मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
– तोलाकान्त बगाले
वालिङ, १ पुस । स्याङ्जा जिल्लालाई घरबास (होमस्टे) को राजधानीको रुपमा विकास गर्ने अभियानले गति लिएको छ ।
स्याङ्जाका ११ स्थानीय तहमध्ये २० वटामा घरबास कार्यक्रम सञ्चालित छ । स्याङ्जामा दक्षिण एसियाकै पहिलो सामुदायिक घरबासदेखि लिएर नयाँनयाँ घरबास कार्यक्रम सञ्चालन भइरहेका छन् ।
सिरुबारीबाट सुरु भएको घरबास कार्यक्रमबाट प्रभावित भएरै जिल्लाका अन्य स्थानहरूमा पनि घरबास कार्यक्रमलाई अभियानकै रुपमा विकास गर्दै लगिएको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले बताउनुभयो ।
देशभर १०० गन्तव्यको सूचीमा पर्न सफलमध्येको एक गन्तब्य हो सिरुबारी । दक्षिण एसियाकै पहिलो सामुदायिक घरबास सिरुबारी आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको स्थल हो । स्याङ्जाको आँधीखोला गाउँपालिकाको १ नं वडामा रहेको सिरुबारी गाउँ देशमा मात्रै नभएर विदेशमा समेत प्रख्यात छ ।
सिद्धार्थ राजमार्गको नाउँडाँडा, सेतीखोला, बाडखोला र हेलु गरी चार ठाउँको बाटो हुँदै सिरुबारी पुग्न सकिन्छ । यस ठाउँमा आउने पर्यटकलाई गरिने स्वागत तथा अन्य व्यवस्थापन अरु होमस्टेको तुलनामा राम्रो रहेको सिरुबारी पर्यटन तथा व्यवस्थापन विकास समितिका संयोजक जुमबहादुर गुरुङले बताउनुभयो ।
गत आर्थिक वर्षमा मात्रै सिरुबारीमा २ हजार ३०० भन्दा बढी नेपाली र ५०० भन्दा बढी विदेशी पर्यटक आएको अभिलेख छ ।
“सिरुबारी दक्षिण एसियाकै पहिलो सामुदायिक होमस्टे भएकै कारण पनि कतिपय पाहुनाहरू यहाँको व्यवस्थापन पक्ष बुझ्न आउनुहुन्छ,” संयोजक गुरुङले भन्नुभयो – “कतिपय पर्यटकहरू यहाँको स्वागत तथा स्थानीय खानाका परिकारहरूमा रमाउन आउने गर्नुहुन्छ ।” उनानचालीस घरबाट सुरु भएको घरबास हाल १२२ घरमा सञ्चालित छ र त्यहाँ १०० को हाराहारीमा पाहुना राख्न सकिन्छ । सिरुबारी गुरुङ समुदायको बसोबास भएको पर्यटकीय गाउँ हो । यहाँ आउने पाहुनालाई गुरुङ समुदायको कला र संस्कृतिबाट न्यानो स्वागत गर्ने गरिन्छ ।
स्याङ्जा जिल्लामा तुलनात्मक रुपमा गुरुङ समुदायमा आधारित घरबास धेरै छन् । त्यस्तै, गुरुङ समुदायमै आधारित सुन्तलाबारी सामुदायिक घरबास वालिङ नगरपालिका ४ नं वडामा पर्छ । बत्तीस घरधुरी रहेको सुन्तलाबारीमा ३० घर गुरुङ समुदायका र दुई घर ब्राह्मण समुदायका छन् । सुन्तलाबारी सामुदायिक घरबासका अध्यक्ष क्याप्टेन डिलबिक्रम गुरुङका अनुसार यहाँ १२ घरमा घरबास सञ्चालित छ र कुल शय्या क्षमता ४० छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत वालिङ नगरपालिका–१ को त्रियाशीबाट करीब सात किलोमिटरको दूरी पार गरेपछि यस स्थानमा पुग्न सकिन्छ ।
सुन्तलाबारी सामुदायिक घरबास विशेष गरी सुन्तलाको हाइटेक नर्सरीका लागि प्रख्यात छ । यस ठाउँमा कार्तिकदेखि माघसम्म निक्कै आनन्ददायी वातावरण हुन्छ । बारीभरि ढकमक्क सुन्तला पहेँलै देखिँदा पाहुनाको मन आल्हादित हन्छ भने यहाँका स्थानीय बासिन्दाले गर्ने स्वागतले झनै सुनमाथि सुगन्ध थपिदिन्छ ।
यस ठाउँमा दुई वटा झरनाहरू छन् जहाँ आन्तरिक र बाह्य पाहुनाहरू छाँगावरोहण (क्यानोनिङ) कालागि आउने गरेका छन् । स्थानीय सुन्तलाबारी क्यानोनिङ सञ्चालन समितिमार्फत यहाँका खाल्टेखोला झरना र वसन्ती रह झरनालाई छाँगावरोहण पाठशालाका रुपमा सञ्चालन गर्न लागिएको सो समितिका अध्यक्ष मोहन खनालले बताउनुभयो ।
खाल्टेखोला झरना तीन तहमा करीब ६० मिटर र वसन्ती रह झरनाको उचाइ २८ मिटर रहेको छ । बच्चाका लागि पनि लक्ष्य गरी सोही ठाउँमा छाँगावरोहण गर्ने व्यवस्था समितिले मिलाउँदै छ ।
वालिङ नगरपालिका ५ नं वडामा रहेको पित्लेक देउराली घरबास विशेष गरी स्थानीय जातका कुखुराका परिकारहरूका साथै स्थानीय जातका कुखुराहरूको संरक्षणका लागि प्रख्यात छ । यहाँ आउने पाहुनालाई ७ घरमा ३० जनासम्म राख्न सकिने पित्लेक देउराली घरबासका अध्यक्ष महेश गुरुङले बताउनुभयो ।
पित्लेकमा सामूहिक कफी खेती, सामूहिक रुपमा अर्गानिक तरकारी उत्पादन, स्थानीय ठाउँमा उत्पादित परिकारद्वारा पर्यटकहरूलाई स्वागत गर्ने गरिन्छ । यहाँ प्रत्येक घरमा आधुनिक तरीकाले मौरीपालन गरिएको छ भने पाहुनाले मह शिकार गर्न चाहेको खण्डमा त्यो व्यवस्था पनि मिलाइदिने गरिएको छ ।
पित्लेक अग्लो स्थानमा रहेकाले पनि यहाँबाट हिमशृङ्खलासहित अन्य भागहरू राम्रोसँग अवलोकन गर्न सकिन्छ । वालिङ बजारदेखि झण्डै आधा घण्टाको समयमा गाडीबाट पित्लेक पुग्न सकिन्छ ।
त्यस्तै, वालिङ नगरपालिका–१२ मा सिर्सेकोट मैदान घुरुङ्खा घरबास सञ्चालनमा छ । सिर्सेकोट पर्यटन तथा ब्यवस्थापन मैदान घुरुङ्खा समितिमार्फत यहाँ सञ्चालित घरबास १० घरबाट सुरु भएको हो । हाल यहाँ २५ घरमा घरबासको ब्यवस्था गरिएको छ भने ५० जनाभन्दा बढी पाहुनाहरू राख्न सकिन्छ ।
Leave a Reply