युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू
- पुष २८, २०८१
भक्तपुर, २८ मंसिर । भक्तपुर नगरपालिका बजार अनुगमन समितिको नेतृत्वमा व्यासी र कासनका ८ वटा खाद्य पसलहरू शुक्रबार अनुगमन गरियो ।
अनुगमन टोलीले पसल नवीकरण गर्नुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने, पेटीमुनि सामान हटाउनुपर्ने, तरकारी र किराना पसल छुट्टाछुट्टै दर्ता गर्नुपर्ने, मादकपदार्थको अनुज्ञा पत्र लिएर बेच्नुपर्ने, लेबल नभएको प्याकेजिङ्ग सामान र आलु चिप्स बेचबिखनमा नराख्न, म्याद नाघेकोको सामान नराख्न सुझाव दियो । टोलीले म्याद नाघेको कम्प्लेन एक र खुर्सानी पाकेट एक नष्ट गर्न निर्देशन दिएको छ ।
अनुगमनमा भनपा श्यानिटेसनका न.नि. दिलिपकुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, महानगरीय प्रहरी प्ररिसरका राजबहादुर डगौरा, जिल्ला जनस्वास्थ्य कार्यालयका धनञ्जय आचार्य, भनपा जनस्वास्थ्यका कमलकेशरी राजचल र उद्योग वाणिज्य सङ्घका सञ्जय जोन्छेको सहभागिता रहेको थियो ।
Leave a Reply