विकास निर्माणलाई अघि बढाउँदा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने
- असार ७, २०८३
त्रिविले तोकेअनुसार बुधबार देशका विभिन्न क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भयो । चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भयो । इन्जिनियरिङ अध्ययन संस्था पुल्चोक इन्जिनियरिङ कलेजमा भएको निर्वाचनमा अध्यक्ष पदमा अखिल क्रान्तिकारीले विजय हासिल गरेको छ । विद्युत्तीय निर्वाचन पद्धतिअनुसार मतदान र मतगणना गरेकाले त्यहाँ बुधबार साँझ नै मतपरिणाम सार्वजनिक भएको थियो ।
भक्तपुर बहुमुखी क्याम्पसमा दिनभर शान्तिपूर्वक मतदान भयो । सयौं विद्यार्थीहरु बिहान ७ः३० बजे नै क्याम्पसमा मतदान गर्न लामबद्ध भएका थिए । त्यहाँ कुल १६५६ मतमध्ये ९८० मत खसेको थियो । तर अनेरास्ववियुले मतगणनाको सन्दर्भमा केही विवाद निकाले पछि मतगणना केही समय विलम्ब भयो । ढिला रातिसम्म मतगणना हुन नसकेपश्चात नेक्राविसङ्घले तत्काल मतगणना गर्न माग गर्दै क्याम्पस परिसरबाहिर नाराबाजी गरेको थियो । नाराबाजी पछि मतगणना शुरु भएको थियो ।
सानोठिमी शिक्षा क्याम्पसमा पनि शान्तिपूर्वक चुनाव सम्पन्न भयो । मंगलबार क्याम्पसमा भएको आगजनीका कारण मतदाताहरुको
अपेक्षित सहभागिता नभए पनि १६५१ मध्ये ८६४ मत खसेको थियो । ढिला रातिसम्म मतगणनाको काम चालु थियो ।
थापाथली इन्जिनियरिङ कलेज र महाराजगञ्ज नर्सिङ क्याम्पसमा पनि मतदान कार्य सुचारु रुपमा सम्पन्न भयो ।
जनप्रशासन क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरे पनि मतदान भएको छ । कडा सुरक्षाबीच भएको मतदानमा नेविसङ्घ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलका प्रतिनिधिहरुको सहभागितामा चुनाव भएको थियो ।
गोरखाको द्रव्य शाह बहुमुखी क्याम्पसमा पनि शान्तिपूर्वक निर्वाचन सम्पन्न भयो ।
बाँकेको बागीश्वरी सामुदायिक क्याम्पस र नेपालगञ्ज नर्सिङ क्याम्पसमा पनि शान्तिपूर्ण वातावरणमा स्ववियु निर्वाचन भएको छ ।
रुपन्देशीको हरैया बहुमुखी क्याम्पस र राममणि क्याम्पसमा पनि बुधबार नै स्ववियु निर्वाचन सम्पन्न भयो । कैलालीको लम्की बहुमुखी क्याम्पसमा कुल मतदातामध्ये ९८ प्रतिशत मतदाताको सहभागितामा निर्वाचन भएको छ ।
अछाम जिल्लाका सबै क्याम्पसहरुमा विद्यार्थी संगठनहरुको आपसी सहमति नभएपछि बुधबार चुनाव हुन सकेन । त्यहाँ राजनीतिक दलका प्रतिनिधिहरुको सहभागितामा एक कार्यदल बनाई यथाशक्य चाँडो चुनाव गर्ने तयारी भइरहेको छ ।
बुधबारको स्ववियु चुनावमा विद्यार्थीहरुको उत्साहजनक सहभागिताका कारण अन्य क्याम्पसहरुमा पनि निर्वाचनको परिस्थिति बनेको विश्लेषण गरिएको छ ।
Leave a Reply