भर्खरै :

ख्वप अन्तरविद्यालय फुटसल सम्पन्न

भक्तपुर, २८ मंसिर । ख्वप फुटसलको आयोजनामा प्रथम ख्वप अन्तरविद्यालय फुटसल च्याम्पियनसीपको पुरस्कार वितरण तथा सम्मान कार्यक्रम शुक्रबार भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले खेलकुद, स्वास्थ्य, अनुशासन, मित्रता र देशको सार्वभौमिकता रक्षाको लागि आवश्यक भएको बताउनुभयो ।
नेमकिपाले खेलकुदलाई संविधानको मौलिक हकमा समावेश गर्नुपर्नेमा जोड दिएको स्मरण गर्नुहुँदै उहाँले सरकारमा गएका राजनीतिक दल सो प्रस्तावमा सहमत नभएको बताउनुभयो ।
नेपालको भूमि डुबानमा पार्ने गरी भारतले बनाइएका असमान बाँध र तटबन्ध भत्काउन नेपाली युवाहरू तयार हुनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाई, भक्तपुर नपा वडा नं ८ का अध्यक्ष महेन्द्र खायमली, फूटबल खेलाडीहरू बालगोपाल महर्जन, हरि खड्का, विद्यार्थी नेता रञ्जित तामाङलगायतले विजेता फुटसल टोलीलाई बधाई ज्ञापन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *