विकास निर्माणलाई अघि बढाउँदा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने
- असार ७, २०८३
भक्तपुर बहुमुखी क्याम्पसमा बुधबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा दिनेश खड्गी नेतृत्वको नेक्राविसंघ–नेविसंघको संयुक्त प्यानल अत्याधिक बहुमतका साथ विजयी भएको छ ।
बुधबार मध्यरातमा मतगणना सकिएलगतै निर्वाचन समितिका अध्यक्ष शेरसिं राइखोलाले संयुक्त प्यानल जितेको घोषणा गर्नुभएको हो ।
घोषित मत परिणामअनुसार संयुक्त प्यानलका अध्यक्ष उम्मेदवार दिनेश खड्गीले ५२३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रमुख प्रतिद्वन्द्वी अनेरास्ववियुका अध्यक्ष उम्मेदवार दिपक विष्टले ३०७ मत प्राप्त गर्नुभएको छ । संयुक्त प्यानलबाटै सचिव पदमा विवेक लामिछाने र कोषाध्यक्षमा मिलन गणेजू निर्वाचित हुनुभएको छ । सदस्य पदमा विकल कुसी, झरना बोहरा, रिजना ग्वाछा, किशोर गोसाई, पुकार पराजुली, सुदिप घोरसाइने र विनिता रिजाल निर्वाचित हुनुभएको छ ।
समानुपातिक तर्फको निर्वाचन प्रणालीमा सबैभन्दा बढी नेक्राविसंघले ३५० मत प्राप्त गरेको छ । नेविसंघले २५३, अनेरास्ववियुले २५१ र अखिल क्रान्तिकारीले ९४ मत हासिल गरेको छ ।
विजयी संयुक्त प्यानलको आयोजनामा बिहीबार बिहान ११ः०० बजे क्याम्पस परिसरबाट विजयी ¥याली गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।
Leave a Reply