भर्खरै :

मेयर कप चेस सम्पन्न

मध्यपुर, मंसिर ८ । मध्यपुर नगरपालिका २ नं वडा कार्यालय र मध्यपुर चेस क्लवको आयोजनामा भएको राष्ट्रव्यापी मध्यपुर ठिमी मेयर कप फिडे रेटिङ्ग चेस प्रतियोगिताको पुरस्कार वितरण मध्यपुर नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा दुई पोखरीमा शनिबार सम्पन्न भयो ।
प्रतियोगितामा नेपालका भरिका ३२ जिल्लाका १२२ जना खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा स्वीस लिग प्रणालीअनुसार ९ राउण्डसम्म खेलाइएको थियो । चिफ आर्विटरको भूमिका अन्तर्राष्ट्रिय आर्विटर निरञ्जन प्रजापति र राष्ट्रिय आर्विटरहरू शिव श्रेष्ठ, राजकुमार लघु, इन्द्रभक्त पञ्च, पूर्णसुन्दर श्रेष्ठ र हर्क लामाले निर्णायकको भूमिका निभाएका थिए । प्रतियोगितामा विजयी खेलाडीहरूलाई रु. ३ लाख ५० हजार नगद पुरस्कारको बन्दोबस्त गरिएको थियो । प्रतियोगिता उत्कृष्ट प्रदर्शन गर्दै वर्तमान नेपाल च्याम्पियन काभ्रेका मदन कृष्ण कायष्ठले ७.५ अङ्क प्राप्त गरी प्रथम मेयर कप चेस प्रतियोगिता र रु. ५० हजार नगद पुरस्कार जित्न सफल भयो । दोस्रोस्थान थापाथली चेस क्लवका सुशील चौधरीले जितेर नगद पुरस्कार रु. ३० हजार तेस्रो स्थान गोल्डेन गेट चेस क्लवका सुरवीर लामाले जिती नगद रु. २०,००० जित्न सफल भयो । चौथो स्थान प्राप्त गर्ने क्षितिज भण्डारीले रु. १६०००, पाचौं स्थान प्राप्त गर्ने दीर्घराव राईले रु. १२००० छैटांै स्थान प्राप्त गर्ने गजुरमुखी चेस क्लवका कृष्ण थापाले रु. १०००० र सातांै स्थान प्राप्त गर्ने रिजेन्द्र राजभण्डारीले रु. १०००० हजार नगद पुरस्कार हात पारे  । आठौं नवौं र दसौं स्थान प्राप्त गर्ने सजेन्द्रप्रसाद श्रेष्ठ, नवांै स्थान प्राप्त गर्ने सुमन राई र दसौं स्थान प्राप्त गर्ने मनिष हमालले पनि १०÷१० हजार नगद पुरस्कार जितेका थिए ।
भक्तपुरका राजेश कक्षपति उत्कृष्ट भक्तपुर घोषित भई नगद रु. ८००० हजार जित्न सफल भए । मध्यपुरका प्रशान्त भासिमा उत्कृष्ट मध्यपुर घोषित भई नगद रु. ७००० जित्न सफल भए । रवि श्रेष्ठ मध्यपुर दोस्रो भई नगद रु. ६००० हजार र श्यामकृष्ण श्रेष्ठले मध्यपुर तेस्रो भई नगद रु. ५००० हजार जित्न सफल भए । १६ वर्षमुनिमा गोल्डेन गेटका निकेन कुसाथा प्रथम, प्रमिस अमात्य दोस्रो र युवराज पौडयाल तेस्रो भई नगद पुरस्कार क्रमश रु.३०००, रु. २५०० र रु. २००० जित्न सफल भए । अनरेटेडतर्फ सुकदेव चाम्लिङ्ग प्रथम, सुदीप तामाङ्ग दोस्रो भई नगद पुरस्कार रु. ५००० र रु.३००० जित्न सफल भएका छन् । बेष्ट भेट्रान मा पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकार घोषित भई नगद रु. ३००० जित्न सफल भए । गोल्डेन गेटका आरती छताकुली बेष्ट ओमेन भई रु. ३००० हजार जित्न सफल भइन् । दिपेश गिरी बेष्ट इलोविलो १५०० मुनिमा उत्कृष्ट भई रु. ३००० नगद जित्न सफल भए । बेष्ट इलो विलो १७०० इमारन मोहमद खान र बेष्ट इलो १९०० मा नीरज निरौला उत्कृष्ट भई नगद रु. ३०००÷ ३००० जित्न सफल भए । बेष्ट अनरेटेड मध्यपुर हिरेन्द्र बज्राचार्य बन्न सफल भए । अनिषा न्यौपाने १६ वर्षमुनिमा प्रथम, सुप्रिया बुढाथोकी दोश्रो भई क्रमश नगद पुरस्कार रु. ३००० र २००० जित्न सफल भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *