के आगजनी र निर्वाचनमा नेपाली सेना निर्णायक हो ?
- बैशाख २, २०८३
(आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०७३ मा केन्द्रीत भई नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नीरज लवजूसंग लिईएको विशेष अन्तर्वाता यहाँ प्रस्तुत छ ।)
बीचमा केही समस्या र अन्योलको अवस्था थियो । तर यो वर्ष स्ववियु चुनाव हुन नसके स्ववियुको अस्तित्व नै अन्त्य हुन सक्ने सम्भावना थियो । साथै यो चुनाव हुन नसके नयाँ संविधान कार्यान्वयनका लागि पाइपलाइनमा रहेका चुनावहरु समेतलाई परोक्ष रुपमा प्रभावित हुने परिस्थिति थियो । त्यसकारण सबैबाट संयम र संवेदनशीलता अपेक्षित थियो । फलतः केही दिन चुनाव सार्न केही विद्यार्थी संगठनले गरेको आग्रह समेतलाई सम्बोधन गरेर चुनावको मिति सारिएको छ । अब मूलभूत रुपमा देखापरेका समस्याहरुको हल भएका छन् । त्यसकारण सारिएको मितिमा चुनाव हुनेमा हामी विश्वस्त छौं ।
नेक्राविसंघले शुरुदेखि नै त्रिविलाई तीन शासक दलसम्बद्ध विद्यार्थी संगठनहरुलाई काखी च्याप्ने गल्ती नगरोस् भनी सजग बनाउने काम गर्दै आएको हो । तर त्रिविले फेरि फेरि पनि यो पूर्वाग्रहलाई निरन्तरता दिएकै कारण पनि घोषित फागुन १४ मा चुनाव हुन नसकेको गुढ यर्थाथ त्रिविले बुझ्न जरुरी छ ।
केही क्याम्पसहरुमा एकमुष्ठ र फर्जी भर्नाका समस्या अझै हल हुन सकेको छैन । त्रिविले ती समस्याहरु तत्काल हल गरी सबै क्याम्पसमा चुनाव हुने वातावरण बनाउनु पर्दछ । नेक्राविसंघले शुरुदेखि नै त्रिविलाई तीन शासक दलसम्बद्ध विद्यार्थी संगठनहरुलाई काखी च्याप्ने गल्ती नगरोस् भनी सजग बनाउने काम गर्दै आएको हो । तर त्रिविले फेरि फेरि पनि यो पूर्वाग्रहलाई निरन्तरता दिएकै कारण पनि घोषित फागुन १४ मा चुनाव हुन नसकेको गुढ यर्थाथ त्रिविले बुझ्न जरुरी छ । त्यसकारण हामी चुनावी प्रक्रियाका कुनै पनि चरणमा त्यस खाले पूर्वाग्रह वा विभेद देखिए फेरि पनि अनपेक्षित समस्या आइलाग्न सक्छ । सबै पक्षले यसमा ध्यान दिन जरुरी छ । नेक्राविसंघ फागुन १८ गते हुने चुनावमा आफ्नो घोषणा पत्रसहित उत्साहका साथ भाग लिने तयारीमा जुटेको छ ।
८ वर्षसम्म स्ववियु चुनाव हुन नसक्नुका प्रमुख दुई कारण चुनावी प्रणाली र उमेर हदबन्दीसम्बन्धि मुद्दा हुन् । पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्ने वा प्रत्यक्ष निर्वाचन प्रणालीलाई निरन्तरता दिने र स्ववियु चुनावमा उम्मेद्वार बन्न उमेर हदबन्दी हुनु पर्दछ वा पर्दैन भन्ने विषयमा विद्यार्थी संगठनहरु बीचको मतान्तरका कारण शुरुमा स्ववियु स्थगन हुन पुग्यो । लामो र पटक–पटकको छलफलपश्चात पनि विद्यार्थी संगठनबीच एकमत बन्न सकेन र त्यो स्वाभाविक थियो । फरक–फरक राजनीतिक विचारधारा र दर्शनको जगमा उठेका विद्यार्थी संगठनहरुबीच एक मत बन्न नसक्नु अस्वाभाविक थिएन । त्रिविले विद्यार्थी संगठनबीचको मतान्तरलाई औंल्याएर लामो समय आफू चोखो बन्ने काम गरिरह्यो । त्रिविले विषयविज्ञ प्राध्यापकहरुलाई परिचालन गरी एउटा समाधानको खोजी गर्न सक्थ्यो । त्रिविले गरेन । बरु विद्यार्थीहरुबाट समाधान आओस् भनेर समस्यालाई ज्यूँका त्यूँ राख्ने काम भयो । पटक–पटक निर्वाचनको मिति घोषणा गर्ने अनि फेरि विद्यार्थीहरुका मतान्तरलाई देखाएर चुनाव स्थगित गर्ने काम भयो । यसको अर्थ त्रिवि आफै पनि स्ववियु चुनावको पक्षमा नउभिएको घटनाक्रमले पुष्टि गर्छ । हामीले त्रिवि पदाधिकारीहरुसँगको बसाईमा धेरै पटक कस्तो निर्वाचन प्रणाली लागु गर्ने र कुन उमेरकालाई उम्मेद्वार बनाउने भन्ने प्रस्ताव त्रिविबाटै आउनुपर्ने माग ग¥यौं । त्रिविले धेरै पछाडि मात्र यसको गृहकार्य ग¥यो ।
मुखले सबै स्ववियु चुनावको पक्षपाती भन्ने तर व्यवहारमा आफू जित्ने चुनावमा मात्र जाने नत्र चुनाव नै हुन नदिने दोहोरो चरित्रका कारण चुनाव ८ वर्षसम्म हुन सकेन ।
त्रिविले प्रस्ताव ल्याएपश्चात पनि केही विद्यार्थी संगठनहरुले आ–आफ्ना मुद्दालाई आफ्नो प्रतिष्ठाको विषय बनाएर लिंडेधिपी गरिरहेका कारण चुनाव धकेलिंदै गएको हो । शासक दलका विद्यार्थी संगठनहरुमा मुढेबलको तुजुक र आफू ठूलो भन्ने मनोरोगका कारण पनि परिस्थिति सहज बनेन । मुखले सबै स्ववियु चुनावको पक्षपाती भन्ने तर व्यवहारमा आफू जित्ने चुनावमा मात्र जाने नत्र चुनाव नै हुन नदिने दोहोरो चरित्रका कारण चुनाव ८ वर्षसम्म हुन सकेन । आज स्ववियु नहुँदा विद्यार्थी संगठनहरु र विद्यार्थी राजनीति समेतमा प्रश्न उठ्न थाले पछि बल्ल विद्यार्थी संगठनहरु झस्केका हुन् कि जस्तो लाग्छ । विद्यार्थी संगठनहरुमा नयाँ–नयाँ कार्यकर्ताहरु क्रमशः कम बन्दै गएको र विद्यार्थी नेतृत्व फितलो बन्दै गएको अवस्थाका कारण स्ववियु चुनाव हुनपर्दछ भन्नेमा सबै आए । विश्वविद्यालयमा आइपरेका शैक्षिक समस्याहरु र विकृति हल गर्न विद्यार्थी संगठनहरु असफल हुँदै गएको अवस्थामा स्ववियु नै विद्यार्थी आन्दोलनलाई बलियो बनाउने दबु हो भन्ने यथार्थको हृदयाङ्गमले आजको अवस्था आएको छ । यो बीचमा चुनाव हुन नसक्नुको एउटा महत्वपूर्ण कारण राष्ट्रिय राजनीतिका आरोह–अवरोह पनि हो ।

नेक्राविसंघले हरेक स्ववियु चुनावलाई वैचारिक संघर्ष र घोषणापत्रबीचको प्रतिस्पर्धाको रुपमा लिएको छ । तर आज स्ववियु चुनावलाई शासक दलका विद्यार्थी संगठनहरुले विचार पक्षलाई गौण पारेर नेतृत्व छनौटलाई नै प्राथमिकता दिइरहेका छन् । जसरी पनि चुनाव जित्न राजनैतिक र वैचारिक नैतिकताको जुनसुकै दायरा पनि नाघ्ने गल्तीका कारण अन्ततः विद्यार्थी आन्दोलनलाई नै कमजोर बनाउने गर्दछ । किन आज विद्यार्थी संगठनहरु र स्ववियुको आवश्यकतामाथि बहसमा लागेको छ समाजको एउटा शिक्षित समुदाय ? यो प्रश्नमा गम्भीरतापूर्वक मनन गर्नु पर्दछ ती विद्यार्थी संगठनका साथीहरुले ।
आगामी स्ववियु चुनावलाई नेक्राविसंघले मूलतः दुई वटा विषयको लागि संघर्षको रुपमा उपयोग गर्दैछ । पहिलो, देशको सार्वभौमिकता रक्षा र भूअखण्डता रक्षाको लागि नेक्राविसंघले गर्दै आएको आन्दोलनलाई अझ व्यापक विद्यार्थीहरुबीच पु¥याउने एउटा उत्तम मञ्चको रुपमा स्ववियु चुनावलाई लिएका छौं । माओवादी केन्द्र र काँग्रेस गठबन्धनको प्रचण्ड सरकारले सदनमा पेश गरेको संविधान संशोधन प्रस्तावले नेपालको सार्वभौम अस्तित्व र भू–अखण्डतालाई कमजोर बनाउँछ । नेपाली जनताले बनाएको संविधानलाई भारतीय विस्तारवादले आफ्नो हितअनुकूल बनाउने शिलशिलाको रुपमा यो प्रस्ताव ल्याएको हो । यसले नेपाललाई क्रमशः सिक्किमिकरणतिर लानेछ । तसर्थ देशको सार्वभौमिकता कमजोर बन्ने खतराको आजको परिस्थितिमा युवा–विद्यार्थीहरुको काँधमा थप जिम्मेवारी बढेको छ । यो विषयमा विद्यार्थीहरुलाई जागरुक बनाउने अभियान हुनेछ–आगामी चुनाव । नेपाली युवा–विद्यार्थीहरु यो देशलाई पराधीन बनाउने पक्षमा छन् वा स्वाधीन राख्ने पक्षमा छन् भन्ने कुराको नमूना जनमत संग्रह हुनेछ–स्ववियु चुनाव ।
दोस्रो, हामीले शिक्षामा नवउदारवादी नीतिको विरोधलाई यो चुनावको प्रमुख विषय बनाएका छौं । विश्वविद्यालय शिक्षामा क्रमशः राज्यको लगानी र नियन्त्रण कम बन्दै जानु, निजीकरणलाई बढावा दिनु, बहुराष्ट्रिय कम्पनीहरुको प्रभाव क्रमशः बढ्दै जानु, शिक्षा महङ्गो र विभेदकारी बन्नु, विश्व पूँजीवादी बजारको आवश्यकताअनुसारको जनशक्ति बनाउने पाठ्यक्रम तयार गर्ने नीति नै त्रिविका प्रमुख समस्याहरु हुन् । हामीले यिनै विषयहरुलाई उदाङ्ग्याउने राजनीतिक मञ्चको रुपमा स्ववियुलाई उपयोग गर्दैछौं । हाम्रा साथीहरु यिनै मुद्दाका आधारमा चुनाव लड्दै हुनुहुन्छ । हामीले हाम्रा मतहरुमा धेरैभन्दा धेरै साथीहरुलाई सहमत गर्न सके हाम्रा साथीहरु अत्याधिक मतका साथ विजय हुनुहुनेमा हामी आशावादी छौं ।
हामीले केही विद्यार्थी संगठनका चुनाव घोषणा पत्रहरु अध्ययन ग¥यौं । ती घोषणा पत्रहरु फेरि पनि केही मीठा आश्वासनका पुलिंदा मात्र हुन् भन्ने लाग्छ । विद्यार्थीहरुलाई फकाएर मत पाउने उद्देश्यमै ती प्रतिबद्धतापत्रहरु केन्द्रित छन् । प्रमाण पत्र धित्तो राखेर ऋण लिने मुद्दा कसको भन्ने विषयमा आफूलाई वामपन्थी भन्ने विद्यार्थी संगठनका साथीहरुको प्रतिस्पर्धा उदेकलाग्दो छ । राज्यको लगानी बढाउ भन्नु पर्ने साथीहरुले पूँजीवादी वित्तीय संस्थाहरुलाई बलियो बनाउने तरिकाबाट शैक्षिक ऋणको कुरा ल्याउनु उहाँहरुले फलाक्ने गरेको सिद्धान्तका आधारमा गलत छ । शिक्षामा राज्यको लगानीमा नै जोड दिनु जरुरी छ । देशको सार्वभौमिकता रक्षाको सन्दर्भमा कतिपय विद्यार्थी संगठनहरुको अडान पूर्णतः देशघाती किसिमका छन् । हाम्रो उम्मेद्वारी त्यस्तो देशघाती विचार र दृष्टिकोणको विरोधमा हो । कतिपय संगठनहरु यति बेलाको सबभन्दा अह्म बनेको स्वाधीनता रक्षा र वैदेशिक हस्तक्षेपको सन्दर्भमा मौन रहनु दुःखदायी कुरा हो । विद्यार्थीहरु फगत विद्यार्थीहरु मात्र नभएको बरु देशको नागरिक पनि भएकाले विद्यार्थी संगठनहरु देशको समसामयिक सन्दर्भमा मौन रहनु आफैमा देशहित विपरीतका विचारलाई टेवा दिनु हो ।
स्ववियु नेपाली विद्यार्थीहरुले गरेको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि हो । नेपाली विद्यार्थी आन्दोलनलाई आजको उचाईमा पु¥याउन स्ववियु निर्वाचनले कुनै न कुनै रुपमा महत्वपूर्ण भूमिका खेलेको छ । निसन्देह स्ववियुलाई केही विद्यार्थी संगठनहरुले विकृत बनाएका छन् । भ्रष्टाचार, कमिशनखोरी र गुण्डागर्दीको नर्सरीको रुपमा पनि उनीहरुले स्ववियुको छविलाई धमिल्याए । तर खासमा स्ववियु स्वंयमा विद्यार्थीहरुको प्राज्ञिक विकास र रचनात्मक सक्रियताको केन्द्र बन्नु पर्ने हो । स्ववियुलाई नयाँ पुस्ताबीच प्रजातन्त्र र प्रजातान्त्रिक अभ्यास गर्ने थलोको रुपमा विकास गर्नुपर्ने थियो ।
स्ववियु आफैमा न्यायपूर्ण विषयमा सरकारलाई सडकबाट बौद्धिक तरिकाबाट सजग बनाउने केन्द्र हुनु पर्दछ । तर सत्तासीन दलका विद्यार्थी संगठनहरुले पैसा र बलको भरमा चुनाव जितेर स्ववियुलाई सत्ताको ताबेदारी गर्ने ज्यावलको रुपमा दुरुपयोग गरे । कसैले स्ववियुलाई दुरुपयोग गर्दैमा वा विकृत बनाउँदैमा त्यो ऐतिहासिक गरिमा भएको संस्था आफैमा विकृत र निर्मुलन योग्य हुने होइन । त्यसको सकारात्मक पक्षलाई अझै जोगाउनतिर र विकृत पक्षलाई अन्त्य गर्नु नै हाम्रो संघर्ष हो । त्रिवि आज क्रमशः निजीकरणको दिशातिर उन्मुख छ । राज्यको लगानी कम हुँदैछ । राज्यको लगानी कम भए पछि विश्वविद्यालय चलाउन विश्वविद्यालय प्रशासन दातृनिकाय र बहुराष्ट्रिय कम्पनीहरुको ढोका घच्घचाउन बाध्य छ । फलतः हाम्रो विश्वविद्यालय तिनै बहुराष्ट्रिय कम्पनीहरुले चाहे जस्ता जनशक्ति तयार गर्ने थलो बनेको छ । स्ववियु नहुँदा विश्वविद्यालय प्रशासन बिना रोकतोक यस्ता नीति लागु गरिरहेको छ ।

शासक दलका विद्यार्थी संगठनहरुले विगतमा पनि यस्ता गल्ती गरेका थिए । धेरै आलोचना र विरोध भए । तर तिनीहरुले अझै आफूलाई सुधार्न सकेका छैनन् । वस्तुतः उनीहरु आफूलाई सुधार्न नसक्ने अवस्थामा पुगिसकेका छन् । यसलाई पूँजीवादी बन्दोबस्तको परिणाम भन्नु उपयुक्त होला । यसका निम्ति शासक दलहरु पनि त्यत्तिकै दोषी छन् । उनीहरुले जे रोपे, त्यही उम्रेको मात्र हो ।
तर सचेत विद्यार्थीले उनीहरुका गलत गतिविधिको विरोधमा संघर्ष गर्न नसके उनीहरुले ती गतिविधिलाई बिना रोकतोक अझै निरन्तरता दिनेछन् । तसर्थ सचेत विद्यार्थीहरुले उनीहरुका सस्ता आश्वासन, डर–धम्की, एक छाक भात र एक कप चिया खुवाएको भरमा मत दिने गल्ती गर्नु भएन । दोस्रो,उनीहरुका गल्तीको चर्को आलोचना र विरोध गर्नु पर्दछ । उनीहरुका मीठा आश्वासनमा भुलेर होइन, उनीहरुको व्यवहारको आधारमा उनीहरुको मूल्याङ्कन गर्नु पर्दछ ।
नेक्राविसंघ पूर्ण सांगठनिक समानुपातिक निर्वाचन प्रणालीको पक्षमा छ । तर प्रणालीको बहसका कारण अन्ततः स्ववियु नै सखाप हुन सक्ने सम्भावनाका कारण हामी सांगठनिक समानुपातिक निर्वाचन प्रणालीका लागि थप संघर्ष अघि बढाउन चुनावको मोर्चालाई नै प्रयोग गर्नेछौं । यो सम्बन्धमा थप बहस र छलफलको आवश्यकता छ । २८ वर्षको उमेर हदबन्दी यो निर्वाचनदेखि लागु हुँदैछ । यसले स्ववियुमा फ्रेस विद्यार्थीको सहभागितालाई सकारात्मक रुपमा लिनु पर्दछ । क्याम्पस कुरेर बस्ने गलत अभ्यासको अन्त्य हुने आशा गर्न सकिन्छ ।
नेक्राविसंघको सिंगो संगठन आज स्ववियु निर्वाचनको तयारीमा लागेको छ । घोषणा पत्र प्रकाशित भइसकेको छ । नेक्राविसंघ उपस्थित हुने क्याम्पसहरुमा साथीहरु हातमा घोषणा पत्र र मनमा उत्साहका साथ निर्वाचनमा नेक्राविसंघको लागि मत माग्दै प्रचार कार्यमा परिचालित हुनुहुन्छ । देशभरका ५० भन्दा बढी क्याम्पसहरुमा नेक्राविसंघका उम्मेद्वारहरु सशक्त रुपमा चुनावमा उत्रनु हुनेछ ।
स्ववियुका नाममा भइरहेका विकृति अन्त्य गर्न र स्ववियुलाई विद्यार्थीहरुको बौद्धिक विकास तथा रचनात्मक गतिविधिको केन्द्र बनाउन नेक्राविसंघलाई स्ववियु निर्वाचनमा मतदान गर्न सम्पूर्ण विद्यार्थी साथीहरुलाई म अपील गर्न चाहन्छु । धन्यवाद ।

Leave a Reply