भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
दसकभन्दा लामो समयदेखि नन्दिता दास गुणस्तरीय फिल्मको पर्यायवाचीजस्तै बनेकी छिन् । फायर (१९९६), अर्थ
(१९९८), बबण्डर (२००१), कमली
(२००६) र आइ एम (२०११) का केही उत्कृष्ट चलचित्रका नाम हुन् । नन्दिताले निर्देशन गरेको पहिलो चलचित्र फराक सन् २००८ मा आयो । भव्य व्यक्तित्व र बलियो कथाले उनलाई परिभाषित गर्ने गरेको छ । नन्दिताले विख्यात कथाकार मन्टोको जीवनीमा आधारित रहेर अहिले एउटा नयाँ चलचित्र निर्देशन गरेकी छिन् । चलचित्रको प्रमुख भूमिकामा छन्–नवाजुद्दिन सिद्दिकी । सिद्दिकीको भूमिकाले यो चलचित्रको नाट्यशैलीलाई अझ बलियो बनाउनेछ । कलाकार र निर्देशक नन्दिताले यो चलचित्रको निर्माणका क्रममा आएका आरोह अवरोहमा आधारित भएर पुस्तक लेख्ने योजनासमेत बनाएकी छिन् । चलचित्र निर्माणको क्रममा आफ्नो श्रृजनात्मक, भावनात्मक र आत्मिक उतारचढावको विषयमा उनले सो पुस्तकमा चर्चा गर्ने मनसाय राखेकी छिन् ।
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा तपार्इंका चलचित्र मन्टोले निकै प्रशंसा बटुल्यो । भारतमा प्रदर्शन हुनुअघि तपाईको दिमागमा के कुरा खेलिरहेको छ ?
वास्तवमा मलाई हतास हुन फुर्सद नै छैन न त खुशी हुन नै । निकै थोरै समयमा गर्नुपर्ने काम धेरै छन् । चलचित्रप्रतिको प्रतिक्रियाले म उत्साहित छु । यो चलचित्र सुरुमा केही अब्बल चलचित्र महोत्सवमा प्रदर्शन गरिएको हुनाले धेरैले यसलाई महोत्सव चलचित्रको रुपमा पनि हेरेका छन् । मानिसहरू कुनै पनि कुरालाई बिल्ला झुण्ड्याउन हतारिन्छन् । तर यो चलचित्र सबैको लागि बनेको चलचित्र हो । सबै जाति, उमेर र लिङ्गको लागि बनेको चलचित्र । यो चलचित्रले हामी सबैभित्र कुनै न कुनै रुपमा रहेको ‘मन्टो प्रवृत्ति’लाई उजागर गरेको छ । ‘मन्टो प्रवृत्ति’ भन्नुको अर्थ स्वतन्त्र भावना, सकेसम्म बढी इमानदार बन्ने चाहना, हामीले चासो र चिन्ताले विषयमा साहसिलो बन्नु हो । मन्टोवादी बन्ने जो पनि आफ्नो जीवन आफ्नै हिसाबमा बिताउने गर्दछन् । मन्टोले धेरै व्यक्तिगत र आत्मिक कथाहरू लेखे । उनका बारेमा उनकै प्रगतिशीलहरूबीच गलत बुझाइहरू रहे । चलचित्रले यस्ता थुप्रै प्रश्नहरू उठाउन खोजेको छ । स्वतन्त्रतापछिको ७१ वर्षमा के हामीले साँच्चै प्रगति ग¥यौं ? साँच्चै हामी परिवर्तन भयौं ? यो चलचित्र हाम्रा पूर्वाग्रह, त्रास, नैतिकताको ऐना हो । मन्टोले लेखेजस्तै, ‘मेरा कथाहरू समाजको ऐना हो । तर यदि तपाईले यसमा जे देख्नुभएको छ, त्यो मन परेन भने यसमा मलाई के कोदोष ?’
तपाईंको पिता जतिन दास तपाईंको जीवनको मन्टो भएको बताउनुभयो ।
जब म मन्टोका निबन्धहरू पढ्छु र उनका बारेमा लेखिएका कुराहरू पढ्छु, म चकित पर्छु किन उनी मेरालागि परिचितजस्ता लाग्छन् । पछि मैले महसुस गरें, म उनीजस्तै एकजना मानिससँगै हुर्केको रहेछु । मेरा पिताजी एकजना चित्रकार हुनुहुन्छ । उनीभित्र वास्तवमा धेरै धेरै मन्टो प्रवृत्ति पाउँछु । मेरा पिताजी पनि कहिल्यै ‘कला बजार’ को हिस्सा बनेनन् मन्टोजस्तै । मन्टो पनि यस्ता प्रगतिशील लेखक थिए जो कहिल्यै प्रगतिशील लेखक सङ्घमा सदस्य बनेनन् । दुवैजनाको लागि पैसाको मूल्य कहिल्यै भएन । उनीहरूले लेखेर वा चित्रकारी गरेर नै आफ्नो जीविकोपार्जन चलाए तर कहिल्यै पैसाबाट परिचालित भएनन् । उनीहरू दुवैजना आफ्नो सृजनात्मक कार्यमा चुर्लुम्म डुबेका थिए । त्यसबाहेक उनीहरू दुवै गहिरो संवेदना भएका मानिस थिए ।
एक जना महिला चलचित्र निर्देशकका लागि चुनौती के के हुन् ? पहिलो चलचित्र फराक (२००८) निर्देशन गरेको एक दसक पछि मात्र अर्को चलचित्र आयो ।
यसबीच म अरु पनि धेरै काममा व्यस्त थिएँ । म व्यावसायिक निर्देशक होइन । मलाई कुनै कथाले जब भित्रबाट छुन्छ तबमात्र म चलचित्र बनाउन तम्सिने गर्छु । बितेका दस वर्षमा मैले धेरै काम गरें– म बाल चलचित्र समाज भारतको अध्यक्ष थिएँ । म मेरो छोरोको लागि सधैं सँगै बसेर स्याहार गर्ने आमा बनें । अहिले मेरो छोरो आठ वर्षको छ । आठ वर्षसम्म मैले मासिक स्तम्भ लेखन गरेँ । यल विश्वविद्यालयमा चारमहिने तालिममा सहभागी बनें । यसबीच मैले ‘बिट्विन द लाइन्स’ नामको नाटक लेख्ने, निर्देशन गर्ने र अभिनय गर्ने काम गरें ।
जहाँसम्म चुनौतीको कुरा छ, मेरो विचारमा हरेक क्षेत्रमा महिला प्रमुखतः पुरुषबाट दमित छन् । निःसन्देह पुरानो विचार अझै बाँकी छ । महिला निर्देशकले निश्चित प्रकारका मात्र चलचित्र बनाउने अपेक्षा गरिन्छ । मलाई प्रायशः प्रश्न गरिन्छ, एक जना सशक्त महिला भएर पनि किन तैंले चलचित्रको विषयमा एकजना महिला नभई पुरुषलाई छानिस् ? तर के संवेदनशील र असल पुरुष पनि त्यत्तिकै आवश्यक छैन र ? आजको जमानामा सम्मानित मानिसको समाजमा लिङ्गीय कुराको सामना निकै गा¥हो विषय हो किनभने समाज निकै सुक्ष्म भइसकेको छ ।
महिलाकेन्द्रित चलचित्रका बारेमा धेरै कुराकानी हुने गरेको छ…
कुनै चलचित्र महिला केन्द्रित हुँदैमा त्यो महिलावादी चलचित्र हुने गर्दैन । मेरो चासोको विषय भनेको महिलालाई कसरी चित्रण गरिएको छ भन्ने हो । समाजमा विद्यमान विविधतामा उनीहरूलाई वर्गीकरण गरिएको छ वा छैन ? उनीहरूलाई विविधता बोकेको समाजको प्रतिनिधि मानिएको छ वा छैन ? मानिसहरू एकजना महिला निर्देशक बन्दा कस्तो अनुभव हुन्छ भन्ने प्रश्न पनि गर्छन्… मलाई पुरुष निर्देशक बन्दा कस्तो महसुस गर्छन् भन्ने कुरा थाहा छैन ¤ चलचित्र निर्देशन गर्दैगर्दा म कुन लिङ्गको भन्नेबारेमा सोचिन्न । सामान्यतः चलचित्रको निर्देशन गरिन्छ । तर एउटा वास्तविकता के हो भने आफ्नो जीवनको अनुभवमा आधारित भएर महिला निर्देशकको रुपमा महिलापना भने आउने गर्दछ ।
हामी तपाईंलाई क्यामरासामु उभिएको धेरै चाँडै हेर्न सक्छौं कि ?
निर्देशन र अभिनयको लागि मैले अरु केही स्क्रीप पाउन थालेको छु । तीमध्ये केही त ज्यादै मन छुने पनि छन् । मैले के गर्न चाहन्छु भन्ने कुरा निर्णय गर्नुअघि मेरो मनले के भन्छ, म प्रतीक्षा गर्न चाहन्छु । अहिले त मेरो लागि अभिनय गर्नु भनेको बिदामा बस्नुजस्तै भएको छ ! चलचित्र बनाउने सेटमा जब म सबै कुराको लागि चिन्ता लिइरहेको हुन्छु, मेरो कलाकारहरूले एकै सटमा त्यो देखाइदिएका हुन्छन् ।
मैले अभिनयको पनि अनुभव हासिल गरेको छु, त्यसकारण मलाई निर्देशन र अभिनयबीचको ठूलो भिन्नताबारे थाहा छ ¤ मलाई लाग्छ, मैले सिक्नुपर्ने अर्को कुरा भनेको केही अभिनय र सुटिङमा रमाइलो समय बिताउनु । हेरौं के हुन्छ ।
कुनै वेभ सिरिज निर्देशनको योजना छ कि ?
अँ, वेभ सिरिज निर्देशनको लागि थुप्रै प्रस्तावहरू आएका छन् । राम्रो कथा पाए निर्देशन गर्नेमा मलाई कुनै समस्या छैन । कथा महत्वपूर्ण हो, कुनै माध्यम भनेको दोस्रो कुरा हो । तर मैले कुनै निर्णय नै भने गरिसकेको छैन । अहिलेको लागि मेरो पहिलो चासोको विषयमा भनेको मन्टो चलचित्रलाई सकेसम्म धेरै दर्शकबीच पु¥याउनु हो ।
स्रोतः स्क्रोल.आइएन
नेपाली अनुवादः नीरज
Leave a Reply