घरेलु तथा साना उद्योग प्रवद्र्धनमा जोड दिनुपर्ने
- असार ६, २०८३
भक्तपुर, २४ माघ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते गर्ने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सहभागी हुन नेपाल क्रान्तिकारी विद्यार्थी संघले भक्तपुर बहुमुखी क्याम्पसमा सोमबार आफ्नो संगठन दर्ता गरेको छ । क्याम्पसको स्ववियु निर्वाचन समितिले दल दर्ताको निम्ति आह्वान गरे लगत्तै नेक्राविसंघ भक्तपुर बहुमुखी क्याम्पस समितिले पहिलो नम्बरमा आफ्नो संगठनको दर्ता गराएको हो ।
संगठन दर्ता गराउनु हुँदै नेक्राविसंघका केन्द्रीय कोषाध्यक्ष सुरेशन धुसूले ढिलै भएपनि त्रिविले स्ववियु निर्वाचन गराउन प्रक्रिया थालेकोप्रति खुसी व्यक्त गर्दै नेक्राविसंघले स्ववियु निर्वाचनलाई देशको सार्वभौमिकता रक्षा र वैदेशिक हस्तक्षेपविरुद्ध विद्यार्थीहरुलाई सचेत र आन्दोलित बनाउने मञ्चको रुपमा उपयोग गर्ने विचार लिएको बताउनुभयो । साथै शिक्षा क्षेत्रमा देखिएका विकृति, विसंगति, दलीय भागबण्डा र नवउदारवादी प्रभावको विरोधमा विद्यार्थीहरुलाई एकत्रित बनाउन नेक्राविसंघले स्ववियु चुनावमा भाग लिने निर्णय गरेको बताउनुभयो ।
नेक्राविसंघको दल दर्ता गर्नुहुँदै भक्तपुर बहुमुखी क्याम्पसका स्ववियु निर्वाचन अधिकृत शेरसिंह रैखोलाले देशैभरिका क्याम्पसहरुमध्ये भक्तपुर बहुमुखी क्याम्पसमा मात्रै दल दर्ताको प्रक्रिया अघि बढाएकोमा नेक्राविसंघले दल दर्ता गरेर स्ववियु निर्वाचन सफल बनाउन सकारात्मक प्रतिक्रिया दिएकोमा धन्यवाद दिनुभयो । उहाँले सबै पक्षलाई समेट्दै जसरी पनि स्ववियु निर्वाचनलाई मर्यादित र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply