भर्खरै :

म्याग्दीमा प्राङ्गारिक मल उद्योगको उत्पादन सफल

गलेश्वर, १० मंसिर । कृषि क्षेत्रमा प्राङ्गारिक क्रान्ति ल्याउने उद्देश्यका साथ म्याग्दीको मङ्गला गाउँपालिकाले सुरु गरेको प्राङ्गारिक मल उद्योगको परीक्षण उत्पादन सफल भएपछि नेपालका विभिन्न जिल्लाबाट अवलोकन गर्न आउनेको सङ्ख्या बढ्दै गएको छ ।
गाउँपालिकाले खेतीयोग्य जमिनको दिगो संरक्षण र स्वस्थकर बाली उत्पादनका लागि किसानलाई तालिम तथा अनुदानको सुविधासहित गत वर्ष प्राङ्गारिक मल उद्योग सञ्चालन गरेको हो । एक वर्षको अवधिमा परीक्षण उत्पादनदेखि बिक्री वितरणसमेत सफल भएपछि अहिले यो उद्योगको चर्चा देशैभरि फैलिएको छ ।
प्राङ्गारिक मल उद्योगको हालै प्युठान जिल्लाका जनप्रतिनिधिले अवलोकन भ्रमण गरेका छन् । प्युठान नगरपालिका–४ का वडाध्यक्ष प्रकाशराज भण्डारीको नेतृत्वको एक टोलीले भ्रमण गर्दै उहाँले मङ्गलाको प्रयोग आफ्नो वडामा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । त्यसअघि पनि नेपालका विभिन्न जिल्लाबाट मल उद्योगको अवलोकनका लागि कृषक र जनप्रतिनिधि आएका मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।
मल उद्योगको स्थापनाले बजार क्षेत्रमा सड्ने फोहरको समेत व्यवस्थापन भएको, कृषकले प्राङ्गारिक मलको मात्र प्रयोग गर्न थालेका र माटोमा अम्लियपना कम हुँदै गएपछि उत्पादन पनि बढ््न थालेको अध्यक्ष रोकाले बताउनुभयो ।
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *