विकास निर्माणलाई अघि बढाउँदा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने
- असार ७, २०८३
वरिष्ठ कलाकार एवं साहित्यकार रामशेखर नकर्मीको सोमबार हनुमानघाटमा अन्तिम संस्कार गरियो । सोमबार बिहान ६ः१५ बजे भक्तपुर अर्बुद्ध रोग निवारण अस्पतालमा क्यान्सरका कारण निधन हुनुभएका नकर्मीको पार्थिव शरीरलाई हनुमानघाटमा उहाँका ज्येष्ठ पुत्र गणेश नकर्मीले दागबत्ती दिनुभएको थियो । क्यान्सर अस्पताल परिसरबाट शुरु भएको शव ¥यालीमा सयौं स्रष्टा–कलाकार र सर्वसाधारणको सहभागिता थियो । ¥यालीमा कवि दुर्गालाल श्रेष्ठ, नेपाल भाषा साहित्य तःमुँज्याका अध्यक्ष कवि चन्द्रबहादुर उलक, साहित्यकार तिलक प्रकाश, नरेन्द्रभक्त हाडा, कवि मदन चित्रकार, कलाकारहरु हृदयप्रसाद मिश्र, श्यामसुन्दर शिल्पकार, अणेश्वरी शिल्पकार अशिष्मा नकर्मी, आयाम नकर्मी, मल्ल के. सुन्दर, गोविन्द दुवाललगायत सहभागी हुनुहुन्थ्यो ।

नकर्मीको निवास वाचुत्वमा आयोजित संक्षिप्त शोक सभामा चन्द्रबहादुर उलक, नरेन्द्रभक्त हाडा र कृष्ण प्रजापतिले साहित्य संस्कृतिको क्षेत्रमा नकर्मीको योगदानको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा रामशेखर नकर्मी सहयोग समितिले उहाँको कथा संग्रह सिमा त फः फः स्वको नेपालभाषामा नयाँ संस्करण र नेपाली भाषामा पहिलो संस्करण प्रकाशन गर्ने घोषणा गर्नुका साथै नाट्यकर्मी समाजले धिन्ताल हाँस्यव्यंग्य संग्रहको नयाँ संस्करण प्रकाशन गर्ने घोषणा गरेको छ ।
नकर्मीको ८१ वर्षको उमेरमा नाकको क्यान्सरका कारण निधन भएको हो ।
तस्वीरः बालकृष्ण बनमाला
Leave a Reply