साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन
- भाद्र २३, २०८३
फागुन २३, काठमाण्डौ । रत्नराज्य क्याम्पस(आरआर) मा सोमबार हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन सकेन । आइतबार निर्वाचन आयोगले आगामी बैशाख मसान्तमा हुने स्थानीय तहको निर्वाचनका लागि जारी आचारसंहिता लागु भइसकेको अवस्थामा पूर्वनिर्धारित बाहेक कुनै पनि निर्वाचन नगर्न त्रिभुवन विश्वविद्यालयलाई पठाएको पत्रलाई आधार मानेर काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले प्रहरी परिचालन गरी निर्वाचन रोकेको हो ।
क्याम्पसको प्रवेशद्वारमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । क्याम्पसमा क्याम्पसप्रमुख निर्मला सुवाललगायत कोही पनि कर्मचारी र प्राध्यापकहरुलाई समेत पठाइएको छैन । प्रदर्शनीमार्गमा विभिन्न विद्यार्थी संगठनहरुका नेता–कार्यकर्ताहरुको बाक्लो संख्यामा भेला भएका छन् ।
प्रहरीले बिहान चुनाव गर्न क्याम्पस आएका क्याम्पस प्रमुख निर्मला सुवाललाई प्रमुख जिल्ला अधिकारीको पत्र ठम्याएको थियो । पत्रमा लेखिएको छ,‘निर्वाचन आयोगको प.सं ०७३÷७४ कानुन ३–१ २३४÷७३ को पत्र यसै साथ संलग्न छ । सो पत्र बमोजिम आचारसंहिता सम्बन्धि निर्देशनलाई पूर्ण रुपमा पालना गर्ने गराउन अनुरोध छ ।’ पत्रको बोद्यार्थी त्रिविको शिक्षाध्यक्षको कार्यालयमा पनि पठाइएको छ ।
आइतबार साँझसम्म निर्वाचनको तयारीमा व्यस्त प्राध्यापक र कर्मचारीहरु सोमबार बिहान चुनाव गराउने मुडमा क्याम्पस आएका थिए । त्यत्तिबेला क्याम्पस पूर्ण रुपमा प्रहरीले घेराबन्दी गरेको अवस्थामा थियो । प्राध्यापक र कर्मचारीहरुले केही समय प्रहरी अधिकृतसँग आक्रोश पोखेका थिए । 
निर्वाचन कार्यतालिकाअनुसार नेपाली काँग्रेससमर्थित नेविसंघले उम्मेदवारी नदिएकाले आइतबार धेरैले चुनाव हुनेमा आशंका व्यक्त गरेका थिए ।
निर्वाचन आयोगले पूर्वनिर्धारित बाहेक सबै चुनाव स्थगन गर्न भनेकोमा आरआरमा पूर्वनिर्धारित भइसकेको चुनाव गर्न नदिएको भन्दै एमालेसमर्थित विद्यार्थी संगठन अनेरास्ववियुले सर्वोच्च अदालतमा रीट दायर गर्ने तयारी गरिरहेको स्रोतले बताएको छ ।
निर्धारित कार्यतालिकाअनुसार आरआरमा अनेरास्ववियु, नेक्राविसंघ, अखिल क्रान्तिकारी र नयाँ शक्ति, अखिल छैटौं, अखिल पाँचौं, संघीय समाजवादी फोरमको संयुक्त प्यानल दर्ता भएका छन् ।
आफू हार्ने भएपछि नेविसंघ र अखिल क्रान्तिकारीले सरकारको सहयोग लिएर चुनाव नहुने वातावरण बनाएको अखिलका एक नेताले बताए ।
नेविसंघले भने फर्जी भर्ना खारेज नभएसम्म चुनाव हुनुको कुनै अर्थ नहुने विचारमा अडिग छ ।
सोमबार आरआरमा चुनाव नभए अब कम्तीमा बैशाख मसान्तसम्म कुनै पनि क्याम्पसमा स्ववियु नहुने पक्का भएको बताइएको छ ।
यसअघि फागुन १८ गते आयोजित एक सञ्चारकर्मी भेटघाटमा त्रिविका शिक्षाध्यक्ष सुधा शर्माले फागुन १८ गते नभएको क्याम्पसमा दुई वर्षपछि मात्र चुनाव हुने धारणा बताउनुभएको थियो ।



Leave a Reply