भर्खरै :

अधिकांश क्याम्पसहरुमा आज स्ववियु निर्वाचन शान्तिपूर्वक सम्पन्न

काठमाण्डौं, १८ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको निवार्चन आज काठमाण्डौ लगायत देशका अधिकांश क्याम्पसहरुमा शान्तिपूर्वक सम्पन्न भएको छ । त्रिविले फागुन १८ गतेको निम्ति तय गरेको स्ववियु निर्वाचन केही विद्यार्थी संगठनहरुले विरोध जनाएपछि अन्योलमा परेको थियो । हालसम्म प्राप्त जानकारी अनुसार काठमाण्डौ उपत्यकामा पुल्चोक ईन्जिनियरिङ कलेज, थापाथली ईन्जिनियरिङ कलेज, महाराजगञ्ज नर्सिङ कलेज, सानोठिमी शिक्षा क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पसमा निर्वाचन मतदान सम्पन्न भएको छ ।
प्राप्त जानकारी अनुसार भक्तपुर बहुमुखी क्याम्पसमा कुल १६५६ मध्ये ९८० मत खसेको छ । त्यस्तै, सानोठिमी शिक्षा क्याम्पसमा कुल १६५१ मध्ये ८६४ मत, थापाथली क्याम्पसमा १०९५ मध्ये १०४८ मत खसेको छ । त्यस्तै पुल्चोक ईन्जिनियरिङ क्याम्पस, थापाथली ईन्जिनियरिङ क्याम्पस, महाराजगञ्ज नर्सिङ क्याम्पस लगायतमा अहिले मतगणना जारी रहेको जानकारीमा आएको छ । त्यस्तै, नेपालगञ्जको बागीश्वरी बहुमुखी पब्लिक क्याम्पस, नेपालगञ्ज नर्सिङ क्याम्पस, गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसमा मतदान सम्पन्न भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *