भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर, ३ कार्तिक । जनता म्वाःसा भाषा म्वाइ (जनता बाँचे भाषा बाँच्छ) भन्ने नाराका साथ ३८ औं नेपालभाषा साहित्य तः मुँज्या (बृहत् सम्मेलन) आइतबार भनपा वडा नं. १० स्थित कमलविनायक आवास क्षेत्रमा एक विशेष समारोहबीच हुँदैछ ।
दुई दिनसम्म चल्ने सो साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन सहिद पुष्परत्न शाक्यकी श्रीमती विजयलक्ष्मी शाक्य र सहिद निर्मलकुमार शाक्यकी माता असलमाया शाक्यले संयुक्त रूपमा गर्नुहुनेछ ।
पहिलो दिनको सम्मेलनको सभापतित्व वागीश्वरी माविका पूर्व प्राचार्य मोहनप्रसाद प्रजापतिले गर्नुहुनेछ ।
साहित्य सम्मेलनमा नयाँ तथा पुराना साहित्यप्रेमी र साहित्यकारहरूले आ–आफ्नो कविता, कथा र निबन्ध वाचन गर्नुहुनेछ । बीचबीचमा विभिन्न विज्ञ तथा पार्टीका नेता तथा कार्यकर्ताहरूले मन्तव्य राख्नुहुनेछ ।
पहिलो दिन किसान नेता बुद्धिकुमार गोसाईँलाई सम्मान गरिनेछ ।
कार्यक्रममा नेपालभाषा साहित्य तःमुँज्याको अध्यक्ष चन्द्रबहादुर उलक र आयोजक समितिका अध्यक्ष नरेश खत्रीले आ–आफ्नो विचार व्यक्त गर्नुहुनेछ ।
साहित्य सम्मेलनको दोस्रो दिन कार्यक्रमको सभापतित्व नेमकिपाका प्रदेश नं. ३ का प्रदेशसभा सदस्य सृजना सैंजूले गर्नुहुनेछ । बेलुका दुवै दिन ख्याल, नाटक र नृत्य देखाइने छ ।
सम्मेलनको दुवै दिन दिउँसो १ बजे कार्यक्रम सुरू हुने कार्यतालिका रहेको छ ।
सम्मेलन सफल पार्न साहित्यकार, नेता तथा कार्यकर्ता, मजदुर, किसान, युवा, विद्यार्थी, महिला, शिक्षक, कर्मचारी, बुद्धिजीवी, व्यवसायी, उद्योगी तथा सर्वसाधारणलाई उपस्थितिको लागि आयोजक समितिले हार्दिक आमन्त्रण गरेको छ ।
Leave a Reply