युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव सङ्कलन
- जेष्ठ २८, २०८३
काठमाण्डौं, ४ फागुन ।
प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीसहित प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख सत्तासाझेदार दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा फागुन १४ गतेका लागि तय भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिएकै मितिमा गर्ने सहमति गरेका छन् । आज बिहान बसेको बैठकबाट उनीहरुले त्यस्तो सहमति गरेका हुन् ।
काँग्रेससमर्थित नेविसंघको एउटा खेमाले २८ वर्षको उमेर हदबन्दी हटाउन र विप्लव माओवादीसमर्थित अखिल क्रान्तिकारीलगायत केही विद्यार्थी संगठनहरुले स्ववियु चुनावको मिति केही दिन पछाडि सार्न माग गर्दै क्याम्पस–क्याम्पसमा चुनावी प्रक्रिया प्रभावित हुने गरी तालाबन्दी लगायतका कार्यक्रम गरे पछि चुनाव तोकिएकै मितिमा हुने हो वा होइन भन्नेमा अन्योल थियो ।
यस्तो परिस्थितिमा सत्तासीन दुई दल र प्रमुख प्रतिपक्षका शीर्षस्थ नेताहरुले चुनाव फागुन १४ गते नै गर्ने निर्णय गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा त्रिविका उपकुलपति तीर्थ खनियाँ, तीन दलका विद्यार्थी संगठनका अध्यक्ष–नेविसंघका सभापति नैनसिं महर, अखिलका अध्यक्ष नवीना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेको सहभागिता थियो ।
मंगलबार साँझ त्रिवि स्मृतिहल कीर्तिपुरमा बसेको उपत्यकाका क्याम्पस प्रमुखहरुको बैठकमा क्याम्पस प्रमुखहरुले विभिन्न समूहहरुका धम्की र खतराबीच चुनाव गर्न आफूहरु असमर्थ हुने धारणा आएका थिए ।
तथापि तीन दलका नेताहरुको बैठकले चुनाव गर्ने निर्णय गरेलगत्तै प्रहरी बल लगाएर भए पनि चुनाव हुने अवस्था प्रबल भएको छ ।
उपत्यका र मोफसलका धेरै क्याम्पसहरुमा तालाबन्दीको अवस्था कायम छ ।
हेर्नुहोस्:https://onlinemajdoor.com/1708/
Leave a Reply