भर्खरै :

झलनाथजीको चालबाजी

-सुलेमान, काठमाण्डौ
झलनाथ खनाल एक पूँजीवादी दलका नेता हुन् । उनी नेकपा एमालेका घागडान नेता मानिन्छन्, गुट नै सम्हाल्न सक्ने । सो पार्टीले अझै पनि पार्टीको झण्डाबाट हँसिया–हथौडा हटाएको छैन, अझै काम गरी खाने जनतालाई झुक्याइरहन । यद्यपि आफ्ना अधिकांश कार्यक्रममा एमालेले पार्टीको झण्डाभन्दा चुनाव चिन्हका पताका बढी फहराउने गरेको छ, आफनो नामलाई व्यङ्ग्य गर्दै ।
माघ २३ गतेको ‘नयाँ पत्रिका’मा झलनाथ खनालले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें र नेमकिपाबारे केही प्रसंग उप्काएका छन् । यी गम्भीर खालका छन् किनभने यसको प्रस्तुति मीठो छ ।
एक, उनी नेमकिपा कहिल्यै देशभर फैलिन सक्दैन भन्छन् । यो भनाईमा उनको दम्भ देखिन्छ । जस्तो २०६३ सालअघि राजाहरुको हुनेगथ्र्यो । साथै नेमकिपा, यसका कार्यकर्ता र पार्टीले प्रतिनिधित्व गर्ने मजदुर, किसानलगायत कामदार जनतालाई यो भनाई मार्फत होच्याएका छन् । पार्टीलाई यो एक हाँक पनि हो ।

खासमा एमाले विभिन्न पार्टीहरुका गद्दारहरुले बनेको पार्टी हो ।

दुई, बिजुक्छेंजीले अब काम गर्न नसक्ने भनेर निकै छुचो बोलेका छन् ।
तीन, उनी भन्छन्,‘नेमकिपामा मिहिनेत गरेर बनाएका कार्यकर्ता ३–४ वर्षमा एमालेमा आउँछन् । यो भनाईमा खनालले निकै कुटिल पारामा झुठ बोलेका छन् र आफ्नो पार्टीका काला कर्तुतहरु लुकाएका छन् । वास्तवमा नेमकिपाका कार्यकर्तालाई विभिन्न प्रलोभन देखाएर चोर्ने काममा सबभन्दा अगाडि एमाले नै छ । खासमा एमाले विभिन्न पार्टीहरुका गद्दारहरुले बनेको पार्टी हो । यसमा नेमकिपाका कार्यकर्ताहरुले पनि सचेत र सर्तक रहनुपर्ने देखिन्छ ।
चार, बिजुक्छेंजी रहुञ्जेल नेमकिपा भक्तपुरमा बलियो रहनेछ भनी खनालले धुर्तताको उदाहरण दिन्छन् । यो भनाईमार्फत उनले नेमकिपाको नयाँ पुस्ताको योग्यतामाथि प्रश्न चिन्ह तेर्साउँछन् । उनी पार्टीका नवप्रवेशीहरुको मनोबल गिराउन खोज्छन् । खनालजीले लेखिराखे हुन्छ–नेमकिपा बिजुक्छेंजी एक्लैको पार्टी होइन बरु देशका समग्र शोषित–पीडितहरुको पार्टी हो । यो देशमा आफ्नो पसिनामा बाँच्नेहरु रहुञ्जेल नेमकिपा रहिरहनेछ, फैलिरहनेछ । नेमकिपाको नयाँ पुस्ता आफ्नो क्रान्तिकारी पुर्खाको विरासतलाई अघि बढाउन सक्षम छ । खनालजीले अरुको भन्दा आफ्नो पार्टीको नयाँ पुस्ताबारे चिन्ता लिंदा राम्रो होला । सजिलोको लागि भनिदिउँ, एमालेको नयाँ पुस्तासम्बन्धि जानकारी पार्टी कार्यालयमा भन्दा बढी प्रहरी र अख्तियारका रिकर्ड फाइलहरुमा भेटिएलान् । अस्तु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *