विकासशील देशहरु जलवायु परिवर्तनका कारण उत्पन्न विपद्का सिकार
- भाद्र २३, २०८३
रत्नराज्य क्याम्पसमा सोमबार हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन नसक्नुमा गृह प्रशासन मुख्य दोषी भएको क्याम्पस प्रमुख डा.निर्मलाकुमारी सुवालले बताउनुभएको छ । सोमबार चुनाव नहुने निश्चित भइसकेपछि जारी वक्तव्यमा उहाँले त्यस्तो आरोप लगाउनुभएको हो । त्रिविले तोकेको फागुन १८ गते स्ववियु चुनाव हुन नसक्ने भए पछि स्ववियु निर्वाचनको आचार संहिता सम्बन्धि निर्देशिका २०७३ को बुँदा नं ७ र शिक्षाध्यक्षको कार्यालयको सूचनाअनुसार फागुन १८ गते विद्यार्थी संगठनहरुसँग संयुक्त बैठक बसी फागुन २३ गते चुनाव गर्ने निर्णय भएको अवस्थामा ‘क्याम्पसमाथि गृह प्रशासनले नांगो हस्तक्षेप गरेको’ वक्तव्यमा उल्लेख छ । डा.सुवालले हस्तक्षेपप्रति क्षमायाचना गरी क्याम्पसको जिम्मा क्याम्पस प्रशासनलाई नलगाउँदासम्म गृह प्रशासन नै असामान्य परिस्थितिको लागि जिम्मेवार हुने धारणा सार्वजनिक गर्नुभएको छ ।

वक्तव्यमा भनिएको छ,‘ फागुन २२ गते साँझसम्म सामान्य अवस्थामा रहेको क्याम्पस परिसरलाइए सूचना बिना नै एकाएक क्याम्पस परिसर नियन्त्रणमा लिई क्याम्पस प्रशासन शिक्षक, कर्मचारी, विद्यार्थी कसैलाई पनि प्रवेश गर्न नदिई विश्वविद्यालयजस्तो स्वायत्त संस्थामाथि गरेको हस्तक्षेप र त्यसले क्याम्पस प्रशासन, शिक्षक, कर्मचारी, विद्यार्थीमाथि पर्न गएको अपुरणीय क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’
स्ववियु चुनाव गर्न बनेको समितिका अध्यक्ष हरिप्रसाद पराजुलीले पनि अलग वक्तव्य जारी प्रहरी हस्तक्षेपको विरोध गर्नुभएको छ ।
Leave a Reply