भर्खरै :

काठमाण्डौका अधिकांश क्याम्पसमा फागुन १८ मा स्ववियु निर्वाचन नहुने पक्का

काठमाण्डौ उपत्यकाका अधिकांश क्याम्पसहरुमा फागुन १४ गते स्ववियु निर्वाचन नहुने भएको छ । त्रिवि स्ववियु निर्वाचन निर्देशन तथा अनुगमन समितिले आइतबार जारी गरेको नयाँ कार्यतालिकाअनुसार पनि उपत्यकाका अधिकांश क्याम्पसहरुमा काम हुन नसकेपश्चात तोकिएको मितिमा चुनाव हुने सम्भावना सकिएको हो । काठमाण्डौ उपत्यकाका आरआर, नेपाल ल क्याम्पस, शंकरदेव, पद्मकन्या, पब्लिक युथ, अस्कल, सरस्वती, केन्द्रीय क्याम्पस कीर्तिपुर, नेपाल कमर्श क्याम्पस, महेन्द्ररत्न क्याम्पसलगायतका क्याम्पसमा फागुन १८ गते हुने सम्भावना सकिएको छ ।
विभिन्न संगठनले लगाएको तालाबन्दीका कारण ती क्याम्पसहरुमा स्ववियु चुनाव नहुने स्थिति बनेको हो ।
केन्द्रीय क्याम्पस, नेपाल ल क्याम्पसलगायतमा क्याम्पसले औपचारिक रुपमा सूचना टाँस गरेर नै चुनाव अनिश्चितकालको लागि स्थगित गरेको छ ।
सानोठिमी क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, ललितकला क्याम्पसलगायत केही क्याम्पसमा भने तोकिएको कार्यतालिका अनुसार काम भइरहेको छ । भक्तपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुले उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशित भइसकेपश्चात आफूले पनि बीबीएबाट कम्तीमा समानुपातिक तर्फबाट उम्मेद्वारी दिन पाउनुपर्ने प्रस्ताव ल्याएको छ । सबै प्रक्रियाअघि बढिसकेको अवस्थामा त्यसप्रकारको प्रस्ताव आउनु गलत भएको भन्दै अरु विद्यार्थी संगठनहरुले सो प्रस्तावमा विमति राखेका छन् । अनेरास्ववियुले क्याम्पसका केही शिक्षकहरुको आग्रहमा बीबीएबाट उम्मेद्वारी नदिए पनि बीएस्सी सीएसआईटीबाट उम्मेद्वारी दिएको छ । शुरुमा बीबीएबाट उम्मेद्वारी दिनेमा विमति राखेको अखिलले बैठकमा समानुपातिकतिरबाट भए पनि आफ्नो एक जना उम्मेद्वारी दिनु पाउनुपर्ने भनेको थियो ।
अन्तिम नामावली प्रकाशित भइसकेको अवस्थामा फेरि उम्मेद्वारीमा फेरबदलको प्रस्तावलाई ल्याउनुलाई अखिलको चुनाव नगर्ने नियतको रुपमा पर्यवेक्षकहरुले विश्लेषण गरेका छन् ।
सानोठिमीमा भने अखिल र विप्लवसमर्थित अखिल क्रान्तिकारी मिलेका छन् । प्रचण्डसमर्थित अखिल क्रान्तिकारी र नेविसंघको गठबन्धनविरुद्ध उनीहरु मिलेका हुन् ।
त्रिवि स्ववियु निर्वाचन अनुगमन तथा निर्देशन समितिले फागुन १८ गते सम्भावना भएका कलेजहरुमा सोही दिन गर्ने र बाँकी कलेजहरुमा स्थानीय परिस्थितिअनुसार चुनावको नयाँ मिति र कार्यतालिका तय गरी चुनाव गर्न सक्ने बताएको छ ।
सोमबार नेपाल कमर्श क्याम्पसको तालाबन्दी खुलेको छ । मधेसी विद्यार्थी मञ्चले लगाएको तालाबन्दी खोलिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *