के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
–हिना सुवाल
भक्तपुर, २० फागुन । एईई परीक्षाको मिति नजिकिएसँगै विद्यार्थीहरु आफ्नो पढाइमा गम्भीर हुन थालेको छ । एईई परीक्षा आगामी चैत्र ३ गतेबाट शुरु हुँदैछ । विद्यार्थीहरुले परीक्षा मिति निश्चित नहुँदा जति मिहिनेत गर्छन्, मिति निश्चित भएपछि त्यसको दोब्बर मिहिनेत गर्ने गरेको शिक्षक–शिक्षिकाहरु बताउँछन् ।
शारदा उच्च माध्यामिक विद्यालयका अंग्रेजी शिक्षक हरिसुन्दर सुवालले आफ्ना विद्यार्थीको मिहिनेतका कारण परीक्षाको नतिजा राम्रै आउने आशा व्यक्त गरे । शारदा उच्च माध्यामिक विद्यालयमा एसएलसी परीक्षाको तयारीको लागि कक्षा १० को लागि बिहान ८ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म कक्षा सञ्चालन गरिएको छ । साथै बीच–बीचमा नमूना परीक्षा पनि लिने गरेको शिक्षक सुवालले बताए । आफ्नो समयमा एसईईको तयारीमा यसप्रकार विद्यालयले कक्षाको बन्दोबस्त नहुने गरेको सुनाउँदै उनले भने,‘अहिलेको विद्यार्थी त भाग्यमानी नै छन् ।’
‘खाजा समयबाहेक अरु खाली समयमा शिक्षक–शिक्षिका हामीसँगै बस्नुहुन्छ’, कक्षा १० की छात्रा सरला लकाइले बताइन् । “कक्षा ९ मा हुँदा मलाई शिक्षकसँग बोल्न पनि डर लाग्थ्यो । तर जबदेखि थप कक्षा चल्यो, अब शिक्षक–शिक्षिकासँग बोल्न र सिक्ने सजिलो महसुस भएको छ ।” सरलाले आफ्नो भावना व्यक्त गरे ।
“अंग्रेजी विषयमा धेरै जना अनुत्तीर्ण हुँदैन । त्यसकारण अंग्रेजीको थप कक्षा सञ्चालन गरेका छैनौं । मुख्यतः विज्ञान र गणितलाई बढी प्राथमिकता दिएका छौं ।” शिक्षक सुवालले जानकारी दिए ।
शारदामा मात्र नभई धेरै जसो विद्यालयले उत्कृष्ट नतिजाको लागि थप कक्षा सञ्चालन गरिसकेका छन् । निजी तथा सामुदायिक दुवैले शतप्रतिशत नतिजाको लागि यस्ता तयारी कक्षा सुरु गरेका हुन् ।
कटुञ्जे घर भएकी प्रशंसा तामाङले समयतालिका बनाएरै एसएलसीको तयारी गरिरहेको बताइन् । भविष्यमा डाक्टर बन्ने लक्ष्य लिएकी उनी खेल्न र टि.भी हेर्न छोडेको सुनाइन् ।
त्यसै कक्षा १० मै अध्ययनरत छात्रा कविता खत्रीले भने विद्यालयमै धेरै मिहिनेत गरेकोले आफ्नो पढाइको लागि २ घण्टा मात्र समय दिएकी बताइन् ।
नेपाली विषयका शिक्षक सरोज दुलालले पनि एसईईको समयमा विद्यार्थीहरुले पढाइमा बढी समय बिताउने गरेको सुनाए । ‘सबै शिक्षक साथीहरुले आफ्नो विषयमा उत्कृष्ट परिणाम ल्याउन काम गरिरहेको उनले बताए ।
‘खाजा समयबाहेक अरु खाली समयमा शिक्षक–शिक्षिका हामीसँगै बस्नुहुन्छ’, कक्षा १० की छात्रा सरला लकाइले बताइन् । “कक्षा ९ मा हुँदा मलाई शिक्षकसँग बोल्न पनि डर लाग्थ्यो । तर जबदेखि थप कक्षा चल्यो, अब शिक्षक–शिक्षिकासँग बोल्न र सिक्ने सजिलो महसुस भएको छ ।” सरलाले आफ्नो भावना व्यक्त गरे ।
“समय पाएपछि कक्षा १० का विद्यार्थीहरुसँगै बसेर कुराकानी गर्छु । घरमा कतिको तयारी गर्दैछौ भनी प्रश्न गर्न जान्छु । विशेषगरी अलि नबोल्ने विद्यार्थीसँग सोध्न जान्छु । यसले गर्दा विद्यार्थी र शिक्षकबीच राम्रो सम्बन्ध हुने गर्छ ।” विज्ञान पढाउने शिक्षकले बताए ।
Leave a Reply