सर्वहारा—वर्गका निम्ति प्रस्तुत गरेको कम्युनिष्ट लिगको समाजवाद सही छ भनी प्रष्ट पार्नुभयो ।
(इन्जिनियर समाज नेपालको आयोजना असार १ गते सम्पन्न ‘कम्युनिष्ट घोषणापत्र’ विषयक अन्तरक्रिया कार्यक्रममा व्यक्त विचार–सं)
सानहरू) । यो वर्ग कहिले पूँजीपति वर्गमा पर्छ त कहिले सर्वहारा वर्गमा परिणत हुन्छ (पेन्डुलम जस्तै) । निम्न—पूँजीवादी समाजवादीहरू आफ्नो छुट्टै अस्तित्व गुमाएर अन्ततगत्वा सर्वहारा वर्गमा परिणत हुने डर भएको वर्ग हो । निम्न—पुँजीवादी साहित्यले आधुनिक उत्पादनको व्यवस्थाको अन्तरविरोधहरूबारे प्रस्ट्याउन सफल भएको कुरा माक्र्सले स्वीकार्नुभएको छ । उदाहरणको लागि, पछि गएर सारा पुँजी र जमीन मुठ्ठीभर मानिसको हातमा जम्मा हुन जान्छ, आवश्यकताभन्दा बढी उत्पादन हुने कारण बराबर आर्थिक सड्ढट फस्छ, मध्यम—वर्ग र किसानहरू समाप्त हुने गर्दछ, मजदुर वर्गको अवस्था झन्झन् खराब हुंँदै जानेछ, एकले अर्कालाई खत्तम गर्नुको निम्ति देशहरूको आपसमा औद्योगिक युद्ध हुनेछ पुरानो नैतिक सम्बन्ध र कौटुम्बिक सम्बन्धहरू सब सकिनेछ, आदि । यस विरोधाभासपूर्ण प्रणालीको विरुद्धमा उनीहरूले दुई विकल्प अगाडि सारेका छन् । पहिलोमा पुरानै उत्पादन तथा विनिमयको माध्यमको पुनरावृत्ति र दोस्रो विकल्पका रुपमा आधुनिक उत्पादन तथा विनिमयको साधनलाई पुरानो सम्पत्तिका सम्बन्धको रुप–रेखातिर धकेल्ने । तसर्थ यो समाजवाद “प्रतिक्रियावादी र काल्पनिक” छ साथै ऐतिहासक तथ्यविपरीत पनि छ ।
ग. जर्मन वा “सच्चा” समाजवाद
प्रतिक्रियावादी समाजवादको तेस्रो समूहमा जर्मन वा “सच्चा” समाजवाद छ । यी जर्मनी विचारकहरूले फ्रान्सेली समाजवादी र कम्युनिष्टहरूको विचार अपनाएका छन् । फ्रान्सेली समाजवादी तथा कम्युनिष्ट साहित्य पुँजीपति वर्गको सत्ताविरुद्ध सङ्घर्ष हुँदा विकास भएको हो । यस समूहका समाजवादीहरूले जर्मनीको सामाजिक अवस्था फ्रान्ससँग समान नरहेको तथ्यलाई बेवास्ता गरेका छन् । फ्रान्सेली समाजवादी तथा कम्युनिष्ट साहित्यलाई जर्मनी विचारकहरूले “नपुंसक” बनाएको माक्र्सको आरोप छ । यी समाजवादीहरूले बढ्दो पूँजीपतिविरुद्ध कुलीन र सामन्त वर्गलाई समर्थन गर्छन् । उनीहरू पुँजीपतिहरूको विकास अनिवार्य ऐतिहासिक कदम भएको यथार्थ बिर्सन्छन् । “सच्चा” समाजवादीहरू निम्न—पुँजीपतिहरूको स्वार्थको समर्थन गर्छन् । उनीहरू वर्ग सङ्घर्षलाई अस्वीकार गर्छन् । यस समयका करिब सम्पूर्ण जर्मनी समाजवादी र कम्युनिष्ट साहित्य यही चरित्रको भएको दाबी माक्र्सको छ ।
२. सनातनी/अनुदारवादी वा पुँजीवादी समाजवाद
सनातनी÷अनुदारवादी वा पुँजीवादी समाजवाद दोस्रो समूहमा पर्दछ । बुर्जुवा समाजको अस्तित्व निरन्तरताको ग्यारेन्टीका निम्ति सामाजिक असन्तुष्टिहरूको समाधानको इच्छा राख्ने पुँजीपतिहरूको हिस्सा यस उपसमूहमा पर्दछ । “अर्थशास्त्री, समाजसेवी, मानवतावादी, मजदुरहरूको अवस्थामा सुधार चाहनेहरू, चन्दा ९अजबचष्तथ० आयोजकहरू, जनावरहरूमाथिको क्रुरताका विरोधीहरू, सबैखाले सुधारकहरू” यस विचारका समर्थकहरू हुन् । उनीहरू आधुनिक उद्योगबाट प्राप्त सामाजिक अवस्थाका फाइदाहरूको उपभोग गर्न चाहन्छन् । तर सङ्घर्ष र सँगै जोडिएर आउने खतरा सामना गर्न चाहँदैनन् । उनीहरू सर्वहाराविनाको पुँजीपतिको आकाङ्क्षा राख्दछन् । यी पुँजीपतिहरू सम्पूर्ण शक्ति आफ्नो मुठ्ठिभित्र भएको समाज नै उत्कृष्ट समाज भएको विश्वास गर्छन् । सर्वहारा वर्ग कमजोर भूमिकामा रहेको हेर्न चाहने यी पँुजीपतिहरू, शोषक बुर्जुवाप्रति घृणा गर्न बन्द गरोस् भन्ने चाहन्छन् । यस प्रकारका समाजवादीको दोस्रो हिस्सा आर्थिक सम्बन्धको परिवर्तनले मात्र सर्वहारा वर्गलाई मद्दत गर्न सक्छ भन्ने विश्वास गर्छन् । यस विचारका अनुयायीहरू यस परिवर्तनले अनिवार्य रुपमा उत्पादन सम्बन्धको ध्वंस गर्दछ भन्ने तथ्य अस्वीकार गर्छन् । बरु उनीहरू प्रशासनिक सुधार गर्ने कुरा गर्छन्, जसले बुर्जुवा सरकारको प्रशासनिक खर्च र काम घटाउँछ ।
३. आलोचनात्मक काल्पनिक समाजवाद
आलोचनात्मक काल्पनिक समाजवादीहरू तेस्रो समूहमा पर्छन् । त्यसबेला मजदुर वर्ग बाल्यावस्थामा थियो । सर्वहारा वर्ग परिपक्व भइसकेको थिएन र स्वतन्त्रताका निम्ति आर्थिक अवस्था उपयुक्त थिएन । सेन्ट साइमन, फुररे, ओवेन तथा अन्य दार्शनिकहरूको साम्यवाद र साम्यवादी पद्धति, प्रस्तावित समाज व्यवस्था, मजदुर र पुँजीपतिबीचको वर्गसङ्घर्ष यसै प्रारम्भिक र अविकसित अवस्थामा भएको थियो । यी समाजवादीहरूले सर्वहारा वर्गको स्वतन्त्रताका लागि आवश्यक भौतिक अवस्था निर्माणका निम्ति नयाँ सामाजिक कानुनको खोजी गर्न थाले । उनीहरूका रचना अत्यन्तै महŒवपूर्ण थिए किनकि त्यसले तात्कालीन समाजको प्रत्येक सिद्धान्तमाथि प्रहार गर्दथ्यो र कामदार वर्गको चेतना विकासका निम्ति सहयोगी थियो । तर यी प्रयास प्रतिक्रियावादी तथा काल्पनिक चरित्रका छन् । उनीहरूको दृष्टिकोणमा सर्वहारा वर्गको समाज पुनःनिर्माणको आकाङ्क्षा प्रतिबिम्बित छ तर व्यवहारमा उतार्न कुनै आधार नभएको “काल्पनिक” दृष्टिकोणमा सीमित छ । तसर्थ आधुनिक वर्गसङ्घर्षले आकार ग्रहण गर्दै गरेको अवस्थामा आलोचनात्मक काल्पनिक समाजवादको उपादेयता घट्दो छ । व्यवहारिक आधार नभएको कारण यसको “सुन्दर” आक्रमणले सैद्धान्तिक औचित्यसमेत गुमाएको छ । यस विचारका प्रतिपादकहरू जति क्रान्तिकारी थिए, अनुयायीहरू उति नै प्रतिक्रियावादी छन् । उनीहरू सर्वहारा वर्गका राजनैतिक कार्यको विरोध गर्छन् ।
अन्त्यमा, कम्युनिष्ट घोषणापत्रको तेस्रो खण्डमा माक्र्स—एंगेल्सले बाँकी समाजवादी र कम्युनिष्ट साहित्यका विकल्पमा सर्वहारा—वर्गका निम्ति प्रस्तुत गरेको कम्युनिष्ट लिगको समाजवाद सही छ भनी प्रष्ट पार्नुभयो ।
(इन्जिनियर समाज नेपालको आयोजना असार १ गते सम्पन्न ‘कम्युनिष्ट घोषणापत्र’ विषयक अन्तरक्रिया कार्यक्रममा व्यक्त विचार–सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *