के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
गाईघाट, १ पुस । प्रदेश नं १ को खोटाङ, धनकुटा तथा भोजपुर र ओखलढुङ्गा क्षेत्रमा परम्परागत रूपमा उत्पादन हुने अल्लोको कपडाले अहिले बिस्तारै बजार पाउन थालेको छ । परम्परागत अल्लोबाट बन्ने कपडाको महत्व, फाइदा र यसको संस्कृतिसमेत नबुझ्दा ओझेलमा पर्ने गरेको अल्लोको कपडाले अहिले विभिन्न महोत्सवमा निकै बजार पाउन थालेको यसमा सम्बद्ध उद्यमी बताउँछन् ।
उदयपुरको सदरमुकाम गाईघाटस्थित थारूहट रङ्गशालामा मंसिर २० देखि मंसिर २९ गतेसम्म सञ्चालन भएको प्रदेश नं. १ स्तरीय घरेलु महोत्सवमा अल्लोको कपडाले निकै बजार पाएको खोटाङ उत्तरी पहाडी क्षेत्रका अल्लो कपडा उद्यमी नरेन्द्र थुलुङ राई बताउनुहुन्छ ।
राई भन्नुहुन्छ, “केही वर्षअघिसम्म अल्लोको महत्व नबुझेर आधुनिक तयारी कपडाका कारण धेरै हाम्रा नेपाली दाजुभाइले अल्लो भनेको त कपडा नै होइन भन्ने सोचमा हुनुहुन्थो, तर अहिले अल्लोको महत्व निकैले बुझ्न थाल्नु भएछ, अब अल्लो कपडाको निकै राम्रो व्यापार हुन थाल्यो ।”
यस पटकको उदयपुर महोत्सवमा आफूले झण्डै रू. ५० हजारभन्दा बढी मूल्यको हाराहारीमा अल्लो कपडा बिक्री गर्न सफल भएको राई बताउनुहुन्छ । यस्तै ओखलढुङ्गा सिस्नेरीका अर्का अल्लो कपडाका उद्यमी हर्कमान रूम्दाली राईको पनि धारणा उस्तै छ ।
राई भन्नुहुन्छ, “गत वर्षको उदयपुर महोत्सवमा आफूले रू. १० हजारको मात्र अल्लो कपडा बिक्री गरे पनि यस पटक रू. ४० हजारभन्दा बढीको अल्लो कपडा बिक्री भयो ।”
Leave a Reply