मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
– मोहन पौडेल
परासी, १ पुस । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको पश्चिम नवलपरासीस्थित हुलाकी सडक निर्माण कार्य एक वर्षदेखि ठप्प छ । सदरमुकाम परासीदेखि नारायणचोक जोड्ने करीब १३ किलोमिटरको सो हुलाकी मार्गलाई कालोपत्रे बनाउने गरी निर्माण थालिएकामा ठेकेदारको लापरवाहीका कारण काम अघि बढ्न सकेको छैन ।
ठेकेदारले नदीजन्य पदार्थ अभाव देखाउँदै निर्माण रोकेको छ । सडक निर्माणका लागि ४६ हजार ४२८ घनमिटर पदार्थको आवश्यकता रहेको भन्दै निर्माण कम्पनी द कञ्चन गङ्गा बिरुवा शिवशक्ति कन्सट्रक्सनले नदीजन्य पदार्थको उत्खनन्को समय गुज्रिएपछि मात्रै निवेदन दिएर काम ठप्प पारेको छ । स्थानीयवासीले काम नगर्ने ठेकेदारलाई कारवाही गर्न माग गर्दै आएका छन् । ठेकेदारको मागबमोजिम बुटवलस्थित डिभिजन सडक कार्यालयले जिल्ला समन्वय समिति पश्चिम नवलपरासीलाई सो बराबरको नदीजन्य पदार्थको प्रबन्ध मिलाइदिन पत्राचार गरेको छ ।
जिसस प्रमुख शिवशङ्कर रायले खोलाबाट नदीजन्य पदार्थ उत्खनन÷सङ्कलन गर्ने समयमा ठेकेदारले बेवास्ता गरेको र सकिएपछि मात्र निवेदन दिएर उम्कन खोजेको भन्दै उहाँले भन्नुभयो, “अहिले सुनवलको पानभार खोलाको ठेक्का भइसकेको छ अब जिल्लाका अन्य खोलाको पनि ठेक्का लगाउने विषयमा जिल्ला अनुगमन समितिको बैठक बसेर निर्णय गर्दछौँ, पहिलो प्राथमिकतामा हुलाकी सडक नै हुनेछ ।”
विसं २०७३ फागुनमा सम्झौता भई निर्माण थालिएको सो सडकमा हालसम्म सडकको चौडा विस्तार गरी दायाँबायाँ ढल र केही स्थानमा कल्भर्ट निमार्णका लागि खन्ने काममात्र भएको छ, भने सडकमा माटो मात्र रहेकोले त्यहाँ आवतजावत गर्ने यात्रु तथा स्थानीयवासीले धुलोधुवाँबाट सास्ती खेप्दै आएका छन् ।
रु. २५ करोड १९ लाख ७० हजारको लागतमा निर्माणाधिन सो सडक २०७५ को फागुनसम्म निर्माण गरिनुसक्नुपर्ने अवधि । तर अहिलेसम्म १५ प्रतिशत काम पनि नभएको भन्दै स्थानीयवासी आक्रोसित भएका छन् । निर्माणाधीन अवस्थामा रहेको सो सडकमा खाल्डाखुल्डी धेरै छ ।
सो सडकको अवस्था धुलाम्मे भएका कारण पैदल यात्रुलाई निकै समस्या भएको छ । सडकको धुलो उडेर घरमा पस्दा लत्ता कपडा, खाना तथा श्वासप्रश्वासमा नै समस्या भोग्नुपरेको सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले बताउनुभयो । “बाटोमा उड्ने धुलोले स्थानीयवासी छालाको रोग, रुघाखोकी, आँखा पाक्ने तथा विभिन्न किसिमको रोगका शिकार बन्दै गएका छन्” उहाँले भन्नुभयो ।
सो सडकको छेउछाउ बस्दै आएका स्थानीयवासी वर्षायाम होस् वा हिउँदको समय सधैं सास्ती भोग्दै आएका छन् । वर्षायाममा हिलोबाट सास्ती भोग्ने स्थानीयवासीले यो समयमा धुलोबाट हैरानी ब्यहोर्नुपरेको मनरीका सञ्जय मौर्यले दुःखेसो पोख्नुभयो । रासस
Leave a Reply