भर्खरै :

जोडबेजोड गाडी चलाउने उपाय अस्थायी समाधान मात्र हो

भारतको दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले शुक्रबार जोडबेजोड नंका गाडीहरु पालैपालो चलाउन दिनु वा गाडीको भीडमा दस्तुर बढी उठाउने प्रबन्ध भारतको राजधानीमा अहिले भोग्नुपरेको यातायात बन्दोबस्तको समाधान नभएको टिप्पणी गरेका छन् ।
‘गएको साल हामीले भीडभाड र हावा प्रदुषणविरुद्ध लड्न विदेशीहरुको नक्कल गर्दै जोडबेजोड नंका गाडी चलाउने बन्दोबस्त ग¥यौं । तर त्यो अस्थायी समाधान मात्र थियो । स्थायी समाधान त्यो थिएन ।’ यातायात विभागको ई–सेवाको उद्घाटन गर्दै केजरिवालले भने ।
‘धेरै मानिसले अत्यन्त व्यस्त हुने पीक आवरमा गाडीहरुलाई बढी दस्तुर लिने बन्दोबस्तको लागि सुझाव दिए । तर जबसम्म सार्वजनिक यातायात सुविधा भरपर्दो बनाउन सक्दैनौं हामीले त्यसो गरेर मात्र समस्याको खास समाधान गर्न सक्दैनौं । हामीले सार्वजनिक यातायातमा सुधार नगरी जनतामा यस्ता बन्देजहरु लगाउने प्रयास ग¥यौं भने उनीहरुले हामीमाथि जुत्ता हान्नेछन्’, उनले भने ।
भारतको सर्वोच्च अदालतले दिल्लीको वायु प्रदुषण चरम अवस्थामा पुग्दा वातावरण प्रदुषण नियन्त्रण कार्यालयलाई शीघ्र कार्यबाही योजना कार्यान्वयन गर्न आदेश जारी गरेको छ । साथै पीक आवरमा दस्तुर वृद्धि गर्न समेत आदेश जारी गरेको छ ।

‘धेरै मानिसले अत्यन्त व्यस्त हुने पीक आवरमा गाडीहरुलाई बढी दस्तुर लिने बन्दोबस्तको लागि सुझाव दिए । तर जबसम्म सार्वजनिक यातायात सुविधा भरपर्दो बनाउन सक्दैनौं हामीले त्यसो गरेर मात्र समस्याको खास समाधान गर्न सक्दैनौं । हामीले सार्वजनिक यातायातमा सुधार नगरी जनतामा यस्ता बन्देजहरु लगाउने प्रयास ग¥यौं भने उनीहरुले हामीमाथि जुत्ता हान्नेछन्’, उनले भने ।

केजरीवालले राजधानीको वायुप्रदुषण नियन्त्रणको विषयमा सार्वजनिक रुपमा टिप्पणी गरेको यो पहिलो पटक हो ।
मुख्यमन्त्रीले दिल्लीको आजको समस्या भनेको गाडीको भीड र वायु प्रदुषण भएको संकेत गर्दै ती समस्याहरु समाधानको लागि कुनै बन्देज नलगाई सार्वजनिक यातायातमा सुधार र बाटोमा सुधार गर्नुपर्ने विचार राखे । यातायात विभागले जम्मा १ सय–२ सय गाडीहरु बन्दोबस्त गरेको छ, त्यो मनग्य भएन । हामीले सार्वजनिक गाडीको संख्या हजारमा पु¥याउनु पर्दछ ।’, केजेरिवालको भनाई थियो ।
जोडबेजोड गाडी चलाउने विषयमा बोल्दै उनले त्यो अस्थायी समाधान हो, स्थायी समाधान हुन नसक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *