भर्खरै :

ख्वप बास्केटबल प्रतियोगिता सम्पन्न

भक्तपुर, २ पुस । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि, ख्वप कलेज तथा शारदा क्याम्पसको वार्षिक उत्सवको अवसरमा आयोजित बास्केटबल प्रतियोगिताका सबै खेलहरू सोमबार सम्पन्न भयो । सोमबार भएको कक्षा ८ देखि १० कक्षासम्मका छात्र विद्यार्थीहरूबीच भएको प्रतियोगितामा ओम ज्ञान मन्दिर प्रथम र सैनिक महाविद्यालय दोस्रो भए । कक्षा ८ देखि १० सम्मका छात्रा विद्यार्थीहरूबीच भएको प्रतियोगितामा एभरेष्ट पहिलो र राजश्री गुरूकुल दोस्रो भए । कक्षा ११ र १२ को छात्र प्रतियोगितामा सैनिक महाविद्यालय पहिलो र नेपाल प्रहरी दोस्रो भए । कक्षा ११ र १२ का छात्रा विद्यार्थीहरूबीच भएको प्रतियोगितामा ख्वप मावि पहिलो र काठमाडौँ वल्र्ड स्कूल दोस्रो भए । स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूबीच भएको प्रतियोगितामा अक्सब्रिज पहिलो र भक्तपुर क्याम्पस दोस्रो भए । वार्षिक उत्सवको अवसरमा आइतबार कक्षा ८ देखि १० सम्म र ११ र १२ कक्षामा अध्ययरनत विद्यार्थीहरूबीच वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न भयो । कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूबीच भइरहेको हाजिरीजवाफ प्रतियोगिताको फाइनल खेल मङ्गलबार बिहान हुने भएको छ ।
सोमबार ख्वप मावि तथा कलेजमा अध्ययरनत विद्यार्थीहरूबीच कविता प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा पुसन चापागाइँ पहिलो, शुभ प्रजापति र दिवाकर तिमल्सिना द्वितीय, आरोही अधिकारी तेस्रो र पुष्पा आलेमगर तथा सङ्गम पौडेल सान्त्वना हुन सफल भए । विजयी विद्यार्थीहरूलाई पुस ४ गते हुने वार्षिक उत्सव कार्यक्रममा पुरस्कार वितरण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *