बाढी पीडित किसानलाई खेतीयोग्य जमिन दिनु जरुरी
- भाद्र २२, २०८३
देशमा मुख्य रूपमा ३ ठूला दलको सिन्डिकेट जसरी पालै पिलो सरकार चल्दछ। सरकारी निकाएको प्रमुख पदहरू सबै भागबन्दा कै आधारमा राजनैतिक नियुक्ति हुन्छ। भएको सरकारी अस्पताल, विश्वविद्यालय, सार्वजनिक संस्थान, पुरै यस्तो राजनैतिक नियुक्तिले गर्दा लथालिंग छ। बल्ल बल्ल स्ववियू चुनाव भयो तर अजै ५०% क्याम्पसमा हुन सकेको छैन किनकि जून क्याम्पसमा आफुले जित्ने ग्यारेन्ति हुन्न त्यहाँ यी नै ठूला दल मध्य कै एकले तालाबन्दी गरेर चुनाव रोकेको छ । अझ विदम्बनाको कुरा पढाउने गुरू हरूनै आफ्नो पार्टीको विद्यार्थीलाई जिताउन अनेक अकडम बकडम गरेको मैले नै देखे भोगेको छु। यो भयो समग्र देशको कुरा।
अब तपाई भक्तपुरमा आउनुहोस। भक्तपुर नगरपालिकामा त्यति बेला २०५८मा भंग हुनु अगाडिको जन निर्वाचित मेयर हालका माननिय सांसद प्रेम सुवाल र नेमकिपाको त्यसबेलाको चुनावि घोषणा पत्र अनुसार एक घर एक स्नातक, Destination 2016 जस्ता योजना बमोजिम बनेको नगरपालिकाद्वारा संचालित ख्वप कलेजहरूमा कस्तो दिर्घकालिन सोचेर जन निर्वाचित मेयर नै कलेकको व्यवस्थापनको अध्यक्ष हुने व्यवस्था राखेको रहेछ। नत्र त अहिले सम्म ख्वप प्लस टूमा कांग्रेस, कलेजमा एमाले, इन्जिनियरिङमा माववादी, अनि शारदामा नेपकिमा भन्दै पुरै भागबन्दा गरेर ख्वप कलेज पनि ध्वस्त भइसक्ने थियो।
सलाम छ असल नेतृत्वलाई जसले यसरी राजनैतिक खिचातानिबाट हाम्रो करको पैसाबाट बनेको धरोहरलाई जोगाउन सफल हुनु भएको छ। स्मरण रहोस्, त्यो बेला प्रेम सुवाल र अरु ५-१० जना मिले कुनै प्राइभेट कलेज नि सञ्चालन गर्न सक्थे जसरी अरू पार्टीका सांसद र मन्त्रीहरूको निजि कलेज र अस्पतालहरू चलिरहेका छन्। तर त्यतिबेला निर्वाचित हरेक वडा सदस्य समेतले आफ्नो तलब पनि सबै ख्वप कलेज बनाउन लगाणी गरेको छ, जसमा मेरो बुबाको तलब भत्ता नि परेको छ।
यो इतिहास अहिलेको पिढीले पनि मनन गर्नु जरूरी छ। राजनैतिक ईच्छा शक्ति भनेको असल दिशामा निर्देश भएमा त्यहीबाट विकासको लहर शुरू हुन्छ। ५८ सालमा खारेज नभएको भए, अझै कति राम्रा राम्रा कामहरू हुने थिए होलान र यसरी नेपालको विजोक त हुने थिएन। तर खैर, सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्दै अगाडी बढौं। गरेको लाई त गरेको भन्नू पर्यो नि। ख्वप कलेज बनाएर देश भरीको ७५ जिल्लाको मानिस आज यहाँ पढ्न आउछन्। तपाई आज गइर जुनसुकै इन्जिनियरिङको विद्यार्थीलाई सोध्नुस-IOE मा entrance दिनेहरू First Choice Pulchowk, Second Choice Khwopa हुन्छ।
सुमित बालाको फेसबुकबाट
Leave a Reply