एउटा मौकाको खोजीमा
- जेष्ठ ८, २०८३
काठमाडौँ, ९ फागुन । नेपालमा बोलिने सबै मातृभाषाको उन्नयनमा सबै तह र तप्काबाट सहयोग हुनुपर्नेमा जोड दिइएको छ ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको पूर्वसन्ध्यामा आज नेपाल प्रज्ञा प्रतिष्ठानले यहाँ आयोजना गरेको गोष्ठीमा भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले ‘मातृभाषामा भाषा आयोगको भूमिका’, प्राडा योगेन्द्र यादवले ‘शिक्षामा मातृभाषा’ र अमृत योञ्जनले ‘मातृभाषा र साहित्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै मातृभाषाको विस्तारमा जोड दिनुभयो ।
गोष्ठीको उद्घाटन गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनबहादुर शाहीले मातृभाषाको विकास र विस्तारका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
“मातृभाषाका क्षेत्रमा सरकारले गर्नुपर्ने ठोस कामका विषयमा प्रतिवेदन पेस गर्न आयोगको गठन गरिएको छ, सुझाव आएपछि सरकारले कार्यान्वयन गर्नेछ”– उहाँले भन्नुभयो ।
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले मातृभाषाको प्रवद्र्धनमा योजनाबद्ध प्रयास गरिएको जानकारी गराउनुभयो । उपकुलपति डा विष्णुविभु घिमिरेले केही वर्षदेखि मातृभाषाका विषयमा भएको चर्चाले यसलाई निष्कर्षमा पु¥याउन दबाब दिएको उल्लेख गर्नुभयो ।
यस अवसरमा मङ्गलबार प्रतिष्ठानमा ४५ मातृभाषाका कविता वाचन गरिने कार्यक्रम छ । रासस
Leave a Reply