भर्खरै :

धेरै क्याम्पसमा स्ववियु अनिश्चित, केहीमा बुधबार चुनाव

काठमाण्डौ, १८ फागुन । आठ वर्षपछि त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्तक्याम्पसहरुमा बुधबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । विद्यार्थी संगठनहरुबीचको विवाद र तालाबन्दीका कारण काठमाण्डौंउपत्यकाका अधिकांश क्याम्पसहरुमा बुधबार स्ववियु निर्वाचन नहुने निश्चित भए पनि भक्तपुर बहुमुखी क्याम्पस, पुल्चोक इन्जिनियरिङकलेज, थापाथली इन्जिनियरिङ कलेज, महाराजगञ्ज नर्सिङ क्याम्पसमा स्ववियु चुनाव हुने भएको छ । स्थानीय रुपमा केही समस्याहरुभए पनि बुधबार बिहानबाट ती क्याम्पसहरुमा स्ववियु चुनाव हुनेछ ।
सानोठिमी शिक्षा क्याम्पसमा मंगलबार मध्यराति क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी भए पनि मंगलबार साँझसम्म निर्वाचनसमितिले तोकेको कार्यतालिकाअनुसार चुनावी प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । ललितकला क्याम्पसमा अनेरास्ववियुले मंगलबार साँझ आएर तालाबन्दी गरेपछि चुनाव स्थगित भएको निर्वाचन समितिका प्रमुख कोमल फुयालले बताउनुभयो ।
भक्तपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुले बीबीएबाट आफूले पनि उम्मेदवारी दिन पाउनुपर्ने भन्दै गरेको नाराबाजी गरे पश्चात केहीअन्योलको अवस्था बनेको थियो ।

दिनेश खड्की


जानकी सिजापति, सानोठिमी क्याम्पस


उरुसा प्रजापति


राधिकाकुमारी थापा


प्रशान्त लाखेमरु


तुलसा विक


वीरेन्द्र कठायत


बुधबार स्ववियु निर्वाचन हुने उपत्यकाका चारवटै क्याम्पसहरुमा नेक्राविसङ्घका उम्मेदवारहरु मैदानमा उत्रने तयारीमा रहेको सङ्घकाकेन्द्रीय अध्यक्ष नीरज लवजूले जानकारी दिनुभयो ।
भक्तपुर बहुमुखी क्याम्पसमा दिनेश खड्कीको अध्यक्षतामा नेक्राविसंघ र नेविसंघको संयुक्त प्यानल चुनावी मैदानमा उत्र्दैछ । सानोठिमी क्याम्पसमा जानकी सिजापतिको अध्यक्षतामा रहेको नेक्राविसंघको एकल प्यानल चुनावमा उत्रेको छ । त्यस्तै पुल्चोक इन्जिनियरिङकलेजमा कृतिष पहीको अध्यक्षतामा नेक्राविसंघको एकल प्यानल चुनावमा होमिएको छ । थापाथली इन्जिनियरिङ कलेजमा प्रशान्त लाखेमरुको अध्यक्षतामा एकल प्यानल चुनावमा उत्रेको छ । महाराजगञ्ज नर्सिङ क्याम्पसमा नेक्राविसंघको तर्फबाट उरुसा प्रजापतिले समानुपातिक उम्मेद्वारी दिनुभएको छ । जनप्रशासन क्याम्पसमा पनि मंगलबार साँझ अनेरास्ववियुले तालाबन्दी गरेपश्चात चुनावअनिश्चित भएको छ ।
रुपन्देहीको राममणि क्याम्पसमा तुलसा विकको अध्यक्षतामा रहेको नेक्राविसंघको प्यानलमा चुनावमा भिड्दैछ । केलालीको लम्की बहुमुखी क्याम्पसमा राधिकाकुमारी थापाको अध्यक्षतामा रहेको प्यानल चुनावमा उत्रेको छ । सुर्खेतको सुर्खेत क्याम्पस शिक्षामा वीरेन्द्र कठायत नेतृत्वको नेक्राविसंघको एकल प्यानल स्ववियुमा प्रतिस्पर्धा गर्दैछ ।
नेपालगञ्जका नेपालगञ्ज नर्सिङ क्याम्पस, बागीश्वरी क्याम्पस, ज्ञानोदय क्याम्पस र सिद्धेश्वर क्याम्पसमा स्ववियु चुनाव हुने खबर छ ।नेक्राविसंघको तर्फबाट नेपालगञ्ज नर्सिङ क्याम्पसमा पुजा काफ्ले र बागीश्वरी क्याम्पसमा सुस्मा आचार्यले सदस्य पदमा उम्मेदवारी दिनुभएको छ । गोरखाको द्रव्यशाह क्याम्पसमा पनि बुधबार चुनाव हुने भएको छ । त्यहाँ कल्पना नेपालीको अध्यक्षतामा रहेको नेक्राविसंघको प्यानल चुनावी प्रतिस्पर्धामा उत्रेको छ ।
राजधानीका त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुर, आरआर क्याम्पस, नेपाल ल क्याम्पस, नेपाल कमर्श क्याम्पस, पाटन संयुक्त क्याम्पस, शंकरदेव क्याम्पस, पद्मकन्या क्याम्पसलगायत क्याम्पसहरुमा बुधबार चुनाव नहुने निश्चय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *