‘धेरै ठुलो कुरा नगरेर सानो काम गरेर पनि जनताको सेवा गर्न सकिन्छ’
- असार ९, २०८३
भक्तपुर, १९ फागुन । भक्तपुर बहुमुखी क्याम्पसमा बुधबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा दिनेश खड्गी नेतृत्वको नेक्राविसङ्घ–नेविसङ्घको संयुक्त प्यानल अत्यधिक मतका साथ विजयी भएको छ ।
बुधबार मध्यरातमा मतगणना सकिएलगत्तै निर्वाचन समितिका अध्यक्ष शेरसिं राइखोलाले संयुक्त प्यानल जितेको घोषणा गर्नुभएको हो ।
घोषित मत परिणामअनुसार संयुक्त प्यानलका अध्यक्ष उम्मेदवार दिनेश खड्गीले ५२३ मत प्राप्त गर्नुभएको छ । उहा“का प्रमुख प्रतिद्वन्द्वी अनेरास्ववियुका अध्यक्ष उम्मेदवार दीपक विष्टले ३१७ मत प्राप्त गर्नुभएको छ । संयुक्त प्यानलबाटै सचिव पदमा विवेक लामिछाने र कोषाध्यक्षमा मिलन गणेजू निर्वाचित हुनुभएको छ । सदस्य पदमा विकल कुसी, झरना बोहरा, रिजना ग्वाछा, किशोर गोसाई, पुकार पराजुली, सुदिप घोरसाइने र विनिता रिजाल निर्वाचित हुनुभएको छ ।
समानुपातिकतर्फको निर्वाचन प्रणालीमा सबैभन्दा बढी नेक्राविसङ्घले ३५० मत प्राप्त गरेको छ । नेविसङ्घले २५३, अनेरास्ववियुले २५१ र अखिल व्रmान्तिकारीले ९४ मत हासिल गरेको छ ।
विजयी संयुक्त प्यानलको आयोजनामा बिहीबार बिहान ११ः०० बजे क्याम्पस परिसरबाट दत्तात्रय चोकसम्म विजय ¥याली भयो ।
दत्तात्रयमा आयोजित सभामा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष नीरज लवजूले विजयी स्ववियु टीमलाई बधाई ज्ञापन गर्दै निर्वाचन घोषणा पत्र र प्रतिबद्धताअनुसार काम गर्न सुझाव दिनुभयो । उहा“ले भक्तपुर बहुमुखी क्याम्पसलाई देशभरकै विद्यार्थीहरूको गन्तव्य बनाउन स्ववियुले क्याम्पसमा उत्कृष्ट शैक्षिक वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । स्ववियु अध्यक्षमा निर्वाचित दिनेश खडगीले घोषणापत्र र प्रतिबद्धताअनुसार विद्यार्थीहरूको हक–हितमा सक्रिय रहने प्रतिबद्धता दोहो¥याउनुभयो ।





Leave a Reply