बजेटबारे वागीश्वरीमा अन्तरक्रिया
- जेष्ठ २७, २०८३
भक्तपुर, ७ फागुन । आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारी स्वरुप नेपाल क्रान्तिकारी विद्यार्थी संघको आयोजनामा शनिबार विद्यार्थी भेला कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुँदै नेक्राविसंघका केन्द्रीय अध्यक्ष नीरज लवजूले अरु राजनीतिक पार्टी र विद्यार्थी संगठनहरुले जस्तो देशघाती र विद्यार्थी विरोधी काम नगरेको बताउँदै शीर ठाडो बनाई चुनावमा होमिन निर्देशन दिनुभयो । स्ववियुभित्रका विकृति विसंगतिहरुको भण्डाफोर गर्दै स्ववियुलाई विचार र सिद्धान्तको बहस गर्ने थलोको रुपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । विद्यार्थी राजनीतिमा देखिएका ठेक्कापट्टा र गुण्डागर्दीको राजनीतिको विरुद्ध पनि नेक्राविसंघले उम्मेदवारी दिएर संघर्ष गर्नुपर्ने उहाँको धारणा थियो । विद्यार्थी संगठनहरुमा देखिएका अराजक गतिविधिहरुको विरोध गर्दै अन्य कुनै पनि विद्यार्थी संगठनहरुले आफ्नो घोषणा पत्रमा देशमा बढिरहेको वैदेशिक हस्तक्षेप, शिक्षामा देखिएको नवउदारवादी र विभेदकारी प्रभावका विरुद्धमा उल्लेख नभएकोमा दुःख व्यक्त गर्नुभयो । वामपन्थी विद्यार्थी संगठनहरुलेसमेत सस्तो लोकप्रियताको निम्ति शैक्षिक कर्जा जस्तो पूँजीवादी नीतिको वकालत गरिरहेकोप्रति उहाँले ठूला विद्यार्थी संगठनहरुको आलोचना गर्नुभयो । विद्यार्थीहरुलाई शैक्षिक कर्जा होइन राज्यबाट निःशुल्क शिक्षाको ग्यारेण्टी दिन विद्यार्थी संगठनहरुले संघर्ष गर्नुपर्छ ।
कार्यक्रममा बोल्नुहुँदै नेक्राविसंघका केन्द्रीय सचिव नरेश खत्रीले सत्तासिन विद्यार्थी संगठनहरुले स्ववियुलाई सधैं गुण्डागर्दीको अखडा बनाएकोमा दुःख व्यक्त गर्दै त्रिवि पदाधिकारीहरुले गोप्य सूचना चुहाएकै कारण रातारात लाखौंको एकमुष्ट फर्जी विद्यार्थीहरुको भर्ना गर्न प्रतिस्पर्धा भएको बताउनुभयो । उहाँले तीन दलीय सिन्डिकेट विद्यार्थी राजनीतिमा पनि रहेको बताउँदै क्याम्पसहरुमा ठूला विद्यार्थी संगठनहरुको तानाशाही प्रवृत्ति रहेसम्म स्ववियु निर्वाचन निष्पक्ष र धाँधलीरहित हुन नसक्ने बताउनुभयो ।
त्यस्तै नेक्राविसंघका केन्द्रीय कोषाध्यक्ष सुरेशन धुसूले हरेक विद्यार्थी कार्यकर्ताको निम्ति यो समय परीक्षाको घडी भएको बताउँदै चुनावी तयारीका गतिविधिहरुलाई तीव्र बनाउन आग्रह गर्नुभयो । उहाँले नेक्राविसंघको प्रमुख उद्देश्य भन्नु नै विद्यार्थीहरुमाझ देशभक्ती भावना जगाउनु, वैदेशिक हस्तक्षेपको विरुद्ध संगठित गर्नु हो भन्नुभयो ।

Leave a Reply