“भक्तपुर काण्ड पञ्चायती राज्य षड्यन्त्र नै थियो”
- भाद्र २४, २०८३
भक्तपुर, २२ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले भक्तपुर क्यान्सर अस्पतालले देश र विदेशका जनताको पनि सेवा भइरहेको उल्लेख गर्दै अस्पतालको भौतिक पूर्वाधार र सेवा विस्तारमा सहयोग गर्नुभएका सबैलाई धन्यवाद दिनुभयो ।
भक्तपुर क्यान्सर अस्पतालको स्थापनाको २२ औं वार्षिकोत्सव तथा स्मृति भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आइतबार प्रमुख अतिथि बिजुक्छेंले सरकार र जनस्तर दुवैबाट पहल हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रमका सांसद प्रेम सुवालले भक्तपुर क्यान्सर अस्पतालको विकासको लागि भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू र भक्तपुरका समाजसेवीहरू भक्तपुर पर्यटन बस पार्कको रेष्टुँरामा भेला भई छलफल गरेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेंसँग डा. अञ्जनीकुमार शर्मा, डा. विवेक प्रधानले भेटघाट गरी सो अस्पतालको विकासबारे छलफल भएको चर्चा गर्नुभयो ।
सांसद सुवालले भक्तपुर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पतालको विस्तारको लागि २०५८ माघ १ गते उत्तरतर्फको ५ रोपनी ४ आना पर्ती जग्गा उपलब्ध गराएको उल्लेख गर्दै भूकम्पीय क्षति न्यूनीकरणसहित भवन निर्माण गर्न भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनियरिङ कलेजबाट सहयोग प्राप्त गर्न सकिने बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले चुनाव अगाडि नै अमलीलाई उम्मेदवार नबनाउन संस्थाले दलका नेताहरूलाई आग्रह पत्र पठाउने उल्लेख गर्दै धूमपानलगायतको अमलीलाई पार्टी सदस्य नै नबनाउने पहिलो पार्टी नेमकिपा भएको बताउनुभयो ।
मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले पनि सेवा विस्तारको लागि जग्गा माग गरेको विषयलाई सरकारसम्म पु¥याएको उल्लेख गर्दै सांसद सुवालले भक्तपुर क्यान्सर अस्पताललाई आवश्यक बजेट पठाउन सरकारसँग आग्रह गर्ने बताउनुभयो ।
सांसद सुवालले नेपाल अबुर्द रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (ईश्वर) ले धूमपानको अमलीलाई चुनावमा मत दिन नहुने, पार्टीहरूले त्यस्ता अमलीलाई उम्मेदवार बनाउन नहुने र लोकसेवा, प्रहरी र नेपाली सेनामा समेत अमलीलाई आवेदन दिन नपाउने व्यवस्था गर्नुपर्ने विचार राख्नुभएको उपयुक्त नै भएको उल्लेख गर्नुभयो ।
नेकाका सांसद रामेश्वर ढुंगेलले सुर्ती–चुरोट सेवन नगर्ने विषयमा क्रान्तिकारी कुरा गर्नेहरू व्यवहारमा नदेखिएको उल्लेख गर्दै प्रजातान्त्रिक र लोकतान्त्रिक व्यवस्थामा व्यक्तिको इच्छालाई रोक्न नमिल्ने विचार राख्नुभयो ।
संस्थाका अध्यक्ष श्रेष्ठले स्वागत मन्तव्यमा एक खिल्ली चुरोटमा एक पैसा कर क्यान्सर उपचारको लागि बजेट व्यवस्था गर्न संस्थाले पहल गरेको उल्लेख गर्दै सो करबाट सड्ढलित बजेटको ७५ प्रतिशत भरतपुर क्यान्सर अस्पतालमा, १५ प्रतिशत अन्य अस्पतालमा र दस प्रतिशत भक्तपुर क्यान्सर अस्पतालमा पठाउने गरिएकोमा २–३ वर्षदेखि भक्तपुरलाई सरकारबाट रकम नआएको उल्लेख गर्नुभयो ।
अध्यक्ष श्रेष्ठले चुनाव अगाडि नै अमलीलाई उम्मेदवार नबनाउन संस्थाले दलका नेताहरूलाई आग्रह पत्र पठाउने उल्लेख गर्दै धूमपानलगायतको अमलीलाई पार्टी सदस्य नै नबनाउने पहिलो पार्टी नेमकिपा भएको बताउनुभयो ।
पूर्वसांसद लेखनाथ न्यौपाने, नेपाल–भारत मैत्री समाजका अध्यक्ष ओम सरावगीले पनि शुभकामना दिनुभएको कार्यक्रममा संस्थाका अध्यक्ष दिवाकर राजकर्णिकारले भक्तपुर नगरपालिकामा नेमकिपाको तर्फबाट सांसद सुवाल मेयर भएकै बेला भक्तपुर क्यान्सर अस्पताललाई जग्गा प्राप्त भएको बताउँदै भक्तपुर पर्यटन गन्तव्यको साथै स्वास्थ्य उपचारको गन्तव्य पनि हुने उल्लेख गर्नुभयो ।
अस्पतालका निर्देशक डा. प्रकाशराज न्यौपानेले हाल वार्षिक ५८,८७३ जना बिरामीको सेवा भइरहेको उल्लेख गर्दै भरतपुर क्यान्सर अस्पतालको अध्यक्ष भएर पनि सेवा गरिरहेको बताउनुभयो ।
प्रमुख अतिथि बिजुक्छेंले पाँच वर्ष सेवा अवधि पूरा गरेका स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई बधाईपत्र प्रदान गर्नुभएको थियो ।
Leave a Reply