विषय वस्तुमा जानकार र सङ्गठित हुन सके मजदुरहरू डराउन नपर्ने
- भाद्र २४, २०८३
्राजधानीको रत्नराज्य क्याम्पस(आरआर)मा सोमबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । चुनाव सम्पन्न गर्न आइतबार दिउँसो देखि नै क्याम्पसमा प्रहरीले कडा पहरा दिइरहेको छ । क्याम्पसमा सम्बन्धित प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुलाई परिचयपत्र देखाएर मात्र भित्र पस्न दिइएको छ ।
स्ववियु चुनावको लागि क्याम्पसको प्रमुख संगठन नेपाल विद्यार्थी संघले भने उम्मेदवारी दिएको छैन ।
आरआरको चुनावमा अनिता श्रेष्ठको अध्यक्षतामा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको एकल प्यानल भिड्दैछ । प्यानलको सचिवमा सविना बानियाँ र कोषाध्यक्षमा रिना चिकंबञ्जार हुनुहुन्छ ।
फागुन २० गते आरआरको स्ववियु चुनाव अधिकृत हरिप्रसाद पराजुलीलाई अज्ञात समूहले अपहरण गरी दिनभर राखेको थियो । अपहरणको विरोधमा क्याम्पसले आक्रामक विज्ञप्ति निकालेको थियो ।
क्याम्पस प्रमुख निर्मला सुवाल प्रहरीको सुरक्षाघेराभित्र पनि चुनाव गरी छाड्ने दृढता व्यक्त गर्नुभयो । तर धेरै विद्यार्थीहरुलाई क्याम्पसमा चुनाव हुने कुरा समेतको खबर नपुगेको विद्यार्थीहरुको गुनासो छ । प्रहरीको सुरक्षाघेराभित्र चुनावमा मत हाल्न जान धेरै विद्यार्थीहरु मानसिक रुपमा तयार नभएको एक विद्यार्थीले भने ।
Leave a Reply