भर्खरै :

सम्पदा क्षेत्रमा डोजर र ट्रक गुडाएर पुनःनिर्माण गर्न नहुने

भक्तपुर, २३ फागुन । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भक्तपुरको सम्पदा पुनःनिर्माण कार्य स्थानीय जनताको उपभोक्ता समितिमार्फत आर्थिक अनुशासन, मितव्ययी र पारदर्शी ढंगले भइरहेको उल्लेख गर्नुभयो ।
संसदको विकास समितिअन्तर्गतका सांसदहरुको भक्तपुरको सम्पदा पुनःनिर्माण अनुगमन टोलीसँग छलफल गर्दै सांसद सुवालले सम्पदा पुनःनिर्माणको लागि आवश्यक सालको काठ उपलब्ध नभएकोतर्फ समितिको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सुवालले सम्पदा पुनःनिर्माण कार्य ठेक्कापट्टाभन्दा पनि अमानत वा उपभोक्ता समितिमार्फत गर्नुपर्ने आवश्यकता औंल्याउँदै सम्पदा क्षेत्रमा डोजर र ट्रक गुडाएर पुनःनिर्माण गर्न नहुने विचार राख्नुभयो ।
समितिका सभापति सांसद रवीन्द्र अधिकारीले सम्पदा पुनःनिर्माणको लागि सरकारको तर्फबाट गर्नुपर्ने कामको सूची बनाएर समितिलाई उपलब्ध गराइए समितिले सरकारलाई निर्देशन गर्न सक्ने उल्लेख गर्नुभयो ।
समितिले भक्तपुरको लायकू क्षेत्र र चाँगुनारायण मन्दिरको पुनःनिर्माण कार्यको अनुगमन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *