भर्खरै :

कीर्तिपुरको पर्यटकीय ब्रोसर सार्वजनिक

कीर्तिपुर, १ पुस । कीर्तिपुर नगरपालिका र कीर्तिपुर गाईड एसोसियसन अफ कीर्तिपुरको आयोजनामा सात गाउँले जात्राको अवसरमा आईतबार एक कार्यक्रमबीच पाङ्गा लाछीमा कीर्तिपुरको पर्यटकीय ब्रोसर सार्वजनिक गर्नुभएको हो ।
कीर्तिपुर नगरपालिकाका उपप्रमुख सरस्वती खडका, कीर्तिपुर नगरपालिकाका पर्यटन विकास समितिका संयोजक एवं वडा नं. २ का वडा अध्यक्षले ब्रोसरको सर्वजनिकीकरण गरेको हो ।
कार्यक्रममा कीर्तिपुर नगरपालिकाका उपप्रमुख खडकाले पर्यटनको विकासमा हाते ब्रोसरले सघाउने बताउनुभयो । कीर्तिपुरको सामाजिक सांस्कृतिक र आर्थिक विकासको लागि पर्यटनको विकास गर्नु जरुरी रहेको उपप्रमुखको भनाइ रहेको छ । पर्यटन विकास समितिका संयोजक एवं वडा नं. २ का वडा अध्यक्षको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १० का अध्यक्ष अमन महर्जन, पर्यटकीय अभियन्ता तारानाथ श्रेष्ठ, विकास महर्जनलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *