शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको भूमिकाबारे अन्तरक्रिया
- असार ७, २०८३
स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा सानोठिमी शिक्षा क्याम्पसमा मंगलबार राति आगजनी भएको छ । आगजनीले क्याम्पस प्रमुखको कक्ष पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । राति १ः०० बजे क्याम्पस प्रमुखको कक्षमा आगजनी भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । आगजनीको हालसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन ।
फागुन १८ गतेको स्ववियु निर्वाचनको लागि सानोठिमी क्याम्पसमा प्रचण्ड पक्षधर अखिल क्रान्तिकारी र नेविसंघको संयुक्त प्यानल दर्ता भएको थियो भने अनेरास्ववियु र विप्लवनिकट अखिल क्रान्तिकारीले सोमबार सहकार्य गर्ने घोषणा गरेका थिए ।
आगजनीले निर्वाचन सामग्रीमा कुनै क्षति नगरेका कारण निर्वाचनको प्रक्रिया नरोकिने स्रोतले जनाएको छ ।
यसैबीच कोहलपुरस्थित वागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका प्रमुख शिशिरकुमार शर्माको कार्यकक्षमा आज आगजनी भएको छ ।
स्ववियु निर्वाचनको विषयलाई लिएर प्रमुख शर्माको कार्यकक्षमा विद्यार्थीले आगजनी गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख सरोज पौडेलले बताउनुभयो । आगजनीबाट कार्यकक्षमा रहेका महत्वपूर्ण कागजात, कुर्सी, टेबल गरी रु एक लाखको क्षति भएको प्रमुख शर्माले जानकारी दिनुभयो ।
Leave a Reply