अवकाशपछि पनि शैक्षिक क्षेत्रमा सक्रिय रहन आग्रह
- असार ४, २०८३
भक्तपुर, २५ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले ख्वप विश्वविद्यालय स्थापनाको काम निरन्तर अगाडि बढिरहने र कसैले यो अभियान रोक्न नसक्ने बताउनुभएको छ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप उच्च माविको सत्रौं, ख्वप कलेजको पन्ध्रौं र शारदा क्याम्पसको छब्बीसौं वार्षिकोत्सवको अवसरमा आयोजित शैक्षिक प्रदर्शनीको उद्घाटन कार्यक्रममा बिजुक्छेंले ख्वप विश्वविद्यालय स्थापनाको विधेयक सरकारले पारित गर्दैन भने सरकारको अवज्ञा गर्ने अधिकार जनतालाई छ भन्नुभयो ।
अध्यक्ष रोहितले दर्शन, विचार र कार्यक्रमको आधारमा राजनीतिक पार्टी स्थापना हुने चर्चा गर्दै पञ्चायतले गरेको काम नेपाली काङग्र्रेसले, नेपाली काङ्ग्रेसको काम एमालेले र एमालेको काम एमाओवादीले गर्दै आएको हुँदा ती पार्टीहरुको नीतिमा भिन्नता नदेखिएको र ती दल मिलेर एउटै पार्टी बनाउँदा उपयुक्त हुन्छ भन्नुभयो ।
ख्वप विश्वविद्यालय स्थापनाको विधेयक सरकारले पारित गर्दैन भने सरकारको अवज्ञा गर्ने अधिकार जनतालाई छ
पार्टीगत स्वार्थको लागि विचारमा एकमत हुनु भनेको जनतालाई ढाँट्नु हो, उहाँले भन्नुभयो ।
अध्यक्ष बिजुक्छेंले दललाई चुनावमा पाएको मतको आधारमा थ्रेसहोल्ड राखी कानुनमा प्रतिवन्ध लगाउनु निरङ्कुश, निर्दलीय र प्रतिगामी कदम हुने चर्चा गर्दै साना दललाई सरकारमा जान नपाउने व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
राम्रो विद्यार्थीहरु तयार गर्नमा शिक्षकहरुको मेहनत चालू रहने अपेक्षा राख्दै उहाँले विद्यार्थीहरुले पनि देश र जनताको सेवा गर्ने भावना राखी अध्ययन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका सभापति एवं कलेज उच्च मावि सञ्चालक समितिका अध्यक्ष एवं सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुलाई ख्वप विश्वविद्यालय स्थापना र सञ्चालन गर्ने उद्देश्य राखी अगाडि बढिरहेको बताउनुभयो ।
ख्वप विश्वविद्यालयको विधेयक संसदमा दर्ता भए पनि छलफल अगाडि नबढेको सरकारसँग गुनासो राख्दै उहाँले भन्नुभयो, ‘राणा शासनमा जस्तै सरकार मागएका पार्टीहरुले जनताका छोराछोरीलाई उच्चशिक्षाको अवसरबाट वञ्चित गराउनु हुन्न ।’
निर्वाचनको लागि संसदबाट निर्वाचन आयोग मतदाता सड्ढलन, कसूर तथा सजाय, स्थानीय तह निर्वाचन विधेयक पारित भएको उल्लेख गर्दै ती विधेयकहरुमा निर्वाचन मिति तोक्ने, निर्वाचनमा निष्पक्षतामा असर पर्ने गरी आचारसंहिताको उल्लङ्घन गर्ने उम्मेदवारको उम्मेदवारी रद्द गर्ने, ट्रेड यूनियनमा संलग्न कर्मचारीलाई निर्वाचनको काममा खटाउन नहुने, विदेशी रकम पाउने एनजीओ र आईएनजीओलाई निर्वाचन पर्यवेक्षण गर्न दिन नहुने, ६–६ महिनामा स्थानीय निकायमार्फत मतदाता शिक्षा सञ्चालन गर्ने, निर्वाचन आयोगले गृहमन्त्रालयको सट्टा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत नेपाल सरकारसँग सम्पर्क गराउने प्रावधानलगायतको संशोधन नेमकिपाले पेश गरेको तर निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन नचाहेका शासक दलहरुले नेमकिपाको संशोधनलाई अस्वीकार गरेको बताउनुभयो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्राडा राममान श्रेष्ठले भक्तपुर नगरपालिकाले शैक्षिक संस्थाहरु सञ्चालन गरेको अनुकरणीय कार्य भएको बताउनुभयो ।
नपाद्वारा सञ्चालित शैक्षिक संस्थाहरुमा सहयोग गर्न आफू तयार रहेको चर्चा गर्दै उहाँले ख्वप विश्वविद्यालय स्वीकृतिको लागि भक्तपुरका जनताहरु जाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
चीनको लागि नेपालको पूर्व राजदूतप्रा.डा.राजेश्वर आचार्यले विद्यार्थीको परीक्षा नतिजा राम्रो भयो भने अरु क्रियाकलाप पनि राम्रो हुने उल्लेख गर्दै भन्नुभयो, ‘ख्वपउच्चमावि र कलेजको प्रगति सराहनीय छ ।’
देश र जनतामा समर्पित शिक्षा नभए देश सड्ढटमा पर्ने विचार राख्दै उहाँले देशकै आन्तरिक स्रोत–साधनलाई उपयोग गर्ने दृष्टिले शिक्षा दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
निर्वाचन आयोगका आयुक्त दोलखबहादुर गुरुङले ख्वप उच्च मावि र ख्वप कलेज भक्तपुरको मात्र शिक्षालय नभई नेपालकै शिक्षालय भएको चर्चा गर्नुभयो ।
शिक्षा जीवनपयोगी, समाजपयोगी, सीपमूलक र नैतिकवान हुनुपर्ने पर्छ, उहाँले भन्नुभयो ।
आवधिक निर्वाचन नै प्रजातन्त्रको गहना हुने बताउँदै प्रमुख आयुक्त गुरुङले भन्नुभयो, ‘निर्वाचन आयोगलाई गृहमन्त्रालयअन्तर्गत राख्नु हुन्न, निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई दिनुपर्छ ।
प्रमुखजिल्लाअधिकारी द्रोणआचार्यले शिक्षामा गुणस्तर हुनु भनेकै राष्ट्रको समृद्धिको आधारशीलातयार हुनु हो भन्नुभयो ।
भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत रोहितराजपोखरेलले भक्तपुर ‘शैक्षिकहब’ को रुपमा विकास हुँदै गएकोमा खुशी व्यक्त गर्नुभयो ।
कलेजका प्राचार्य रुपक जोशी र ख्वप उच्च माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले वार्षिक प्रतिवेदन पेश गर्नुभएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीले पनि शुभकामना दिनुभयो ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थी, वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई अतिथिहरुले पुरस्कार वितरण गर्नुभएको थियो ।
कलेज तथा उच्च माविमा दस वर्ष सेवा पूरा गरेका शिक्षक तथा कर्मचारीहरुलाई प्रमुखअतिथि बिजुक्छेंले कदरपत्र प्रदानगर्नुभएको थियो ।
उद्घाटन कार्यक्रमपछि शैक्षिक प्रदर्शनी सुरु भएको थियो । प्रदर्शनीको क्रममा कविता वाचन कार्यक्रम भएको थियो । कवितावाचन कार्यक्रममा युवा कवि दामोदर सुवाल, नीरज लवजू, शिक्षक कोमलप्रसाद फुयाललगायत विद्यार्थीहरुले कवितावाचन गरेका थिए ।
शैक्षिक प्रदर्शनी बुधबार पनि चालू रहनेछ ।
Leave a Reply