भर्खरै :

जे.भी. स्तालिनको जीवनी–१

हरिबहादुर श्रेष्ठ
रुसको दक्षिण—पश्चिम भागमा काकेशिया भन्ने एक पहाडी इलाका छ । त्यसलाई काकेशश वा ट्रान्सककेशिया पनि भने चलन छ । काकेशिया मट्टितेल, रक्सी, गहुँ र सुर्ती खेतीको इलाका थियो । त्यहाँ तिफिलिस भने एक अञ्चल छ । त्यस अञ्चलमा दिदिलियो भने एउटा गाउँ छ । त्यस गाउँमा जुगुशविली भने एक किसान बस्थे । उनी फाटेको जुत्ता सिउने काम गर्थे । पछि उनी तिफलिसकै एक जुत्ता कारखानामा काम गर्ने थाले । त्यहाँको चलनअनुसार उनले १३–१४ वर्षकी एक जर्जियाली जातकी केटीसँग बिहा गरे । त्यस केटीको नाम एकातेरिना थियो । तिनी एक किसानकी छोरी थिइन् ।
बाल्य जीवन
एकातेरिना दयामाया भएकी धर्मात्मा महिला थिइन् । तिनीबाट तीनवटा केटाकेटी भए र बच्चैमा खसे । तर तिनीबाट २१ डिसेम्बर १८७९ को दिन तिफलिसको गोर्की भन्ने शहरमा एक बालक जन्म्यो । त्यस बालकको नाम ‘शोशो ’ राखियो ।
आमा एकातेरिना एक विचारवान महिला थिइन् । तिनी शोशोलाई जाने–बुझेका मानिस बनाउन चाहन्थिन् । बाबु जुगुशविली छोराको पढाइमा वास्ता गर्दैनथे । शोशोको गाउँमा कुनै स्कूल थिएन । यसकारण एकातेरिनाले छोरोलाई गोरी भन्ने एक शहरमा लगिन् र १८८८ को कार्तिक–मंसिरतिर एक प्राथमिक धार्मिक पाठशालामा भर्ना गरिदिइन् । त्यसबेला शोशो ८ वर्षका थिए ।
शोशो सा¥है मेहनती र पढ्ने केटा थिए । उनी आफूभन्दा ठूलालाई मान्थे । खानापिनाको राम्रो बन्दोबस्त नभएकोले उनको जीऊ दुब्लो–पातलो थियो । सात वर्षको उमेरमा उनी एकचोटि बिरामी पनि भए । उनकी आमा उनलाई अति माया गर्थिन् । बाबु चाहीं छोरोलाई जुत्ता सिउने काममै लगाउने चाहन्थे ।
शोशो ११ वर्षको मात्रहुँदा उनका बाबु खसे । शोशोको बाबु मरेपछि आमालाई धेरै दुःख भयो । छोरालाई कसरी हुर्काउने हो भने सा¥है पीर पर्न थाल्यो । एकातेरिनाले लुगा सिउने काम गर्न थालिन् । राती अबेलासम्म लुगा सिएर पैसा कमाउँथिन् । त्यस कमाईबाट हात–मुख जोर्थिन् र छोरालाई पढाउँथिन् । सानो बालक शोशोको नाम पछि जोसेफ राखियो ।
१८९४ मा पाठशालाको पढाई सिध्याएपछि शोशो तिफलिसको एक धर्मशास्त्रको स्कूलमा भर्ना भए । शोशो अब १५ वर्षका युवक भए । तिफलिस त्यसबेला जर्जियाको राजधानी थियो र गोरीदेखि तिफलिससम्म रेलको बाटो थियो । रलेको बाटो खुलेपछि त्यहाँ औद्योगिक कारखानाहरु खुल्न थाल्यो । खास गरेर बाकूमा तेलका उद्योग सुरु भयो । त्यहाँ पुँजीवादले पाइलो हालेपनि सामन्तवादको चकचकी बाँकी नै थियो । रुसको राजा जारले ट्रान्स्ककेशियालाई एक उपनिवेशको रुपमा थियोमिचो गरिराखेको थियो ।
त्यो बेला रुसमा औद्योगिक पँुजीवादको विकास भइरहेको थियो । त्यससँगसँगै मजदुर आन्दोलनको विकास र माक्र्सवादको पनि प्रचार भइरहेको थियो । एकातेरिना छोरालाई एक पुरोहित बनाउन चाहन्थिन् । हाम्रो देशका महन्त वा भिक्षुले जस्तै त्यहाँ पुरोहितले धर्मको शिक्षा दिने काम गर्दथ्यो ।
तिफलिस एक राजधानी भएकाले त्यहाँ धेरै स्कूल र कलेजहरु थिए । लेखक, कवि, कलाकार, नेता र बुद्धिजीवीहरु धेरै थिए । त्यहाँ सामाजवाद र क्रान्तिकारी विचारहरु फैलिरहेको थियो । हरेक स्कूल र कलेजहरुमा त्यस्तै राजनैतिक कुराकानी र छलफल हुन्थे । शिक्षक र प्रोफेसर, युवक र विद्यार्थीहरुमा क्रान्तिको विचारधाराले जग हालिसकेको थियो ।
शोशो पढ्ने स्कूलमा पनि समाजवाद र क्रान्तिकारी कुरा गर्ने विद्यार्थीहरुको एक सङ्गठन थियो । त्यहाँ नरोदनिकदेखि माक्र्सवादजस्तो अन्तर्राष्ट्रिय विचारसम्म प्रचार भैरहेको थियो । ती सङ्गठनहरुमा तिनीहरु भित्रभित्र लुकीछिपी छलफल गर्थे, कार्ल माक्र्स र कम्युनिष्टहरुको किताब पढ्थे । १५ वर्षको उमेरमा शोशोपनि त्यस्तो किताबहरु पढ्ने गुप्त सङ्गठनमा भर्ना भए । पछि उनी त्यस गुप्त अध्ययन गोष्ठीको एक नेता भए ।
शोशो १७ वर्ष पुगे । उनी स्कूलको पढाइ लेखाइमा भन्दा देश र जनताको विषयमा बढी पीर लिन्थे । समाजवाद र क्रान्तिको गहिरो अध्ययन गर्न थाले । कार्ल माक्र्सको ‘पँुजी’ र ‘कम्युनिष्ट घोषणा पत्र’ र कम्युनिष्ट किताबहरु खूब ध्यान दिएर पढ्न थाले । १६ वर्षको उमेरमा उनी जर्जियाली सामाजिक–जनवादी मजदुर पार्टीको सदस्य भए । सामाजिक–जनवादी मजदुर पार्टीको नाम पछि कम्युािष्ट पार्टी राखियो । शोशो त्यस पार्टीको गुप्त बैठकहरुमा भाग लिन थाले । स–साना पर्चा लेखेर माक्र्सको सिद्धान्तलाई प्रचार गर्न लागे । माक्र्सको सिद्धान्त र विचारधारालाई माक्र्सवाद भन्दछन् । त्यसैबेला उनले लेनिनको नरोदनिकवादको विरोधमा लेखिएको “कानुनी माक्र्सवाद” र “अर्थवाद” भने लेख पढ्न पाए । त्यसबाट उनी प्रभावित भए र लेनिनसँग सम्बन्ध राख्ने विचार गरे ।
स्कूलबाट निकाला
त्यसबेला रुसमा जार राजाले राज्य गर्दथ्यो । रुसको राजालाई जार भन्दछन् । जार बडो अत्याचारी राजा थियो । उसले आफ्नो देशको जनतालाई दबाइराखेको थियो । अरु जातिहरुलाई टाउको उठाउन दिँदैनथ्यो, किसान, मजदुर र काम गरेर खाने सबै जनतालाई असाध्य चुस्दथ्यो ।
जारले आफ्नो देशका जनतालाई मात्रै सताउँदैनथ्यो । बरु उसले छिमेकी देशमा पनि लुटपाट र चुस्ने काम गर्दथ्यो । सधै्रं एक न एक छिमेकी देशमा धावा बोल्थ्यो । सबै सानातिना र निर्बलिया छिमेकी देशहरुलाई खान्थ्यो । लडाईं गथ्र्याे । धेरै लडाइँ गर्दा आफ्नो देशको सिपाहीहरु पनि मारिन्थे । सिपाहीहरु गरिब जनताकै छोराछोरी हुन्थे । यसकारण गरिब जनता युद्ध र जारलाई मन पराउँदैनथे ।
अर्काको देशलाई खाने, छिमेकी देशका जनतालाई मारकाट चलाउने र चुस्ने सरकारलाई त्यहाँको कम्युनिष्टहरु मन पराउँदैनथे । कार्ल माक्र्स र कम्युनिष्टहरुको किताबमा कसरी धनीहरुले गरिबहरुलाई चुस्छन् भने कुरो लेखिएको हुन्थ्यो । कसरी जारले जनतालाई दुःख दिन्छ भनेर लेखेको हुन्थ्यो । यसकारण शोशोलाई त्यस्तो किताब खूब मन पर्दथ्यो ।
शोशो रेलमा काम गर्ने मजदुरहरुको सङ्गठनमा गुप्तरुपले काम गर्थे । त्यहीं उनले राम्रो कम्युनिष्ट शिक्षा पाएका थिए । मजदुरहरु नै उनका पहिला शिक्षकहरु थिए । १८९८ तिर उनी भर्खर १९ वर्षका जवान थिए । दर्शनशास्त्र, राजनैतिक विज्ञान, अर्थशास्त्र, इतिहास, प्राकृतिक विज्ञान र अनेक सैद्धान्तिक र राम्रा—राम्रा साहित्यहरु सा¥है चाख लिएर पढन थाले । उनी एक पढेलेखेका माक्र्सवादी बने ।
जार सा¥है जाली राजा थियो । उसले स्कूल कलेज अड्डा–अदालत जहाँ तहाँ गुप्तचरहरु राखेको थियो । शोशो पढ्ने स्कूलमा पनि गुप्तचरहरु थिए । गुप्तचरहरुले जारलाई मन नपराउने मान्छेहरुको नाम र तिनीहरु कामलाई चियो गर्थे । अनि सब कुरा जार र उसका पुलिसहरुलाई उजुर गर्थे । त्यस्ता गुप्तचरहरुले शोशोलाई पनि शङ्का गर्न थाले ।
एकदिन शोशोको कोठामा पुलिस र गुप्तचरहरुले अचानक खानतलाशी लियो । खानतलाशीमा कार्ल माक्र्सको एउटा पुस्तक भेटाइयो । सरकारले त्यो पुस्तक जफत ग¥यो र २९ मई १८९९ का दिन शोशोलाई स्कूलबाट निकाली दियो । तर २० वर्षका शोशो अलिकति पनि डराएनन् । उनी फुर्तिसाथ उभिरहे । उनको सिद्धान्त राम्रो छ भने कुरो मनमा थियो । उनी देश र जनताको सेवा गर्थे । उनको विचार स्वार्थी भावना थिएन । त्यसैले उनको टाउको सधैं सिधै रहन्थ्यो । बरु पुलिस र गुप्तचरहरु उनीसँग थरथर काँप्थे । किनभने शोशो जारको गद्दीलाई उल्टाएर फाल्न चाहन्थे । गद्दीलाई पल्टाउने र हुकुमलाई उल्टाउने कामलाई नै क्रान्ति भनिन्छ । शोशो साँचो क्रान्तिकारी थिए । निःस्वार्थी निडर हुन्छ भने कुरो शोशोलाई लागू हुन्थ्यो । उनी मजदुर गोप्ठीहरुमा प्रचारका काम गर्थे, गुप्त बैठकहरुमा भाग लिन्थे । पर्चा लेख्थे र हडतालहरु आयोजना गर्थे । तिफलिसका उनी एक अगाडि बढेका सर्वहाराको रुपमा चिनिन थाले ।
स्कूलबाट निकालेकोमा शोशोलाई अलिकति पनि चित्त दुःखेन । किनभने अब उनी सानो अबुझ बालक थिएनन् । उनी अब माक्र्सवाद र क्रान्तिको कुरा बुझ्ने भैसकेका थिए । स्कूलबाट निकालेको खबरले उनकी आमा रोइन् । तर शोशो आमाले चित्त दुःखाउनुहोला भनेर कहिले राजनीतिको कुरा गर्दैनथे ।
स्कूलबाट निकालेपछि शोशो विद्यार्थीहरुलाई पढाएर जीविका गर्ने थाले । केही दिनपछि एउटा अड्डामा कारिन्दा भए । दिउँसो अड्डाको काम गर्थे र राती क्रान्तिकारी काममा लाग्थे । शोशो त्यसबेला मजदुरहरुको सङ्गठनमा लागे । शोशोले आफ्नो गुप्त नाम स्तालिन राखेतिफलिसको समाजवादी प्रजातान्त्रिक मजदुर सङ्गठनलाई ‘मेशामेह डासी’ भनिन्यो । त्यसका नेताहरु स्तालिन, केत्सीभेलि र त्सुलुकिड्ज थिए । उनी पर्चा छर्ने, र रात्री सभाहरु गर्थे । जारतन्त्रको विरोधमा राजनैतिक जुलुस र प्रदर्शनहरु गर्थे । तर मेशामेह डासीका केही तत्वहरु खाली आर्थिक मागबारे मात्रै सङ्घर्ष गर्न चाहन्थे, तिनीहरु राजनैतिक सङ्घर्ष गर्न चाहँदैनथे । स्तालिनले त्यस खोटो र सानो मौका छोप्ने अवसरवादी विचारसँग सङ्घर्ष गर्न थाल्नुभयो । त्यसैबेला लेनिनको एक साथी भिक्टोर कनाटोभस्कीसँग उहाँको सम्बन्ध भयो । डिसेम्बर १९०० मा लेनिनको ‘इस्क्रा’ (फिंलिगो) निस्क्यो । स्तालिनले ‘इस्क्रा’ सँग आफ्नो विचारमा मेल देख्नुभयो । अगस्त १९०० महिनामा मिखाइल कालिनिनको नेतृत्वमा रेलवे मजदुरको एक हडताल भयो । मिखाइल कालिनिन पिट्सवर्गबाट निर्वासित कार्यकर्ता थिए ।
पेशेवर क्रान्तिकारी
२२ अप्रिल १९१० मा तिफलिसको केन्द्रमा स्तालिनले अन्तर्राष्ट्रिय मजदुर दिवस’ को जुलुस आयोजना गर्नुभयो । त्यस जुलुसबारे लेनिनको ‘इस्क्रा’ ले ऐतिहासिक महत्व भएको घटना भनेर स्वागत ग¥यो । काकेशशको मजदुर आन्दोलनमा त्यसको ठूलो प्रभाव प¥यो । काकेशशमा बढ्दै गइरहेको मजदुर आन्दोलनबाट जार सरकार तर्सिन थाल्यो । त्यसलाई दबाउन झन अत्याचार गर्न थाल्यो । २५ मार्च १९०१ मा पुलिसले स्तालिन काम गर्ने भौतिक प्रयोगशाला र डेरामा खान—तलाशी ग¥यो । स्तालिनलाई समात्न पूर्जी पनि गएको थियो । यो कुरा थाहा पाउनासाथै स्तालिन गुप्तवास बस्नुभयो । स्तालिन अब एक पेशेवर क्रान्तिकारी बन्नुभयो ।
१९०१ सेप्टेम्बर महिनामा स्तालिन र केत्सीभेली मिलेर “ब्रडजोला” (सङ्घर्ष) भने एक अखबार निकाल्नुभयो । जर्जियाको त्यो पहिलो न–कानूनी समाजवादी–प्रजातान्त्रिक खबर–कागत थियो । पहिलो अङ्कको सम्पादकीय स्तालिनले लेख्नुभएको थियो । सम्पादकीयमा भनिएको थियो—‘मजदुर आन्दोलनका प्रश्नलाई सरलरुपले उत्तर दिनु, सैद्धान्तिक प्रश्नहरुको व्याख्या गर्नु, सङ्घर्षमा मजदुर वर्गको अगुवाइलाई बुझाउनु, वैज्ञानिक समाजवादमा ध्यान दिनु र मजदुरविरोधी सबै गतिविधिको विरोध गर्नु नै यसको मुख्य उद्देश्य हो ।’
१९०१ नोभेम्वर – डिसेम्वरमा ब्रड्जोलाको अर्को अङ्क निस्क्यो । स्तालिनले त्यसमा “रुसी समाजवादी प्रजातान्त्रिक पार्टी र त्यसका अहिलेका कामहरु” भन्ने एक महत्वपूर्ण लेख लेख्नुभयो । तिफलिसमा रुसी, जर्जियाली र रोमेनियाली भाषामा पर्चा निस्किन्थ्यो । लेनिनको इस्क्रामा त्यसको बयान गरिएको हुन्थ्यो ।
स्तालिनले आफ्नो सा¥है मिल्ने साथी केत्सीभेलीसँग मिलेर बाकुमा एक गुप्त छापाखानाको बन्दोबस्त गर्नुंभयो । बाकु त्यसबेला काकेशशको सबभन्दा ठूलो सर्वहारा केन्द्र थियो । तिफलिस दोश्रो र बाटुम तेश्रो सर्वहारा केन्द्र थियो । ११ नोभेम्बर १९०१ मा तिफलिसका समाजवादी–प्रजातान्त्रिक मजदुर पार्टीको एक सम्मेलन भयो । स्तालिन पार्टी समितिको एक सदस्य चुनिनुभयो । उहाँ तिफलिसमा धेरै दिन बस्नुभएन र बाटुममा काम गर्न जानुभयो ।
बाटुममा स्तालिनले राजनैतिक रुपले अगाडि बढेका मजदुरहरुसँग सम्बन्ध राख्नु भयो र समाजवादी प्रजातान्त्रिक अध्ययन गोष्ठीहरु बनाउनुभयो । गुप्तरुपले छाप्ने ठाउँ मिलाउनुभयो र चर्का चर्का पर्चाहरु लेखेर कारखाना र गाउँमा प्रचार र सङ्गठन गर्न थाल्नुभयो । फेब्रुअरी १९०२ मा बाटुममा एक पार्टी सम्मेलन गर्नुभयो र कारखानाहरुमा हडतालहरु हुन थाल्यो । ९ मार्च १९०२ मा बाटुममा एक राजनैतिक जुलुस निकाल्नुभयो । त्यस जुलुसमा स्तालिन आफै अगाडि बस्नुभएको थियो । त्यो घटना हडताल र राजनैतिक जुलुसको उदाहरण दिन लायकको एक व्यावहारिक चाँजोपाँजो थियो । त्यो जुलुस अर्थवादीहरुमाथि एक झटारो थियो । स्तालिन मजदुरहरुका ‘मजदुर शिक्षक’ को रुपमा देखा पर्नुभयो ।
बाटुमको पार्टी सर्वहारा अन्तर्राष्ट्रवादको सिद्धान्तमा जग हालेको पार्टी थियो । त्यसमा जर्जियाली, अरमेनियाली, अजरबैजानियाली र रसियाली जातिका राजनैतिक रुपले अगाडि बढेका मजदुरहरु थिए । त्यसमा जात–पात र सङ्कीर्णताको निम्ति कुनै ठाउँ थिएन । लेनिनको पार्टीमा काकेशियाको पार्टी सर्वहारा अन्तर्राष्ट्रवादको एक नमुनाको पार्टी थियो ।
बाटुममा बढ्दै गएको मजदुर आन्दोलनले सरकारलाई सा¥है अप्ठ्यारो पा¥यो । गोलमाल गर्ने “मुख्य मान्छे” समात्न पुलिसले सहरमा छापा मार्न थाल्यो । २ अप्रिल १९०२ मा स्तालिन पक्रिनुभयो र बाटुम जेलमा राखिनुभयो । पछि उहाँ कुटाइस भन्ने सा¥है खराब जेलमा सारिनुभयो । १९ अप्रिल १९०३ मा स्तालिन बाटुममै लगिनुभयो । जेलमा उहाँले आफूलाई क्रान्तिकारी कामबाट कहिल्यै अलग्ग राख्नुभएन ।
१९०३ को मार्च महिनामा काकेशियाको समाजवादी—प्रजातान्त्रिक सङ्गठनहरुको एक सम्मेलन भयो । स्तालिन जेलमा हुनु भएपनि उहाँ समितिमा छानिनुभयो । १७ जुलाई १९०३ मा ‘रुसी समाजवादी—प्रजातान्त्रिक मजदुर पार्टीको दोश्रो महाधिवेशन भयो । पहिले बेल्जियमको राजधानी ब्रसेल्समा गुप्त रुपले हुँदै थियो । बेल्जियम पुलिसले प्रतिनिधिहरुलाई देश छोड्न भन्यो । र पछि बेलायतको राजधानी लण्डनमा गएर बैठक टुंग्याए । त्यस महाधिवेशमा २६ सङ्गठनका ४३ प्रतिनिधिहरु थिए । ती प्रतिनिधिहरु धेरै गुटमा विभाजित थिए । बहुमत इस्क्रावादीहरु थिए । तर त्यसमा नक्कली समर्थकहरु मिसिएका थिए । केही चाही अर्थवादी र यहुदी जातिवादी समाजवादी—प्रजान्त्रवादी थिए जसलाई बुँद पनि भनिन्थे । तिनीहरु लेनिनको सर्वहारा हुकुम, किसानहरुको सहयोग, जातिहरुको आत्म–निर्णयको अधिकारलाई मान्दैनथे । लेनिन एक अनुशासित र क्रान्तिकारी पार्टी चाहनु्हुन्थ्यो, र तिनीहरु खुकुलो र फितलो पार्टी बनाउन चाहन्थे । महाधिवेशनमा लेनिनका इस्क्रावादीहरुको बहुमत थियो । त्यसलाई रुसी भाषामा बोल्शेविक (बहुमत) गुट भनिन थाल्यो । त्यो बैठक खोटो विचारहरुको विरोधमा माक्र्सवादको विजय थियो । महाधिवेशनमा भाग लिएर फर्केका प्रतिनिधिहरुमार्फत स्तालिनले पार्टी मतभेदबारे थाहा पाउनुभयो । स्तालिनले लेनिन र बोल्शेविकहरुको अडानको पक्ष लिनुभयो ।
१९०३ शरदको बेला स्तालिन पूर्वी साइबेरियाको इर्खुटस्क प्रान्तको नोभाया–उदा भन्ने गाउँमा तीन वर्षको निम्ति निकाला गरिनुभयो । साइबेरिया सा¥है जाडो ठाउँ हो । जारको बेलामा राजनैतिक कार्यकर्ताहरुलाई कालापानीको सजाय र्दिँदा साइबेरिया पठाउँथ्यो वा निकाला गथ्र्यो । लेनिनले एकजना मानिसद्वारा स्तालिनसँग सम्बन्ध राख्नुभयो र पार्टीको काम, पार्टी बनावट र गतिविधिबारे विचार आदानप्रदान गर्नुभयो । स्तालिन पार्टी कामको निम्ति अधैर्य हुनुभयो र ५ जनवरी १९०४ मा कालापानीबाट भाग्नुभयो । फेब्रुअरी १९०४ मा उहाँ काकेशशको बाटुम र तिफलिस पुग्नुभयो । स्तालिन सालाखाला २ वर्ष जेल र कालापानी रहनुभयो ।
१९०४ मा रुस र जापानको बीचमा लडाइँ सुरु भयो । मजदुर र किसानहरुको जीवन दुःखमा हुन थाल्यो । मजदुर र किसान आन्दोलन पनि बढ्दै गयो । तर मेन्सेविक (अल्पमत) हरु आर्थिक आन्दोलन मात्रै चलाउन चाहन्थे । लेनिनले त्यस खोटो विचारको विरोधमा चर्को सैद्धान्तिक सङ्घर्ष थाल्नुभयो । स्तालिन अरु साथीहरुसँग मिलेर बाटुम, चियाटुरी, कुटाईस, तिफलिस, बाकु, जर्जिया आदि ट्रान्सकाकेशियाका विभिन्न ठाउँहरुमा सक्रिय भएर सङ्गठन गर्न लाग्नुभयो । त्यस इलाकामा स्तालिन लेनिनको विचार मुख्य खम्बा हुनुहुन्थ्यो । मेन्सेविक विचारसँग स्तालिनले छिनोफानो हुनेगरि सङ्घर्ष गर्नुभयो । सैद्धान्तिक विचारमा स्तालिन मुलाहिजा र सम्झौता गर्नुहुन्नथ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *