विकास निर्माणलाई अघि बढाउँदा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने
- असार ७, २०८३
(त्रिवि अन्तर्गत भक्तपुर बहुमुखी क्याम्पसमा भोलि फागुन १८ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । सोही सन्दर्भमा नेपाल क्रान्तिकारी विद्यार्थी संघ – नेपाल विद्यार्थी संघको संयुक्त प्यानलकातर्फबाट अध्यक्ष पदका उम्मेदवार दिनेश खड्गीसंगको विशेष अन्तर्वाता यहाँ प्रस्तुत छ ।)
नमस्कार, विगत ८ वर्षदेखि हुन नसकेको स्ववियु चुनाव यसपटक भक्तपुर बहुमुखी क्याम्वसमा हुने निश्चितप्रायः भएको अवस्था छ । काठमाण्डौ उपत्यकाकै अधिकांश क्याम्पसमा अहिले पनि स्ववियु चुनाव हुने नहुने अन्योलकै अवस्था छ । भक्तपुर बहुमुखी क्याम्पसको हकमा नेक्राविसंघ लगायत अन्य विद्यार्थी संगठनहरु पनि सकारात्मक छन् । अहिले क्रियाशील विद्यार्थी संगठनहरु आफ्नो चुनावी प्रचारप्रसार गर्दै आफ्नो संगठनका उम्मेदवारहरुको निम्ति मत मागिरहेका छन् । नेक्राविसंघ र नेविसंघको संयुक्त प्यानलबाट म अहिले स्ववियुको अध्यक्ष पदको उम्मेदवार छु । हामी दैनिकरुपमा चुनावी प्रचारप्रसारको काममा छौं ।
नेक्राविसंघ वैचारिक रुपमा स्पष्ट छ । नेपालको इतिहासको विभिन्न कालखण्डमा भएका गौरवपूर्ण आन्दोलनहरुमा गर्दै आएको सहकार्यलाई स्मरण गर्दै, देशको सार्वभौमिकता, भू–अखण्डता रक्षाको आन्दोलनमा संगै रहेका हामी नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल विद्यार्थी संघले संयुक्त रुपमा प्यानल घोषणा गरेका हौं । साथै पछिल्लो समय क्याम्पसमा बढ्दो एमालेकरण, क्याम्पसलाई एमालेको कार्यकर्ता भर्ती केन्द्रको रुपमा विकास गर्ने षड्यन्त्रकाविरुद्ध हामीले संयुक्त प्यानल घोषणा गरेका हौं ।
अघिल्लो स्ववियुमा एमाले निकट अनेरास्ववियुसंग कार्यगत एकता गरेका थियौं । तर यो पटक त्यहि सहकार्यले भने निरन्तरता पाएन । यहाँले भन्नुभए जस्तो पदको बाँडफाँड नमिलेर सहकार्य तोडिएको होइन । यसभन्दा अगाडि २०६० सालको निर्वाचनमा पनि नेक्राविसंघ र नेविसंघको संयुक्त प्यानल थियो । त्यसपछिका समयमा अनेरास्ववियुसंग पनि हामी सहकार्यमा थियौं । तर पछिल्लो समय अनेरास्ववियुका साथीहरुमा देखिएका दम्भ, क्याम्पसमा भएको एमाले भर्ती केन्द्रका कारण हामीले नेविसंघसंग सहकार्य गर्ने निर्णय गरेका हौं । जातीय र क्षेत्रीय राजनीति गर्ने संगठनहरुसंग सहकार्यमा नजाने तर देशको स्वतन्त्रता आन्दोलन, प्रजातान्त्रिक आन्दोलनको निम्ति संघर्ष गर्ने राजनीतिक संगठनहरुसंग सहकार्य गर्न हामी तयार भएका हौं ।

नेक्राविसंघ र नेविसंघको संयुक्त प्यानलको मुख्य आधार भनेको भक्तपुर बहुमुखी क्याम्पसलाई देशकै नमुना क्याम्पस बनाउनु हो । भक्तपुर क्याम्पसमा अहिले द्धैध शिक्षा छ । एकातिर सरकारी कार्यक्रम अन्तर्गत बि.ए., बि.बि.एस् लगायतका विषय र कक्षाहरुको स्थिति भद्रगोल छ । स्वच्छ खानेपानी, बत्ती, डेस्क, बेन्चको राम्रो सुविधा छैन । अर्कोतिर निजी स्रोतमा सञ्चालित भन्दै कलेज युनिफर्म, राम्रो डेस्क, बेन्च, फिल्टरको खानेपानीको व्यवस्था छ । एउटै क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुबीच नै यस्तो विभेद किन ? के बि.ए., बि.बि.एस्.मा अध्ययनरत विद्यार्थीहरुलाई चाहिँ राम्रो अध्ययन अध्यापनको व्यवस्था हुनुपर्दैन ? जुनसुकै विषय अध्ययनरत भए पनि हरेक विद्यार्थीले राम्रो अध्ययनको वातावरणमा पढ्न पाउनुपर्छ । यो नै हाम्रो मुख्य ऐजेन्डा हो । साथै भक्तपुर बहुमुखी क्याम्पसमा अरु विषयहरु पनि थपी स्नात्तकोत्तर तहको शैक्षिक केन्द्रको रुपमा विकास गर्नु पनि हाम्रो ऐजेन्डा हो ।
स्ववियु निर्वाचनमा मत हाल्न पाउनु, उम्मेदवारी दिन पाउनु क्याम्पसमा अध्ययन गर्ने हरेक विद्यार्थीको अधिकारको कुरा हो । चाहे त्यो बिबिएको विद्यार्थी होस् वा अरु कुनै । क्याम्पसमा भर्ना भएका हरेक विद्यार्थी जसको नाम मतदाता नामावलीमा छ । उसले उम्मेदवारी पनि दिन सक्छ । स्ववियु विद्यार्थी कै हकहित र अधिकार रक्षा गर्ने विद्यार्थीहरुकै संस्था हो । त्यसकारण त्यस्तो संस्थाका कार्यसमिति चुन्ने अधिकार विद्यार्थीहरुमै हुनुपर्छ । फेरी बिबिएमा अध्ययनरत विद्यार्थीहरुले उम्मेदवारी दिनैहुन्न भन्ने कुरा न स्ववियुको विनियममा उल्लेख छ । न त त्यो विषयमा क्याम्पसमा निर्वाचन समिति र विद्यार्थी संगठनहरुबीच कुनै सहमति नै भएको छ । केही विद्यार्थी संगठनहरु विशेषतः अनेरास्ववियुका साथीहरु अहिले निर्वाचनमा आफ्नो बहुमत नआउने डरले यस्ता अनावश्यक कुराहरुमा बखेडा झिकिरहनुभएको छ । तर भोट हाल्न, उम्मेदवार दिन पाउने विद्यार्थीको हक अधिकार कुनै संगठन विशेषले अवरोध गर्न खोज्दैमा रोकिन्न । कुनैपनि हालतमा चुनाव हुन्छ र बिबिएका साथीहरुको पनि यो चुनावमा उत्साहजनक सहभागीता हुनेछ ।
स्ववियु विद्यार्थी कै हकहित र अधिकार रक्षा गर्ने विद्यार्थीहरुकै संस्था हो । त्यसकारण त्यस्तो संस्थाका कार्यसमिति चुन्ने अधिकार विद्यार्थीहरुमै हुनुपर्छ ।
भक्तपुर बहुमुखी क्याम्पस एक मात्र त्यस्तो क्याम्पस हो, जहाँ विद्यार्थीहरुको शैक्षिक उन्नति र प्रगतिको निम्ति आन्तरिक परिक्षा लिने व्यवस्था छ । यो नेक्राविसंघमा स्ववियुको विजयबाट प्राप्त उपलब्धि हो । कुनै समय ६ प्रतिशत विद्यार्थीहरु उतीर्ण हुने यस क्याम्पसमा नेक्राविसंघले आन्तरिक परिक्षाको व्यवस्था गरेदेखि उतीर्ण प्रतिशत बढेर ४५ प्रतिशत भएको छ । यो हाम्रो सफलता हो । बिबिएमा हामीले त्रिवि अन्तर्गतका क्याम्पसहरुमध्ये उत्कृष्ट नतिजा हासिल गर्न सक्यौं । क्याम्पसभित्र हामीले गुण्डागर्दीको राजनीतिलाई निषेध गरेका छौं । क्याम्पसभित्र हुने गरेका विकृति विसंगतिका विरुद्ध, भ्रष्टाचारको विरुद्ध नेक्राविसंघले निरन्तर संघर्ष गर्दै आएको छ । होली पर्व, विभिन्न चाडवाडका नाममा हुने गरेका मदिराजन्य र धुम्रपानजन्य पदार्थको विक्रिवितरण, प्रवद्र्धन कार्यक्रमलाई क्याम्पस परिसरमा निषेध गरेका छौं । क्याम्पसका शिक्षक कर्मचारी नियुक्तिमा हुने गरेका दलीय भागबन्डा अन्त्यको निम्ति हामी संघर्षरत छौं ।
बिबिएमा अध्ययनरत विद्यार्थीहरुले उम्मेदवारी दिनैहुन्न भन्ने कुरा न स्ववियुको विनियममा उल्लेख छ । न त त्यो विषयमा क्याम्पसमा निर्वाचन समिति र विद्यार्थी संगठनहरुबीच कुनै सहमति नै भएको छ । केही विद्यार्थी संगठनहरु विशेषतः अनेरास्ववियुका साथीहरु अहिले निर्वाचनमा आफ्नो बहुमत नआउने डरले यस्ता अनावश्यक कुराहरुमा बखेडा झिकिरहनुभएको छ
विगत ८ वर्षयता भोलि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मेरो नेतृत्वको नेक्राविसंघ–नेविसंघको संयुक्त प्यानललाई आफ्नो अमूल्य मतदान गर्नुभई हामीलाई अत्यधिक बहुमतले विजयी गराउनुहुन म क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थी साथीहरुलाई हार्दिक अनुरोध गर्दछु । साथै समानुपातिकतर्फ नेपाल क्रान्तिकारी विद्यार्थी संघलाई मत दिनुहुन पनि म सम्पूर्णमा हार्दिक अनुरोध गर्न चाहन्छु । धन्यवाद ।

Leave a Reply