भोलि अझ बलियो भएर उभिनेछौँ
- भाद्र १९, २०८३
काठमाडौँ, २२ फागुन । ‘रत्न वान्तवा वाङ्मय’ पुरस्कार पहिलोपटक पत्रकार तथा लेखक सचित राईद्वारा लिखित निबन्धात्मक कृति ‘माङखिम’ लाई प्रदान गरिने भएको छ ।
सहिद रत्नकुमार वान्तवाको नाममा खोज–अनुसन्धान गरेबापत राईद्वारा लिखित ‘माङखिम’ कृतिलाई दिने निर्णय भएको रत्न–वम प्रतिष्ठानका अध्यक्षसमेत रहेका डा देवी क्षेत्रीले जानकारी दिनुभयो । रु पाँच हजार राशिको उक्त पुरस्कार आगामी वैशाख ९ गते प्रदान गरिनेछ ।
कृतिमा सहिद वान्तवाबारे ‘त्यस बेलाका रत्न’ शीर्षकको आलेख समेटिएको छ । २००८ चैत २७ गते इलामको चमैतामा जन्मिएका वान्तवा पञ्चायतविरुद्धको आन्दोलनमा लाग्दा २७ वर्षको उमेरमा इभाङमा प्रहरीद्वारा मारिएका थिए । कृतिमा वान्तवालाई एक नायकका रुपमा उभ्याइएको छ ।
त्यस्तै, २००७ सालको क्रान्तिका मुक्ति योद्धा रामप्रसाद राईको बारेमा ‘रामप्रसादको रामकहानी’, महिला आन्दोलनका अगुवा सरस्वती राईको बारेमा ‘सुन्तलाबारीमा बूढीआमा’, राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको बारेमा ‘फलामसिंहको फैलावट’ सहित ‘धर्मगुरुको गाउँ’, ‘साकाहारी माङ्मालुङ’, ‘पानीढलोको बाटो’, ‘छापामारलाई बयान’, ‘कोसी बौलाएको बेला’, ‘आमाबिनाको घर’, ‘घरको पिङ’लगायत १६ थान आलेख÷निबन्ध उक्त कृतिमा समेटिएको छ । रासस
Leave a Reply