भर्खरै :

कछुवा मरेपछि अनुसन्धान समिति

श्रीलंकामा लोपोन्मुख समुद्री कछुवा मरेको विषयलाई लिएर त्यहाँको सरकारले अनुसन्धान आयोग गठन गरेको छ । तान्गाल्ला र हामबानतोताबीचको दक्षिणी समुद्री किनारामा अचानक लोपोन्मुख कछुवा मृतावस्थामा फेला परे पछि श्रीलंका सरकारले यस्तो निर्णय गरेको हो । मत्स्य मन्त्रालयका अधिकारीहरुले कछुवाहरु मारिनुको कारण यकिन नभए पनि कुनै माछा मार्ने जालोमा फसेका कारण तिनको मृत्यु भएको हुन सक्ने बताएका छन् ।
श्रीलंकामा संसारका सात थरी सामुद्रिक कछुवाहरुमध्ये पाँच थरी पाइन्छन् । त्यहाँ पाइने पाँचमध्ये दुई प्रकारका कछुवाहरु गम्भीर रुपमा लोपोन्मुख छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *