यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
चितवन, २ पुस । विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैंडा नारायणीमा डुङ्गा शयर नेपालमा ल्याइएको छ । गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पु¥याएको करीब १५÷२० वर्षको पोथी गैंडालाई गए राति चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो ।
यसअघि बाढीले बगाएका १० गैंडालाई राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन निकुञ्जको संयुक्त टोलीले उद्धार गरेर घर फर्काएको थियो । केही गैंडा भारतको तल्लो भागमा पुगेकाले उद्धार गर्न सकिएको थिएन । यसपालि एउटा गैंडा नेपाली भूमिमा आएपछि भने उद्धार गर्न सफल भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल बताउनुहुन्छ । अझै दुई गैंडा भारतमा रहेको निकुञ्जको भनाइ छ ।
उद्धार गरिएको उक्त गैंडालाई राति करीब ११ बजे चितवन निकुञ्जको तमोरताल नजिकै ल्याएर छाडिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन निकुञ्जका वन्यजन्तु प्राविधिक तथा पशु चिकित्सकसहित ३० भन्दा बढी संरक्षणकर्मी उद्धारमा खटिएका थिए । उद्धारमा तीन हात्तीको प्रयोग गरिएको थियो ।
सुस्तावासीले गैंडा उद्धारमा ठूलो सहयोग गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले बताउनुभयो । शनिबार सुस्ताको उखुबारीमा आइपुगेको गैंडालाई स्थानीयवासीले ट्याक्टर तेस्र्याई रातभर जाग्राम बसेर छेकेका थिए । आइतबार वन्यजन्तु प्राविधिक टोलीले गैंडालाई डार्ट गरेर (बन्दुकबाट औषधि पठाई लठयाएर) नियन्त्रणमा लिइएको थियो । “रातभर जाग्राम बसेर सुस्तावासीले गैंडालाई रेखदेख गर्नुभयो, यो प्रशंसनीय कार्य हो”, अर्यालले भन्नुभयो ।
आइतबार दिउँसो २ः५० बजे उद्धार भएको गैंडालाई साँझ ठूलो डुङ्गामार्फत नारायणी तारेर नवलपरासीको त्रिवेणी ल्याइएको थियो । त्यसपछि ट्रकमा राखेर राति नै चितवन ल्याइएको हो । यसरी बाढीले बगाएका गैंडालाई डुङ्गामा तारेर ल्याइएको यो दोस्रो हो । झण्डै दुई हजार किलोको गैंडालाई डुङ्गामा तार्नु जोखिम भए पनि स्थानीयवासीको सहयोग र माझीको कुशलताले सफल भएको निकुञ्जले जनाएको छ ।
उद्धारमा भारतीयको असहयोग
उक्त गैंडा १५÷२० दिनअघिदेखि नै भारतीय भूमिमा देखिन थालेको थियो । भारतीय क्षेत्रमा भएकोले गैंडा उद्धारका लागि भारतले अनुमति दिएको थिएन । विगतमा सहज रूपमा गैंडा उद्धारमा सहयोग गरेको भारतको वाल्मिकी टाइगर रिजर्बले यसपालि भने सहयोग नगरेको गुनासो उद्धारमा खटिएका संरक्षणकर्मीको छ । रासस
Leave a Reply