भर्खरै :

ख्वप मावि बन्यो विजेता

भक्तपुर, ९ मंसिर । ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको वार्षिक उत्सवको अवसरमा भइरहेको ख्वप फूटबल प्रतियोगिता आइतबार सम्पन्न भयो ।
आइतबार भएको फाइनल खेलमा ख्वप कलेज अफ इन्जिनियरङलाई हराई ख्वप मावि प्रथम हुन सफल भयो । खेलमा ख्वप मावि एक गोलले विजयी भएको थियो ।
विजयी खेलाडीहरूलाई मंसिर १४ गते ख्वप इन्जिनियरिङ कलेजमा हुने कार्यक्रममा पुरस्कार वितरण गरिने आयोजक कलेजले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *