विकास निर्माणलाई अघि बढाउँदा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने
- असार ७, २०८३
भक्तपुर, १६ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले वर्तमान सरकार रहेसम्म निर्वाचन हुन नसक्ने बताउनुभएको छ ।
रफत सञ्चार क्लवमा सोमबार भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरे पनि वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेंले संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको बताउँदै सेना परिचालन गरेर भए पनि स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो ।
स्थानीय तहको निर्वाचन नहोस् भन्ने खेलमा विदेशी चलखेल भएको भन्दै खण्ड खण्डमा भए पनि निर्वाचन गरिनु पर्ने उहाँको विचार थियो ।
वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल, काङ्ग्रेस सभापति शेरबहादुर देउवा र सीके राउत एउटै शक्तिकेन्द्रबाट परिचालन भएको दाबी गर्दै बिजुक्छेंले उपत्यकामा विदेशी संयन्त्रले सरकार सञ्चालन गरिरहेको आरोप लगाउनभयो ।
‘काङ्ग्रेस र माओवादी एउटै शक्तिकेन्द्रबाट परिचालित छन् । काङ्ग्रेस माओवादी पार्टी फरक हुनुको औचित्य छैन ।’ उहाँले भन्नुभयो ।
अध्यक्ष बिजुक्छेंले भन्नुभयो, ‘मधेसी मोर्चाले निर्वाचनको विरोध गर्दैमा निर्वाचन प्रभावित हुनेछैन । मधेसी मोर्चाले उठाएको माग तराईको जनताको होइन । तराईका सबै ठाउँमा निर्वाचन गर्न सकिने र यदि अवरोध भए सेना परिचालन गरेर भए पनि निर्वाचन गर्नुपर्छ ।’
वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने र नयाँ सरकार गठनपछि मात्र निर्वाचन हुने बताउँदै उहाँले तोकिएको समयमा निर्वाचन गर्न सरकारले खुट्टा कमाउनु हुन्न भन्नुभयो ।
‘संविधान संशोधन प्रक्रिया अघि बढाउन एमालेको लचकता अपनाउनुको पछाडि विदेशी दबाब हुनसक्छ । संविधान संशोधन पारित भए देश नरहने स्थिति आउन सक्छ । संविधान संशोधन नभएसम्म वर्तमान सरकार टिक्ने र सत्ता समीकरण बदलिने सम्भावना रहेकोले तोकिएको समयमा निर्वाचन हुनेछैन, अध्यक्ष बिजुक्छेंले भन्नुभयो ।
Leave a Reply