बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
कृतिस पहिजू
नेपाल क्रान्तिकारी विद्यार्थी संघले आइतबार इन्जिनियरिङ अध्ययन संस्था पुल्चोकमा एकल प्यानल दर्ता गरेको छ । त्रिविको निर्धारित कार्यतालिकाअनुसार शनिबार उम्मेदवारी दर्ता गर्नुपर्नेमा केही नेविसंघसमर्थित विद्यार्थीहरुले गरेको तालाबन्दीका कारण आइतबार मात्र उम्मेदवारी दर्ता गरेको हो । नेक्राविसंघको तर्फबाट कृतिस पहिजू अध्यक्ष, किरण बोहजू सचिव, समर बरिया कोषाध्यक्ष र चणेश्वरी सुकुपायो, सुरेश त्वानाबासू, राजाराम प्रजापति, दिपेन्द्र शाही, कृष्णनीर छुंका, रेविका कोजू र सरजू पालुकासी सदस्य पदमा उम्मेद्वार बन्नुभएको छ ।
यसअघि एमालेसमर्थित अनेरास्ववियुसँग संयुक्त प्यानलमा जाने सहमति भएकोमा अन्तिम समयमा धोका दिएपश्चात नेक्राविसंघले एकल प्यानल दर्ता गरेको हो । दुई संगठनबीच भएको सहमतिअनुसार नेक्राविसंघलाई कोषाध्यक्ष र दुई सदस्य दिने भएको थियो । सहमतिमा नेक्राविसंघका केन्द्रीय सदस्य राजाराम प्रजापति र अखिलका कोषाध्यक्ष झपेन्द्र खत्रीले हस्ताक्षर गर्नुभएको छ ।
यसैबीच नेक्राविसंघले शनिबार ललितकला क्याम्पसमा पनि एकल उम्मेदवारी दर्ता गरेको छ । नेक्राविसंघका तर्फबाट रोजिना सिंख्वालले अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको हो ।
Leave a Reply