भक्तपुर र अन्य जिल्लामा अध्ययन गर्दाको आर्थिक, सामाजिक, शैक्षिक र समयको तुलना गर्नु आवश्यक छ
- जेष्ठ १४, २०८३
क्युवाको राजधानी हवानामा भइरहेको २६ औं अन्तर्राष्ट्रिय पुस्तक मेलामा सहभागी क्युवाली केटाकेटीले आफ्नो देशमाथि संरा अमेरिकाले थोपरेको नाकाबन्दीको चंगा उडाएर विरोध प्रदर्शन गरेका छन् । काबाना किल्लामा उनीहरुले सयौंको संख्यामा चंगा उडाएर क्युवामाथि आक्रामक संरा अमेरिकी नीति पूर्णतः उन्मुलन गर्नुपर्ने आवश्यकताबारे सचेतना जगाउने काम गरेका हुन् ।
पुस्तक मेला आयोजक समितिले हवानाका अन्य ठाउँहरुबाट समेत चंगामा नाकाबन्दी अन्त्य गर जस्ता नारा लेखेर उडाउने कार्यक्रम रहेको जनाएको छ ।
दसकौंदेखि क्युवा र अन्तर्राष्ट्रिय समुदायले क्युवामाथिको नाकाबन्दी पूर्ण रुपमा हटाउन माग गर्दैआएको छ । नाकाबन्दी संस्कृतिमाथि पनि हमला हो । आज बौद्धिक समुदाय फेरि एक पटक यही आवाज बोकेर जागरुक भएका छन् ।’, कार्यक्रमबारे आयोजित पत्रकार भेटघाटमा आयोजकहरुले बताए ।
हवाना पुस्तक मेलाको २६ औं संस्करणमा क्युवा र संरा अमेरिकी सम्बन्धको सम्बन्धमा अन्य थुप्रै कार्यक्रम तय भएको बताइएको छ । हवाना पुस्तक मेला क्युवामा हरेक वर्ष आयोजना हुने साँस्कृतिक उत्सव हो ।
रेडियो हवाना
Leave a Reply